टानमा घोटाला
काठमाडौं । ट्ेरकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)मा करोडौं आर्थिक घोटाला भएको छ । पर्यटकहरूमार्फत उठाइएको रकम टानका अध्यक्ष रमेश धमला र अन्य पदाधिकारीहरूले अपारदर्शी ढंगले खर्च गर्ने गरेको भन्दै व्यवसायीहरू असन्तुष्ट भएका छन् ।
नेकपा (एमाले) निकट नेपाल ट्ेरकिङ ट्राभल्स र्याफ्टिङ एयरलाइन्स मजदुर युनियन (युनिट्राभ)ले विगत ६ वर्षको हिसाब टानले पारदर्शी ढंगले सार्वजनिक नगरे आन्दोलन गर्नेसमेत चेतावनी दिइएको छ । एमाओवादी र कांग्ेरस निकटका व्यवसायीका गठजोडका कारण धमला नेतृत्वको प्यानल विजयी भएको थियो । महासचिव सागर पाण्डे र कोषाध्यक्ष गोपालबाबु श्रेष्ठको मिलेमतोमा हरेक पर्यटकबापत लिइएको रकम मोलमाल पारिएको बताइन्छ ।
कम्पनीमार्फत आएकाले प्रति पर्यटक १० डलर र आफ्नै हिसाबले आएका पर्यटकले २० डलर बुझाउँदै आएका छन् । सो रकम तीन भाग लगाएर एक भाग टानलाई, एक भाग सरकारलाई र एक भाग नेपाल पर्यटन बोर्डलाई दिने गरिएको छ । टिम्स कार्ड बिक्रीमार्फत ट्ेरकिङ पर्मिट सिस्टम लिएबापत आउने सो रकम २०६६ सालदेखि नै टान नेतृत्वले हिनामिना गर्दै आएको छ । ०६६ मा एमाले पक्षधर बच्चुनारायण श्रेष्ठ अध्यक्ष र सीताराम सापकोटा महासचिव भएका बेला सो कोषमा जम्मा भएको एक करोड रुपियाँ पनि त्यसपछिका नेतृत्वले हिनामिना गरिसकेको छ । अहिलेसम्म टान नेतृत्वले एक करोड ८० लाख अमेरिकी डलर बराबरको रकमको हिसाब–किताब देखाउनुपर्नेछ ।
तर, अध्यक्ष धमलाले भने असारयता टानमा आउनुपर्ने कुनै पनि रकम नआएको पर्यटन बोर्डले दिनुपर्ने ७० लाख रकम पनि नदिएको कारण केही आर्थिक संकट परेको बताए । हिसाब हिनामिना भएको भन्ने आरोप निराधार भन्दै उनले आगामी दिनमा कार्यविधि बनाएर रातो किताबमै योजना समावेश गरी अघि बढ्न लागेको बताए ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply