साझामा झनै भद्रगोल
काठमाडौं । छोटो अवधिमै निजी प्रकाशन व्यवसायमा राम्रै फड्को मारेका डोलिन्द्रप्रसाद शर्माको कुरा संकटग्रस्त अवस्थामा रहेको साझा प्रकाशनका कर्मचारीले नपत्याउने कुरै थिएन । डेढ महिनाअघि साझाको महाप्रबन्धक भएर गएकै दिन उनले काम नपाएर घाम तापेर दिन कटाइरहेका कर्मचारीहरूलाई मख्ख तुल्याउने उद्देश्यले भने– ‘म ४५ दिनभित्र साझामा आमूल सुधार ल्याउँछु ।’
निकै फुर्तिलो लाग्ने नवनियुक्त महाप्रबन्धक शर्माको कुरा सुनेर मख्ख परेका साझा प्रकाशनका कर्मचारीहरू भने अचेल निराश बन्दै जान थालेका छन् । महाप्रबन्धक शर्माले कबुल गरेअनुसार ४५ दिनसम्म पनि साझाको अवस्था उस्तै रहेको छ, जस्तो त्यसअघिका दिनहरूमा थियो । शर्माले महाप्रबन्धकको जिम्मेवारी सम्हालेको हिजो डेढ महिना अर्थात् ४५ दिन ठ्याक्कै पुग्यो । तर, साझामा सुधार आउने कुनै संकेत देखिएको छैन ।
आज एउटा कुरा गर्ने र त्यसको तीन दिनपछि कुरा फेर्ने शर्माको अनौठो स्वभाव देखेर अचेल साझाका कर्मचारीहरूसमेत आजित बन्न थालेका छन् । पद बहाली गरेकै दिन डेढ महिनामा सुधार गर्ने बताएका शर्माले अहिले भने आफूलाई चार महिना समय दिन कर्मचारीहरूसँग आग्रह गरेका छन् । केही दिनअघि उनले कर्मचारीहरूलाई भने– ‘मलाई १ सय २० दिनको समय दिनुस् । म त्यतिन्जेलसम्म साझामा राम्रै सुधार ल्याउनेछु ।’
निकै चलाख स्वभावका शर्माले पद बहाली गरेलगत्तै साझाको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरूलाई भने पुससम्मको तलब खुवाउन सफल भएका थिए । आफू महाप्रबन्धकमा नियुक्त भएको फरकपना देखाउन उनले अर्थ मन्त्रालयबाट निकासा गराएर तलब
खुवाएका थिए । तर, शाखाहरूमा कार्यरत कर्मचारीहरूले भने गत कात्तिकदेखि तलब खान पाइरहेका छैनन् । कर्मचारीहरूको तलब रोकिएको त छ नै, सञ्चय कोषमा पनि गत असारदेखिकै रकम पठाइएको छैन । त्यस्तै, अवकाश पाएका कर्मचारीहरूको समेत उपदान रोकिएको छ ।
पूर्वअध्यक्ष तथा महाप्रबन्धक ममता झाले डुबाएर हिँडेको साझा प्रकाशनले अहिले कुनै काम पाइरहेका छैनन् । बीचमा कर्मचारीहरू कटौती गरेर संस्थालाई आर्थिक भारबाट केही मुक्त तुल्याइए पनि अहिलेसम्म साझाका कर्मचारीहरू कामविहीन बनिरहेका छन् । ‘कारोबारले मात्र संस्था कति दिनसम्म टिक्छ ? संस्थालाई कारोबार गर्न दिए मात्र संस्था टिक्छ ।’ साझाकै एक कर्मचारीले भने । साझाले ०२८ सालदेखि नै विद्यालयस्तरीय पाठ्यपुस्तक बिक्री गर्दै आइरहेको थियो । पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पाठ्यसामग्री जनक शिक्षा सामग्री केन्द्रले छापेपछि त्यसको बिक्री वितरण गर्ने जिम्मा साझाले पाउँदै आइरहेको थियो । तर, गएको वर्ष भने कर्णालीका ५ वटा जिल्लाबाहेक अन्यत्र साझाले पुस्तक बिक्री–वितरण गर्न पाएन । त्यसअघि देशव्यापी रूपमै पाठ्यपुस्तक बिक्री गर्ने अधिकार पाएको साझाको उक्त अधिकार गत वर्षदेखि नै सरकारले खोसेको थियो । कर्णाली अञ्चलमा बिक्री–वितरणको जिम्मा पाए पनि त्यसमा साझाले पूरै घाटा खान बाध्य भएको थियो ।
सम्बन्धित समाचार
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
-
एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
-
बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
-
रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
-
परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
-
ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
-
बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
Leave a Reply