एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
२४ मंसिर, काठमाडौं । सुदुरपश्चिमको झुलाघाटबाट नेकपा एमालेले शुरु गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्र्तगत समृद्धिका लागि संकल्प यात्राको आज ११ औं दिन पुरा हुदैछ । पुर्वको चिवाभन्ज्याङ सम्म पुग्ने यो यात्रा आज बेलुकी काभ्रेको धुलिखेल आइपुग्दैछ ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको यात्राको यो टोली हिजो बेलुकी नुवाकोटमा बसेर आज काभ्रेतर्फ अगाडी बढेको हो । आज काभ्रेको मण्डनदेउपूरमा ओयोजित सभालाई सम्बोधन गरेर बेलुकी धुलिखेलमा बस्ने कार्यक्रम छ ।
भोली एक दिन भने यो यात्राले मध्यपहाडी लोकमार्गमा एक पाइला पनि राख्ने छैन । भोली टोली मध्यपहाडीलाई छाडेर अरनिको लोकमार्ग हुदै दोलखाको चरिकोटतिर जाने छ । भोली बिहानको खाना दोलखाको खरिढुंगामा खाएर चरिकोटमा जनसभालाई सम्वोधन गर्ने र बेलुकी बास बस्न रामेछापको मन्थली पुग्ने कार्यक्रम छ । धुलिखेलबाट चरिकोट हुदै मन्थलीसम्म पुग्दा कतै पनि मध्यपहाडी लोकमार्गलाई छुदैन । मध्यपहाडी लोकमार्ग काभ्रेको दोलालघाटबाट सिन्धुलीको खुर्कोटतर्फ जान्छ ।
मध्यपहाडी लोकमार्ग केन्द्रित यो यात्राले किन एक दिनका लागि अर्कै रुट समाएको होला ? एमाले केन्द्रिय सदस्य विष्णु रिजालले भने, ‘ हाम्रो मुख्य प्राथमिकता स्थानियसँगको सम्वन्ध र साक्षत्कार हो । तर, पाँचखालदेखि खुर्कोटसम्मको रुटमा बस्ती धेरै पातलो भएकाले दोलखाको रुट समातिएको हो ।’ त्यसो त, धुलिखेलबाट अहिले संचालनमा आइरहेको विपि हाइ वे हुदै खुर्कोट जाने विषयमा पनि शुरुमा छलफल भएको थियो । तर, त्यसो, गर्दा रामेछाप जिल्ला नै छुट्ने भएकाले चरिकोटको रुट समातिएको बताइन्छ ।
पाँचखालदेखि खुर्कोटसम्मको करिव ४० किलोमिटर मध्यपहाडी रुटमा बाटो पनि पुरै बनिनसेकेको र बस्ती पनि धेरै नभएकाले अर्को रुट समाउनु परेको केन्द्रिय सदस्य एवं रामेछाप इन्चार्ज गणेश पहाडीले बताए ।
यो टोली भोली बेलुकी मन्थली बसेर मंगलवार सिन्धुलीको खुर्कोटतिर लाग्ने छ । खुर्कोटबाट पुन मध्यपहाडी समात्नेछ । मंगलबार विहान खुर्कोटमा स्थानीयसँग छलफल, मरिण डाइभर्सनको अवलोकन, फिक्कल गाउँपालिकाको खाङसाङमा स्थानियसँग छोटो भेटघाट गरेर दिउँसो ओखलढुंगाको हर्कपुरमा जनसभालाई सम्वोधन गर्ने कार्यक्रम छ । सो दिन बेलुकी उक्त टोली खोटाङको दिक्तेलमा बास वस्न पुग्नेछ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply