एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
२४ मंसिर, काठमाडौं । सुदुरपश्चिमको झुलाघाटबाट नेकपा एमालेले शुरु गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्र्तगत समृद्धिका लागि संकल्प यात्राको आज ११ औं दिन पुरा हुदैछ । पुर्वको चिवाभन्ज्याङ सम्म पुग्ने यो यात्रा आज बेलुकी काभ्रेको धुलिखेल आइपुग्दैछ ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको यात्राको यो टोली हिजो बेलुकी नुवाकोटमा बसेर आज काभ्रेतर्फ अगाडी बढेको हो । आज काभ्रेको मण्डनदेउपूरमा ओयोजित सभालाई सम्बोधन गरेर बेलुकी धुलिखेलमा बस्ने कार्यक्रम छ ।
भोली एक दिन भने यो यात्राले मध्यपहाडी लोकमार्गमा एक पाइला पनि राख्ने छैन । भोली टोली मध्यपहाडीलाई छाडेर अरनिको लोकमार्ग हुदै दोलखाको चरिकोटतिर जाने छ । भोली बिहानको खाना दोलखाको खरिढुंगामा खाएर चरिकोटमा जनसभालाई सम्वोधन गर्ने र बेलुकी बास बस्न रामेछापको मन्थली पुग्ने कार्यक्रम छ । धुलिखेलबाट चरिकोट हुदै मन्थलीसम्म पुग्दा कतै पनि मध्यपहाडी लोकमार्गलाई छुदैन । मध्यपहाडी लोकमार्ग काभ्रेको दोलालघाटबाट सिन्धुलीको खुर्कोटतर्फ जान्छ ।
मध्यपहाडी लोकमार्ग केन्द्रित यो यात्राले किन एक दिनका लागि अर्कै रुट समाएको होला ? एमाले केन्द्रिय सदस्य विष्णु रिजालले भने, ‘ हाम्रो मुख्य प्राथमिकता स्थानियसँगको सम्वन्ध र साक्षत्कार हो । तर, पाँचखालदेखि खुर्कोटसम्मको रुटमा बस्ती धेरै पातलो भएकाले दोलखाको रुट समातिएको हो ।’ त्यसो त, धुलिखेलबाट अहिले संचालनमा आइरहेको विपि हाइ वे हुदै खुर्कोट जाने विषयमा पनि शुरुमा छलफल भएको थियो । तर, त्यसो, गर्दा रामेछाप जिल्ला नै छुट्ने भएकाले चरिकोटको रुट समातिएको बताइन्छ ।
पाँचखालदेखि खुर्कोटसम्मको करिव ४० किलोमिटर मध्यपहाडी रुटमा बाटो पनि पुरै बनिनसेकेको र बस्ती पनि धेरै नभएकाले अर्को रुट समाउनु परेको केन्द्रिय सदस्य एवं रामेछाप इन्चार्ज गणेश पहाडीले बताए ।
यो टोली भोली बेलुकी मन्थली बसेर मंगलवार सिन्धुलीको खुर्कोटतिर लाग्ने छ । खुर्कोटबाट पुन मध्यपहाडी समात्नेछ । मंगलबार विहान खुर्कोटमा स्थानीयसँग छलफल, मरिण डाइभर्सनको अवलोकन, फिक्कल गाउँपालिकाको खाङसाङमा स्थानियसँग छोटो भेटघाट गरेर दिउँसो ओखलढुंगाको हर्कपुरमा जनसभालाई सम्वोधन गर्ने कार्यक्रम छ । सो दिन बेलुकी उक्त टोली खोटाङको दिक्तेलमा बास वस्न पुग्नेछ ।
सम्बन्धित समाचार
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
हर्क साम्पाङको संसद बहिष्कार, ‘देशमा प्रधानमन्त्री नै छैन’
-
हाई-प्रोफाइल चोरी: चोरीका गहना किनेर गलाउने न्यूरोडका व्यवसायी पक्राउ
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
-
खर्च कटौती गर्दै सरकार, १८ खर्ब ९० अर्बको बजेट तयारी
-
दैनिक १६ घण्टा काम गरिरहेको छु : अर्थमन्त्री वाग्ले
-
भारतबाट तरकारी आयातमा कडाइ, रानी तलाउ मण्डीमा नेपाली तरकारीको व्यापार बढ्यो
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
Leave a Reply