रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
१० मंसीर, काठमाडौं । रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आज (आइतबार) देखि फेरि सञ्चालनमा आउँदैछ । गत ३ गतेदेखि सञ्चालनमा आएको सो बस सेवा दसैं–तिहारको बिदामा यात्रुको चाप न्यून भएको, ट्राफिक व्यवस्थापन राम्रो नभएको भन्दै एक महिनामै बन्द गरिएको थियो ।
तर, आजबाट ११ वटा बस थपेर द्रुत बस सेवा पुनः सञ्चालनमा आएको हो । त्यसका लागि सडक पुनः रङरोगन गरिएको छ भने ठाउँ ठाउँमा बोर्ड राखिएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले थप ११ वटा बससहित पहिलेभन्दा व्यवस्थित तरिकाले द्रुत बस सेवा पुनः सञ्चालनमा ल्याइएको जानकारी दिए ।
आजबाट काठमाडौं उपत्यकामा ३६ वटा द्रुत बस सञ्चालनमा आउने छन् । मन्त्री ज्वालाका अनुसार ती बस तीन–तीन मिनेटको फरकमा छुट्ने छन् । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन, यात्रुहरूको जाम कम गर्ने तथा निजी सवारी साधन नभएका नागरिकलाई सार्वजनिक सवारीसाधनमा आकर्षित गर्ने उद्देश्यसहित संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि सञ्चालनमा आएको सो बस सेवा कात्तिक ४ गतेदेखि स्थगित भएको थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply