सहानाको नाममा प्रतिष्ठान
काठमाडौं । नेपाली वाम तथा प्रजातान्त्रिक आन्दोलनकी अग्रणी सहाना प्रधानको नाममा स्मृति प्रतिष्ठान गठन गरिएको छ । नेकपा (एमाले)की युवा नेतृ रामकुमारी झाँक्रीको अध्यक्षतामा सहाना प्रधान प्रतिष्ठान, काठमाडौं दर्ता गरिएको हो ।
संस्थाको प्रशासनिक कार्यका लागि हाल छोटो आकारको तदर्थ समिति गठन गरिए पनि प्रतिष्ठानमा आबद्ध हुन चाहने सबैलाई तत्काल समेटिने योजना रहेको प्रतिष्ठानकी सदस्य राधिका खतिवडाले जानकारी दिनुभयो । प्रतिष्ठानमा हाल खतिवडासहित लक्ष्मण लम्साल, कला राई, रञ्जु ज्ञवाली, गोपाल खनाल र सोभियत ढकाल गरी ७ जना छन् ।
यसैबीच, प्रतिष्ठानको आयोजनामा हिजो ‘सहाना प्रधानका योगदानहरू र सिकाइ’ विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । १०५औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) को सन्दर्भमा आयोजित सो कार्यक्रममा प्रधानको योगदानको चर्चा गरिएको थियो । कार्यक्रममा एमाले नेतृ तथा ऊर्जामन्त्री राधा ज्ञवालीले प्रधानकै संगतका कारण आफू राजनीतिमा अघि बढेको र उनले देखाएको बाटो आफूले पछ्याउँदै जाने प्रण गर्नुभएको थियो ।
कार्यक्रममा महिला सुरक्षा दबाब समूहका अध्यक्ष सावित्री थापा, अधिकारकर्मी कल्याणी शाह, एमाओवादी नेतृ सत्या पहाडी र प्रतिष्ठानका अध्यक्ष रामकुमारी झाँक्रीले स्वर्गीय प्रधानको योगदान भुल्न नहुने धारणा राख्नुभएको थियो । कला राईले सञ्चालन गरेको सो कार्यक्रममा लक्ष्मण लम्सालले स्वागत गर्नुभएको थियो ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply