नेपाली बजारमा हाम्रो ४५ प्रतिशत हिस्सा छ
जापानमा निर्मित किया र कोमात्सुजस्ता टिकाउ र भरपर्दा सवारी साधन एवम् हेभी उपकरणका नेपालका आधिकारिक बिक्रेता हो– कन्टिनेन्टल ट्ेरडिङ इन्टरप्राइजेज प्रालि । करिब अढाई दशकदेखि नेपाली बजारमा आफ्नो आधिपत्य जमाउँदै आइरहेको कन्टिनेन्टलले आफ्नो यात्राक्रममा के–कस्ता आरोह–अवरोहहरू छिचोल्दै आएका छन् ? कन्टिनेन्टलका जनरल म्यानेजर भट्टसँग सोही सन्दर्भमा गरिएको कुराकानी यस पटक प्रस्तुत गरिएको छ ।
० कन्टिनेन्टल ट्ेरडिङले नेपालमा किया मोटर र कोमात्सुजस्ता हेभी उपकरणहरूको आधिकारिक रूपमा बिक्री वितरण गर्दै आइरहेको छ, कति वर्ष भयो कन्टिनेन्टलले यात्रा थालनी गरेको ?
कन्टिनेन्टल ट्ेरडिङ स्थापना भएको २५ वर्षभन्दा बढी भइसकेको छ । सुरुमा कन्टिनेन्टलले कार्गोको काम गरेको थियो । तर, त्यसपछि भने कोमात्सुको आधिकारिक बिक्रेताको रूपमा काम गर्दै आइरहेको छ । हामीले विगत २३ वर्षदेखि कोमात्सुको नेपालको आधिकारिक बिक्रेताको रूपमा काम गरिरहेका छौं । हामीले कोमात्सु ब्रान्डको एक्जाभेटर, ब्याकहो लोडर, ग्रेडर र बुल्डोजर बिक्री गर्दै आइरहेका छौं ।
सन् २००४ देखि नेपालमा हेभी मेसिनको माग अपेक्षित रूपमा बढ्न पुग्यो । त्यस बेलादेखि नै निजी क्षेत्रले रिकन्डिसन मेसिन उल्लेख्य मात्रामा आयात गर्न थाल्यो । सन् २०१० सम्ममा नै रिकन्डिसन मेसिन किन्ने क्रम बढ्दो रूपमा रह्यो । त्यही क्रममा ग्राहकहरूले हाम्रा मेसिनहरू भने अत्यधिक मात्रामा रुचाए । हाम्रा मेसिनहरू सजिलै नबिग्रिने र सर्वसुलभ पनि हुने भएको हुँदा कोमात्सु ब्रान्डका मेसिनहरू धेरै नै रुचाइएको हो भन्ने लाग्छ ।
० कन्टिनेन्टल ट्ेरडिङले विगत २३ वर्षदेखि मेसिनहरू बिक्री गर्दै आइरहेको बताउनुभयो । सुरुको अवस्था र अहिले मेसिनको बिक्रीमा के–कस्तो अन्तर आएको पाउनुभएको छ ?
सुरुमा मेसिन किन्नुपर्छ भनेर निजी क्षेत्र र व्यवसायीहरूलाई आकर्षित गर्ने काम हाम्रो समूहले नै गरेको हो । निजी क्षेत्रले पनि हेभी उपकरणहरू भाडामा दिएर काम गराउन सक्छ भन्ने सोच हामीले नै ल्याएका हौं । सडक विभागको विकल्प छ भन्ने ठानेर हामीले सुरुमा रेन्टल कम्पनी खोल्यौं र त्यसपछि ग्राहकहरूले सडक विभागलाई मात्र कुर्नुपर्ने स्थिति अन्त्य हुन पुग्यो । त्यसपछि निर्माण क्षेत्रमा काम गर्ने कम्पनीहरूलाई सरकारले पनि राम्रै छुट दिन थाल्यो । निजी क्षेत्रका थुप्र बैंकहरूले पनि पूर्वाधारको क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने सोचेर लगानी गर्न थाले । त्यसपछि सबैजसोले हेभी उपकरणहरू किन्न पाए । त्यसको सुरुआत गर्ने श्रेय हाम्रो कम्पनीलाई जान्छ । हाम्रो कम्पनीको अध्यक्ष सुदृद घिमिरेले रेन्टल कम्पनीको अवधारणा नल्याउनुभएको भए सर्वसाधारणबीच हामीले पनि मेसिन किन्न सक्छौं भन्ने कुरा पुग्न सक्दैनथ्यो होला ।
अहिले कोमात्सु ब्रान्डका एक्साभेटरहरूले नेपालमा ५० प्रतिशत हिस्सा ओगटेको छ । हामीले तेस्रो मुुलुकबाट निर्यात गर्दै आइरहेका छौं । तर, केही वर्षयता डलरको भाउ अकासिएको हुँदा हाम्रा मेसिनहरूको भाउ पनि केही बढ्न पुग्यो । पहिला, मेसिन अन्य मुलुकहरूबाट आउँथे तर धेरै कम्पनीहरूले भारतमा कारखाना राखिसकेको हुँदा अहिले भारतबाट मेसिनहरू आउँछन् ।
० नेपालमा मेसिन भित्र्याउँदा तपाईहरूले रिकन्डिसन मेसिन ल्याउनुभयो कि नयाँ मेसिन पनि ल्याउनुभयो ?
सुरुमा हामीले रिकन्डिसन मेसिन पनि ल्याएका थियौं र नयाँ मेसिन पनि ल्याएका थियौं ।
० अहिले पनि नेपाली बजारमा तपाईहरूको हिस्सा ५० प्रतिशत नै रहेको छ त ?
निश्चित रूपमा, एक्जाभेटरमा हाम्रो हिस्सा ५० प्रतिशत नै रहेको छ । तर, ब्याकहो लोडरलाई हेभी इक्विपमेन्ट मान्ने कि नमान्ने ? भन्ने प्रश्न उठ्छ । मलाई लाग्छ, ब्याकहो लोडर सानो मेसिन हो, यसलाई हेभी उपकरण मान्न सकिँदैन । कन्स्ट्रक्सन र माइनिङ इक्विपमेन्ट भनेका एक्जाभेटर, बुल्डोजर, लोडर र ग्रेडरहरू नै हुन् । तर, ब्याकहो लोडर एउटा युटिलिटी मेसिन मात्र हो । नेपाल र भारतको सन्दर्भमा हेर्ने हो ब्याकहो लोडरको बिक्री बढी भएको देखिन्छ । तर, युरोपलगायत अरू विदेशी मुलुकहरूमा भने ब्याकहो लोडरको बिक्री कम भएको पाइन्छ । हामीकहाँ एक्जाभेटरले डोजिङको काम गर्छ तर बाहिरी मुलुकहरूमा भने डोजिङको कामको लागि डोजर नै प्रयोग गरिन्छ ।
० तर, ब्याकहो लोडर त सबैको पहुँचमा पर्छ नि †
सामान्यत: ब्याकहो लोडर एउटै मेसिनले सात प्रकारको काम गर्छ । तर, हाम्रोजस्तो भौगोलिक अवस्था भएको देशमा पहाडी क्षेत्रमा सडक निर्माण गर्नुपर्ने आवश्यकता छ, जलविद्युत्को क्षेत्रमा काम गर्नुपर्ने हुन्छ, यस्तो ठाउँमा ब्याकहो लोडर काम लाग्दैन । हामीलाई बढी आवश्यकता पर्ने भनेको एक्जाभेटर, ग्रेडरजस्ता उपकरणहरू नै हुन् । ब्याकहो लोडरबाहेक अरू उपकरणहरूमा हामीले नेपालको बजारको ५० प्रतिशत हिस्सा ओगटेका छौं । ग्रेडरमा त हामीले ८० प्रतिशत हिस्सा नै लिएका छौं । डोजर र मोटरग्रेडरमा पनि हामीले ८५ प्रतिशत हिस्सा ओगटेका छौं ।
० कति वर्षदेखि तपाईहरूले यति धेरै हिस्सा ओगट्दै आइरहनुभएको छ ?
सन् २००५ देखि २०११ सम्मको अवधिलाई हेर्ने हो भने हाम्रो नेपाली बजारमा ८० प्रतिशत हिस्सा रहेको थियो । तर, विगत तीन वर्षदेखि भने हामी त्यति प्रतिस्पर्धी हुन सकिरहेका छैनौं । अरू कम्पनीहरूले भारतमा निर्मित उपकरणहरू ल्याएर नेपालमा बेच्न थाले । त्यसपछि सामान्य रूपमा हाम्रो उपस्थिति केही तल पर्न गयो । तर पनि, अहिले नेपाली बजारमा एक्जाभेटरमा भने हाम्रो हिस्सा ५० प्रतिशत नै रहेको छ ।
० तपाईहरूले अहिले नयाँ मेसिनहरू ल्याई नै रहनुभएको छ नि †
अहिले पनि हामीले नयाँ मेसिन भित्र्याइरहेका छौं । हामीले गुणस्तरीय मेसिन भित्र्याइरहेका छौं र मेसिनहरू गुणस्तरीय हुने बित्तिकै सर्वसुलभ हुने हो । आज एक घन्टा मात्रै मेसिन खाली रह्यो भने २ हजार रुपियाँ गुम्छ । पीसी २०० को रेट भनेको २ हजार हो र एक घन्टा खाली रहने बित्तिकै त्यति रकम घाटा हुन जान्छ ।
० तपाईंहरूले अप्रेटरहरूलाई पनि तालिम दिनुहुन्छ ?
हामीले मेसिनको मर्मत र मोनिटरिङ शिक्षा भनेर तालिम राखेका थियौं । दुई दिनसम्म राखिएको उक्त तालिममा हामीले सबै मेसिन राखेर सिकायौं । हामीले मोनिटरिङ अभिमुखीकरणसम्बन्धी तालिम नेपालीमा अनुवाद गरेर दियौं । त्यसपछि हामीले तालिम दिएकाहरूले ‘सजिलो पो हुने रहेछ, हामीले नबुझेर पो नगरेका रहेछौं’ भने । तसर्थ, हामीले मेसिन किन्ने मानिसलाई पनि शिक्षित तुल्याउनु जरुरी छ । हामीकहाँ मेसिनबारे शिक्षाको नै कमी हुन गयो । चाहे अप्रेटर भन्नुस् वा मेसिन किन्नेहरू नै भन्नुस्, उनीहरूलाई मेसिनबारे ज्ञान दिनु जरुरी छ ।
० कन्टिनेन्टल ट्ेरडिङले अहिलेसम्म नेपाली बजारमा कति मेसिन बिक्री गरिसक्यो ?
हामीले अहिलेसम्म २५ हजारभन्दा बढी नै मेसिन बेचिसकेका छौं । र, समग्र रूपमा हेर्दा अझै पनि हामी ४५ प्रतिशत हिस्सा ओगट्न सफल छौं ।
० नेपालमा मेसिनको संख्या जति छन्, त्यसलाई सेवा दिने इन्जिनियर र अप्रेटरहरू भने पर्याप्त छैनन् भनिन्छ नि !
मेसिनको वारेन्टी दिएको समयअवधिसम्म हामी आफैं सेवा दिन्छौं । तर, दक्ष जनशक्तिको अभावको कुरा रहेको छ, कुनै दक्ष इन्जिनियर वा अपरेटरले विदेशमा राम्रो तलब र सुविधा पाए भने हामीले उनीहरूलाई रोक्न मिल्दैन । हामीकहाँ काम गरेका मानिसहरू दुबई, कतार, अमेरिका, अस्ट्ेरलियामा समेत गएर काम गरिरहेका छन् । दक्ष इन्जिनियरहरू बाहिर गए पनि हामीले नयाँहरूलाई भने दक्ष तुल्याइरहेका छौं । त्यसो त, कुनै मानिसले आठ/दस वर्ष काम गर्यो भने उसले आफैले काम गर्न खोज्छ । हामीले विदेशमा जाने र आफैले काम गर्न चाहने मानिसलाई रोक्न सक्दैनौं । आफैले काम गर्ने मानिसलाई हामीले किन सर्विस एजेन्ट नबनाउने भनेर हामीले गर्ने गरेको हरेक ठाउँको ट्ेरनिङमा उनीहरूलाई बोलाउँछौं । र, हामीले उनीहरूलाई ‘तपाईहरू कोमात्सुको काम गर्नूस्, मेसिनमा फ्युल, फ्युल फिल्टर, एड फिल्टर, हाइड्रोलिक, हाइड्रोलिक आयल चाहिँ जेन्युन नै प्रयोग गर्नूस्’ भनेर सल्लाह दिने गरेका छौं । मुटुलाई दिने कुरा राम्रै दिनुपर्छ भनेर हामी सल्लाह दिन्छौं ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
कर संरचना परिवर्तनले इभीको मूल्य घट्ला ?
-
अन्तिम चरणमा निर्माण हुँदै ४० मेगावाटको भोटेकोशी–१ जलविद्युत आयोजना
Leave a Reply