पर्यटन क्षेत्र ब्युँतिन लामो समय लाग्दैन
केही वर्षपूर्व, थाइल्यान्डमा सुनामी आउँदा पर्यटन क्षेत्रमा व्यापक असर पुर्यायो । पर्यटन क्षेत्रबाटै उँभो लागेको थाइल्यान्डले सुनामीपछि पर्यटन क्षेत्रमा पुर्याएको असर मेट्न त्यति लामो समय कुर्नु परेन । केही महिनापछि नै जनजीवन सहज हुन पुग्यो र पर्यटकहरूको आगमन हुने क्रम पूर्ववत् स्थितिमै फर्कियो । अहिले नेपालले भोग्नुपरेको भूकम्परूपी महाविपत्तिपछि पर्यटन क्षेत्र पिँधमै पुगेको छ । गत वैशाख १२ गतेको महाभूकम्पपछि अरू क्षेत्रलाई असर पुर्याएझैं पर्यटन क्षेत्रलाई पनि व्यापक रूपमा असर पुर्याएको छ । तर, तत्कालीन स्थितिमा पर्यटन क्षेत्रले भोग्नुपरेको समस्या लामो समयसम्म नतन्किनेमा नेपाल पर्यटन बोर्डका सदस्य–सचिव घनेन्द्र श्रेष्ठ विश्वस्त छन् ।
सदस्य–सचिव श्रेष्ठ भन्छन्– ‘महाभूकम्पपछि नेपालको पर्यटन क्षेत्रमा निश्चित रूपमै असर पुर्याएको छ । तर, हामीले प्रयत्न गर्ने हो भने दुई/चार महिनापछि नै पूर्ववत् अवस्थामा पर्यटन क्षेत्रले गति लिन सक्छ ।’ हुन पनि, महाभूकम्पपछि नेपाल घुम्न आएका अधिकांश पर्यटकहरू आ–आफ्नै देश फर्किसकेका छन् । त्यस्तै, नेपाल घुम्न आउनका लागि ‘बुकिङ’ गराएका पर्यटकहरूले पनि छ महिनापछि मात्रै घुम्न आउने गरी मिति सारेका छन् । श्रेष्ठ भन्छन्– ‘अहिले त पर्यटन क्षेत्र शून्यप्राय: नै छ । कुनै पनि प्राकृतिक प्रकोपपछि पर्यटन मात्र नभएर सम्पूर्ण सामाजिक जनजीवनमा नै असर पुग्छ । अहिले त्यही असर नेपालको पर्यटन क्षेत्रले भोग्नु परिरहेको छ ।’ पर्यटन, अत्यन्त संवेदनशील व्यवसाय रहेको बताउँदै श्रेष्ठ भन्छन्– ‘यो आवश्यकीय व्यवसाय होइन । मानिसको खुसीयालीलाई व्यवसायीकरण गर्ने र आत्मीयता साट्ने पेसा हो ।’
पर्यटन क्षेत्रमा असर पुग्नेबित्तिकै त्यसले देशको सिंगो अर्थतन्त्रलाई नै धक्का दिनु स्वाभाविकै हो । पर्यटन क्षेत्रमा असर पुग्नेबित्तिकै त्यसबाट होटल व्यवसाय, कामदारहरूका साथै शृंखलाबद्ध रूपमा एउटा किसान र ट्याक्सी चालकको रोजगारीमा समेत असर पुग्छ । महाभूकम्पपछि पर्यटन क्षेत्रले के–कति क्षति बेहोर्नुपर्यो, त्यसबारे अहिले तथ्यांक संकलनकै क्रममा रहेको बताउँदै होटल एसोसिएन नेपालको कोषाध्यक्षसमेत रहेका श्रेष्ठ भन्छन्– ‘महाभूकम्पले नगरकोट, दोलखा, लाङटाङ, हेलम्बुजस्ता क्षेत्रका पर्यटकीय स्तरका होटलहरू, लज र होमस्टेहरूमा व्यापक रूपमा क्षति पुगेका छन् । र, गोरखाको बारपाक र लाप्राकका होमस्टेहरू पनि क्षतिग्रस्त हुन पुगेका छन् ।’ तर, महाभूकम्पले काठमाडौंका पर्यटकीय स्तरका होटलहरू भने त्यति क्षतिग्रस्त नभएको श्रेष्ठ बताउँछन् । भन्छन्– ‘काठमाडौंका पर्यटकीय स्तरका होटलहरूमा त्यति क्षति पुगेको छैन, क्षति कम भएको हुँदा सञ्चालनयोग्य नै रहेका छन् । हामी अझै पनि पर्यटकहरूलाई सेवा, सुविधा उपलब्ध गराउन सक्षम छौं ।’
महाभूकम्पपछि काठमाडौं उपत्यकाका विश्व सम्पदा सूचीमा रहेका संरचनाहरू भत्किए पनि सगरमाथा र लुम्बिनीमा भने क्षति पुगेको छैन । श्रेष्ठ भन्छन्– ‘हाम्रो पर्यटन व्यवसाय भनेको साहसी र सांस्कृतिक पर्यटन व्यवसाय हो, कुनै महूगो पर्यटन होइन । तसर्थ, नेपालमा भूकम्प आए पनि अझै पनि नेपालमा घुम्न जाने कतिपय ठाउँहरू भूकम्पको प्रभावमा परेको छैन भन्ने सन्देश हामीले दिनुपर्छ ।’ तथापि, महाभूकम्पपछि विश्व सम्पदा सूचीमा परेका दरबार स्क्वायर, चाँगुनारायण मन्दिर, बौद्धनाथ स्तुप, भक्तपुर दरबार क्षेत्र र पाटन दरबार क्षेत्र ध्वस्त हुन पुगे । ती संरचनाहरू ध्वस्त भएपछि बोर्डले पुरातात्विक, सांस्कृतिक धरोहरहरूको पुनर्निर्माण हुनुपर्छ भनेर सरकारसूग आग्रह गरिसकेको छ । साथै, बोर्डले आफ्नै पहलमा १० करोड रुपियाूको ‘पर्यटन तथा पुरातात्विक सम्पदा पुनरुत्थान कोष’समेत स्थापना गरेको छ । ‘हामीले पुरातात्विक महत्त्वका सम्पदाहरूलाई माया गर्ने स्वदेशी तथा विदेशीहरूलाई ती सम्पदाहरूको पुनर्निर्माणका लागि सहयोग गर्न अपिल पनि गरिसकेका छौं’– सदस्य–सचिव श्रेष्ठ भन्छन् ।
त्यसो त, पर्यटन व्यवसायलाई पुनस्र्थापित तुल्याउनका लागि बोर्डले केही प्रभावकारी कदम पनि चाल्न लागेको छ । पर्यटन व्यवसायको पुन:स्थापनालाई नै मध्यनजर राखेर बोर्डले केही विदेशी सञ्चारकर्मी, विज्ञ र सेलिब्रिटिहरूलाई ल्याएर नेपालबारे सकारात्मक प्रचार–प्रसार गर्ने योजना बनाएको छ । सदस्य–सचिव श्रेष्ठ भन्छन्– ‘केही समयभित्रै हामीले चीन र भारतका केही सहरहरूमा नेपालको पर्यटन क्षेत्रबारे सकारात्मक सन्देश दिने कार्यक्रम राख्न लागिरहेका छौं । त्यसमा चीन र भारतका गरी आठ/नौ सहरमा कार्यक्रम हुनेछ ।’ नेपालमा विदेशी पर्यटकहरू भित्रिने मौसम सेप्टेम्बरदेखि हुने भएको हुँदा त्यही मौसमदेखि नै पर्यटकहरूलाई भित्र्याउनका लागि विशेष पहल गरिरहेको पनि श्रेष्ठ बताउँछन् ।
महाभूकम्पपछि विदेशी पर्यटकहरू आउने क्रम शून्यमा झरेको र अझै केही समय विदेशी पर्यटकहरूको आगमन हुने सम्भावना कम रहेको हुँदा आन्तरिक पर्यटनबाटै अहिले खस्किूदो अवस्थामा रहेको पर्यटन क्षेत्रलाई उँभो लगाउनुपर्ने तर्क श्रेष्ठ गर्छन् । भन्छन्– ‘हामी नागरिक समाजसामु के आग्रह गर्दछौं भने पोखरा, लुम्बिनी, सौराहाजस्ता नेपालका पर्यटकीय क्षेत्रमा भ्रमण गरेर आन्तरिक पर्यटनको विकासमा सहयोग पुर्याइदिनुस् । अब नेपालीहरूले बैंकक, सिंगापुर घुम्नुभन्दा आफ्नै देशका पर्यटकीय थलोहरूमा घुमफिर गर्नु अहिलेको लागि महत्त्वपूर्ण पक्ष हो । किनकि, आन्तरिक पर्यटनलाई टेवा दिएमा मात्र हाम्रो अर्थतन्त्र मजबुत हुन्छ र हाम्रा व्यवसायीहरू पनि समृद्ध हुन्छन् ।’
अत्यन्तै आशावादी हुँदै श्रेष्ठ भन्छन्– ‘पर्यटन क्षेत्र पुन: ब्युूतिन लामो समय लाग्दैन । विश्वका अरू देशहरूकै उदाहरण लिउँ । प्राकृतिक प्रकोपले त्यस्ता देशहरूलाई थिल्थिलो तुल्याए पनि २/४ महिनापछि नै पर्यटन क्षेत्र पुरानै स्थितिमा फर्किएको छ । नेपालमा पनि केही महिनापछि नै पर्यटकहरूको चहलपहल हुनेमा म आशावादी छु ।’ तर, त्यसका निम्ति सबै निकायले सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने उनको आग्रह छ । पर्यटनका साथै होटल व्यवसायी समेत रहेका श्रेष्ठ नेपालमा पर्यटकहरूलाई आतिथ्यता प्रदान गर्न आफूहरू सदैव तत्पर रहेको बताउँदै भन्छन्– ‘भूकम्पले केही विनास तुल्याएको त छ नै । तर, पर्यटकहरूले पाउने आतिथ्यतामा त्यति आँच आएको छैन । नेपालीहरूले प्रदान गर्ने आतिथ्यता निरन्तर छ । यो निरन्तरता सदैव कायम रहनेछ ।’
–
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
नेपालको पहिलो आधुनिक सुरुङमार्ग सञ्चालनको अन्तिम तयारी
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
आर्थिक वृद्धि सुस्त हुने प्रक्षेपण : विश्व बैंक
-
नेपाल स्टक एक्सचेन्ज (नेप्से) अब सोमबारदेखि शुक्रबारसम्म खुला रहने
-
इन्धन मूल्यवृद्धिले हवाई भाडा बढ्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
Leave a Reply