वरिपरिका पात्रका कथा
‘माजी : द माउन्टेन म्यान’ विहारको एउटा सीमान्त ग्रामीण बस्ती गेल्लोरका दलित समुदायका एक प्रतिबद्ध प्रेमिको कथा हो । सामाजिक जीवनमा परिवर्तन भित्र्याउन चाहने एउटा युवाको कथा हो । र, राजनीतिक स्पर्शले छोएका तमाम उत्पीडितहरूको पनि कथा हो । समग्रमा भन्नुपर्दा, यथार्थ कथावस्तुमा निर्मित यो फिल्म भारतका विहार, उत्तर प्रदेशजस्ता दलित समुदायको बाक्लो बसोवास रहेका बस्तीहरूको कथा हो । तर, यो वर्तमानको नभएर करिब साठी र सत्तरीको दशकको कथा हो । तत्कालीन समयमा विहारका दलितहरूले भोग्नु परेका कष्टप्रद स्थितिसँगै फिल्मले कुन पक्षतिर विशेष रूपमा संकेत गरेको छ भने, दशरथ माजीजस्ता पात्रहरू हरेक सीमान्तकृत समाजमा त्यहाँका सामाजिक परिवर्तन र क्रान्तिकारी आन्दोलनमा कसरी बाहक बन्छन् ? सामाजिक परिस्थितिले उनीहरूलाई कसरी परिवर्तनको बाहक शक्तिका रूपमा अंकित गर्न खोज्दछ ? यो कुनै जबर्जस्त नभएर एउटा प्रक्रियागत रूप हो भन्ने पक्ष पनि यो फिल्मले देखाउन चाहेको छ ।
‘माजी : द माउन्टेन म्यान’ले नेपाली सिनेमा–घरहरूको मुख देख्न पाएन । प्राविधिक त्रुटिले त्यस्तो स्थिति सिर्जना भएको थियो । तर, अहिले भारतमा बनिरहेका अधिकांश फिल्महरूमध्ये यो फिल्मले नेपाली सिनेमा–घरहरूमा प्रदर्शन हुने औसर पाएको भए पक्कै पनि राम्रै वाहवाही बटुल्थ्यो । किनकि, यो बलिउडमा बनिरहेका फिल्महरूमध्ये फरक कथावस्तु, धार र सन्देश प्रवाह गर्न सक्षम फिल्मको दर्जामा उभिएको फिल्म बन्न पुगेको छ ।
दशरथ माजी, एक वास्तविक चरित्र हुन् । उनले विहारको प्रख्यात थलो गयाबाट नजिकै रहे पनि सडक सञ्जालले नछोएको गेलोर गाउँमा व्याप्त पछौटेपन र सामन्ती समाजविरुद्ध आफूलाई उभ्याएका थिए । भारतीय समाज जातिवादी पृष्ठभूमिमा उभिएको छ र जातिवादलाई प्रश्रय दिने कार्यमा भारतका विहारजस्ता प्रान्तहरू अग्रणी स्थानमा रहेका छन्, अझै । यो फिल्मले करिब आधा शताब्दीअघिको विहारको सामाजिक स्थितिलाई चित्रण गरेको छ । जब दशरथ सात वर्षपछि गाउँमा फर्किन्छ र उनले गाउँका मुखिया र उनका छोरालाई अंकमाल गर्छ । तब, गाउँका मुखिया र उनका भरौटेहरूले उनलाई पिटमार गर्छन् । तर, उनको तर्क हुन्छ– ‘सरकारले त सबै जाति एकै हुन् भनिसकेको छ तर किन यस्तो विभेद ?’
फिल्मले मूलभूत रूपमा विहारको जातीय समाज र विभेदलाई प्रमुख रूपमा उभ्याउन चाहेको छ । जातीय विभेदले युक्त एवम् सीमान्तकृत समाजमा व्याप्त विभेदका शृंखलाहरू कतिसम्म भयावह छन् ? भन्ने पक्षलाई देखाउने चाह यो फिल्मले राखेको प्रस्टै बुझ्न सकिन्छ । त्यस कार्यमा फिल्म शतप्रतिशत रूपमा नभए पनि केही हदसम्म भने सफल सावित भएको पनि छ । तर, जातीय विभेदको समस्या भारतीय समाजमा मात्र होइन, हामीकहाँ पनि व्याप्त छ । भारत र हामीकहाँ जातीय विभेदको अन्तर कति छ ? त्यो मूल्यांकनको पक्ष हुन सक्छ । तर, एउटा के कुरामा सहमत हुन सकिन्छ भने, जातीय विभेद हटाएर समतामूलक समाज निर्माण गर्ने यी दुवै देशका नीति–निर्माताहरूका सपना अहिलेसम्म साकार हुन सकेका छैनन् र यी दुवै देशका दलित समुदायका नेतृत्वकर्ताहरू विभेदको अन्त्यभन्दा पनि जातीय आडमै आफ्नो स्थान सुरक्षित गराउने र जातीय विभेद र मुद्दाबाटै आफ्नो उचाइँ कायम राख्ने पक्षमा अझै क्रियाशील छन् ।
‘माजी : द माउन्टेन म्यान’ले पछौटेपनले गाँजेको समाजमा जातीय संकीर्णता र घेराबन्दी कति तीव्र छ भन्ने देखाउन खोजेको त छ नै । साथै, सामन्तवादी सोच, क्रियाकलाप र परम्परालाई धान्न तथा त्यसकै आडमा आफ्नो प्रभाव र शान कायम राखिराख्न समाजका कथित अगुवाहरूले कतिसम्म पापड पेल्छन् भन्ने तथ्य पनि प्रखर रूपमा देखाउन चाहेको छ । तर, माजीले यी सबै पक्षहरूप्रति विद्रोहको शंखघोष गर्छन् र सामन्तवादको टेकोमा उभिएको जातीय समाजलाई बदल्न हरप्रयत्न गर्छन् । तर, उनको परिवर्तन भने गेलोर गाउँलाई पछाडि पार्न भूमिका खेल्दै आएको एउटा पहाडलाई फोरेर सडक निर्माण गर्नमा केन्द्रित रहन्छ । जब, उनकी गर्भवती पत्नी पहाड चढ्ने सिलसिलामा लड्छिन् र समयमै अस्पताल पुर्याउन नपाउँदा मृत्यु हुन पुग्छे । उनमा पहाड फोरेर बाटो बनाउने सनकले तीव्रता लिन्छ र अन्तत: उनले पहाड फोरेरै छाड्छन् र उनकै नाममा बन्छ–‘दशरथ माजी पथ ।’
थोरै लगानीमा निर्मित ‘माजी : द माउन्टेन म्यान’ एक दशकअघि मात्रै मृत्यु भएका तिनै साहसी दशरथ माजीको जीवनवृत्त उतार्ने तहसम्म मात्र सीमित छैन । यो फिल्मले सत्तरीको दशकमा भारतीय समाजभित्रका विकृतिजन्य पक्षहरूलाई जातिवादी ऐनाबाट हेर्ने प्रयास गरेको छ, तत्कालीन समाजलाई सामन्तवादी सोच र क्रियाकलापको तहबाट हेर्न चाहेको छ र चाहेको छ उत्तिकै, एउटा सीमान्तकृत बस्तीमा भारतीय राजनीतिको प्रभाव तत्कालीन समयावधिमा कसरी परेको थियो कुरा देखाउन पनि । चाहे तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धी गाउँमा आउँदाको प्रसंग होस् वा गाउँका मुखियालाई फकाउन आएका जनप्रतिनिधिकै प्रसंग किन नहोस् । राजनीतिक सन्दर्भ र घटनाक्रमको पनि फिल्ममा उत्तिकै स्थान मिलेको छ । फिल्मले दशरथ माजीको नाममा सडक निर्माण गर्न छुट्याइएको बजेट नेता र कर्मचारीहरूको मिलेमतोमा कसरी हिनामिना गरियो भन्ने प्रसंग पनि छोएको छ । समग्रत: यो फिल्मले भारतीय समाजमा व्याप्त जातिवाद, सामन्तवाद, राजनीतिमा छाएको विकृति, भ्रष्टाचारजस्ता पक्षहरूलाई जीवन्त रूपले उतार्ने कार्यमा सफलता बटुलेको छ । पछिल्लो समय बलिउडमा फरक चरित्र निर्वाह गर्ने कलाकारहरूको पंक्तिमा उभिएका नवाजुद्धिन सिद्धिकी र राधिका आप्टेको जोडदार अभिनयले पनि यो चलचित्रलाई अझ जीवन्त बनाउन प्रयास गरेको छ ।
हामीकहाँ पनि दशरथ माजीजस्ता चरित्र र त्यस्तै चरित्रहरूका प्रयत्नस्वरूप निर्मित कथावस्तु नभएका होइनन् । आफ्नो समाज, परिवेशलाई बदल्न चाहने चरित्रहरू पनि हामीकहाँ प्रसस्तै छन् । नेपाली फिल्मकर्मीहरूले पनि आफ्नै परिवेशका चरित्रलाई चिनेर उम्दा फिल्म बनाउन प्रयत्न गर्दा हुने रहेछ भन्ने कुरा ‘माजी : द माउन्टेन म्यान’ को निर्माणबाट ग्रहण गर्न सकिन्छ । यस्ता चरित्र हाम्रै समाज वरिपरि छन्, थुप्रै ।

सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply