हामीलाई नखेलाए कसलाई खेलाउाछन् ?
मुलुक यतिबेला इतिहासको अत्यन्तै जटिल र कठिन मोडबाट अगाडि बढिरहेको छ । दिनप्रतिदिनका घटनाक्रमहरूलाई नियाल्दा राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र मुलुकको सार्वभौमसत्ता नै समाप्त भई राष्ट्र विखण्डनको मार्गमा नजाला भन्न सकिन्न । पछिल्लो अवधिमा मुलुकमा नयाा संविधानको घोषणापश्चात् ०७३/७४ सालको बजेट पारित हुन पुगेको छ । सरकारले व्यवस्थापिका संसद्मा पेस गरेको बजेट पारित भएलगत्तै पुन: सरकार परिवर्तनको बहस सदनदेखि सडकसम्म, पत्रिका पसलदेखि चिया पसलसम्म चलिरहेको छ । प्रत्येक क्षेत्र, ठाउा र चोकहरूमा दिनहुा बहसको विषय बन्ने गर्छ, सरकारको पक्ष र विपक्षमा । यथार्थत: नेपालको जनसंविधानलाई कार्यान्वयन हुन नदिन र त्यसैको फाइदा उठाई अस्थिरता मच्चाउने र धमिलो पानीमा माछा मार्न खोज्ने देशी/विदेशी शक्तिहरू विभिन्न ढंगबाट नेपाललाई कमजोर राष्ट्र बनाउन षड्यन्त्रका विभिन्न तानाबाना बुनिरहेका छन् । संसारलाई थाहा छ, यो संविधान ९० प्रतिशतभन्दा बढी जनताको समर्थनमा जारी भएको संविधान हो । तर, यो संविधानलाई अपूर्ण भन्दै संविधानका अन्तर्वस्तुहरूमाथि प्रश्नचिह्नहरू खडा गर्दै कमजोर बनाई आफ्नो स्वार्थ पूरा गर्न केही मधेसी दललाई आन्दोलनमा सहभागी बनाई नेपालमा अस्थिरता निम्त्याउन विभिन्न किसिमका सहयोगहरू दक्षिणतिरबाट अझै पनि भइरहेका छन् ।
नेपाली जनतालाई एकातिर भूकम्पको पीडा छ, जसको पीडाले थुपै्र नेपाली अहिले पनि टहरामुनि बास बस्न प्राकृतिक प्रकोपसाग जुध्न अभिशप्त छन भने अर्कोतर्फ लामो समयको अघोषित नाकाबन्दीको असर अझैसम्म जनताको मनोविज्ञानबाट हट्न सकेको छैन । देखिन्छ, राष्ट्रियता खतरामा छ । सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतामाथि विदेशीहरूले गिद्धेदृष्टि लगाइरहेका छन् । युवापंक्ति विदेश पलायन हुन विवश छ । हत्या, हिंसा र लुटपाटका घटनाहरू बढ्दै छन् । विधिको शासन र कानुनी राज्यअनुसारको एउटै काम हुन सकेको छैन । त्रिशुलीमा गिटी कुट्नेहरूको व्यथा जस्ताको तस्तै छ । जीवनजल र सिटामोल नपाएर जीवन गुमाउनेहरूको संख्या पनि उत्तिकै छ । कर्णालीका जनताले हप्तौं लगाएर नुन नपाउादाको पीडा यथावतै छ । परिवर्तनको एकरत्ति पनि अनुभूति जनताले बोध गर्न पाएका छैनन् । यस्तो जटिल र संवेदनशील परिस्थितिमा पुन: सरकार गठन, पुनर्गठनको खेलले के मुलुकलाई परिवर्तन दिलाउन सक्ला ? यो प्रश्न यतिबेला राजनीतिक पार्टीका नेताहरूपति तेर्सिन पुगेको छ । अन्यथा अर्थ नलागे यतिबेला स्वयं विपक्षीहरू भन्ने गर्छन्, सुनिन्छ पनि– केपीले सपना धेरै देखे, जनतालाई चाहिने नचाहिने सपना पनि बााडे । दिनप्रतिदिनका उनका अभिव्यक्तिहरूले मुलुकलाई तरंगित पनि बनायो । कतिपय अभिव्यक्ति वास्तविकताभन्दा पनि कल्पनाशीलतामा केन्द्रित पनि रह्यो, कतिपय ठट्यौली पारामा कुराहरू राख्दा मजाकको विषय पनि बने होलान् । तर, एउटा स्विकार्नुपर्ने कुरा, विरोधीसाग पनि पाठ सिक्नुपर्ने कुरा, राष्ट्रिय स्वाधीनता र स्वाभिमान, भौगोलिक अखण्डताको पक्षमा राष्ट्रिय स्वाभिमानको पहरेदार बनी आफ्नो अडान लिएको र आत्मसमर्पण नगरेको कुरा त यथार्थ हो नि । प्रश्न उठ्ने गर्छ, नेपाल सतीले सरापेको देश हो अरे, यहाा केही गर्छु भन्ने इच्छाशक्ति र अठोट लिएका मान्छेहरू टिक्न सक्दैनन् र दिइादैन रे ! अनि कसरी बन्छ नेपाल ? अनि कसरी हुन सक्छ, नेपालको समृद्धि र विकास ? अनि, हामीजस्ता संकीर्ण सोच भएका र मुलुक र जनताका निम्ति सोच्दै नसोच्ने हामीलाई नखेलाए कसलाई खेलाउाछन् त विदेशी शक्तिहरूले ? यहाा केही हुनेवाला छैन । कतै निराशा, कतै आक्रोश । यस्तैयस्तै सुन्न सकिन्छ, आजभोलि बजारिया हल्ला । आरोप लगाइन्छ, कम्युनिस्टहरूको चरित्र निम्न मध्यम वर्गीय चरित्र हुने हुनाले निम्न पुाजीवादी वर्ग बनोट हुन्छ । यसकारण, यिनीहरूमा धैर्यको अभाव हुन्छ, संकीर्णता तथा सानो चित्त हुन्छ, यो विपक्षीहरूले लगाउने तीतो तर यथार्थ आरोप हो । यस्तो आरोपको प्रत्युत्तर दिन आफूा भएका गलत चिन्तन र सोच नेताहरूले आफ्नो दिमागबाट हटाउने कि नहटाउने ? आफू पनि केही नगर्ने, आफूलाई विकास पनि नगर्ने, अरूलाई पनि आफूभन्दा अगाडि बढ्न नदिने, बरु खुट्टा तानेर आफूभन्दा तल पारिदिन खोज्ने चरित्र नेपालका कम्युनिस्टहरूमा प्रशस्तै भेटिन्छन् भनेर आरोप लगाउने गर्छन, विपक्षीहरू ।
यसैको परिणाम हो, सरकार परिवर्तनको खेल । यी र यस्तै अभिव्यक्तिहरू फरक विचार बोक्ने फरक पार्टीका कार्यकर्ताहरूले दिने गर्छन् दिनहुा । वास्तविकता विगतमा सधैंभरि सरकार परिवर्तनको अस्वस्थ खेलमा नै नेताहरूले समय बर्बाद बनाए । गरिबी, रोग, भोक र बेरोजगारीप्रति नेताहरू बेखबरजस्तै बनिरहे । जनताले विभिन्न चरणमा भएका आन्दोलनहरू भोगिसकेका छन । प्रत्येक आन्दोलनमा जनताले नेतृत्वलाई साथ दिादै बलिवेदीमा चढ्न पनि पछि परेनन् । जनताकै साथ र समर्थनले ठूलाठूला राजनीतिक परिवर्तनहरू पनि भए । तर, जनताको सपना र चाहनाहरूलाई नेताहरूले कहिल्यै माया गर्न सकेनन् । जनताप्रति जिम्मेवार हुादै भएनन्, नेताहरू । के यस्तै पाराले संघीय लोकतान्त्रिक गणतन्त्रले सार्थकता पाउला ? यो प्रश्न यतिबेला नेपालका नेतासामु अनुत्तरित बन्न पुगेको छ ।
यतिबेला मुलुकले राष्ट्रिय नेता खोजिरहेको छ । सही नीतिको खोजमा नै योग्य र राष्ट्रिय नेताको प्राप्ति हुन्छ भन्ने मान्यता पनि छ । कुनै पनि नेताको निधारमा विधिले योग्य र अयोग्य लेखेको हुादैन । कुनै एउटाका निम्ति कुनै योग्य देखिन्छन्, अर्काको निम्ति सोही अयोग्य देखिन्छन् । यही गुटगत रोगले पार्टीको केन्द्रदेखि तलसम्मै कम्युनिस्टहरू ग्रसित छन् । एमालेका नेताहरू सच्चिन सके भने अनेकतामा एकताका विशेषताहरूले युक्त छन् । यी विशेषताहरूलाई मिलाएर अगाडि बढ्न सके भने एमालेको तागतलाई कुनै पनि शक्तिले पराजित गर्न सक्दैन । यतिबेला सरकारको नेतृत्व गरेको एमालेसाग नेपाली क्रान्तिको सिद्धान्त जनताको बहुदलीय जनवाद छ । सिद्धान्तको हतियार छ । अनुभवी कार्यकर्ताहरूको विशाल पंक्ति छ । समाजले पत्याइदिएका रहरलाग्दा कार्यकर्ताहरू पनि छन् । एमालेसाग राष्ट्रिय स्वाभिमान, रक्षा र संवद्र्धन गर्ने इच्छाशक्ति र सामथ्र्य पनि छ । यसो भन्न सकिन्छ, एमालेसाग अजेय शक्ति छ । तर, शक्तिको नियम के हो भने ठीक ढंगबाट परिचालित भए निर्माणको स्रोत बन्न सक्छ, तर बेठीक ढंगबाट प्रयोग भए विध्वंशको कारक बन्न सक्छ । विध्वंशको कारक बन्ने कि शक्तिको स्रोत बन्ने ? यो नेताहरूको भूमिकामा निर्भर रहन्छ । यो भूमिका भनेको पार्टीभित्र एकले अर्कालाई बदख्वाइा गरेर होइन, पार्टीले गरेको राम्रो कामलाई राम्रो, बेठीक कामलाई बेठीक भन्ने लेनिनवादी संगठनात्मक सिद्धान्तको मान्यता, आलोचना र आत्मालोचनाको मान्यतालाई स्थापित गरेर हटाउन सकिन्छ । यसो गर्ने आाट र जाागर एमालेका नेताजनमा पलाए एमालेले एकताबद्ध भई संविधान कार्यान्वयन गर्न र राष्ट्रिय सहमति निर्माण गरी अगाडि बढ्न सक्छ । मुलुकको गतिशील, जुझारु र जनताको आशा र भरोसाको केन्द्र बन्न सक्छ ।
सम्बन्धित समाचार
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
Leave a Reply