किन छैन राजनीतिक चलचित्रको बजार ?
केही वर्षयता नेपाली राजनीति र समाजभित्रका यथार्थपरक विषयवस्तुमा केही स्तरीय चलचित्रहरू बने । सामाजिक जीवनका जल्दाबल्दा मुद्दाहरू उठाइएका त्यस्ता चलचित्रलाई आम दर्शकले अत्यधिक मात्रामा रुचाउनु स्वाभाविकै बन्यो । र, दर्शकको माया र स्नेह प्राप्त भएपछि कुनै पनि चलचित्रले व्यावसायिक फड्को मार्नुलाई अनौठो मान्न पनि सकिादैनथ्यो । र भयो त्यहीा । अर्थात्, राजनीतिक र सामाजिक विषयवस्तुमा उभिएका चलचित्रहरूले लामो समयसम्म दर्शकहरूको स्नेह प्राप्त गरिरह्यो । अझ, केही वर्ष यता त राजनीतिलाई नै केन्द्रीय विषय बनाएर निर्माण गरिएका चलचित्रहरूले नेपाली चलचित्र वृत्तमा राम्रै तहल्कासमेत निम्त्यायो ।
खासगरी, कुनै ठूलो राजनीतिक उथलपुथल र परिवर्तनपछि चलचित्रकर्मीहरूले तत्कालीन घटनाचक्र र परिवेशलाई चलचित्रको विषय बनाएर दर्शकसामु पस्किनु स्वाभाविकै हो । किनभने, त्यस्ता चलचित्रहरूले एउटा खास समय र त्यसको महत्त्वको प्रतिनिधित्वसमेत गर्दछ । यसै सन्दर्भमा ०५२ सालको अन्त्यतिर बन्दुक उठाएर क्रान्ति र युद्धको बाटो रोजेको माओवादीले १० वर्षसम्म अनवरत युद्ध गरे । माओवादी युद्धले नेपाली समाजलाई तीव्र रूपमा तरंगित तुल्यायो । र, हिंसात्मक क्रियाकलापले पनि उत्तिकै मौलाउने मौकासमेत पायो । दस वर्षसम्म नेपाली समाजलाई बिथोलेको विषयवस्तु चलचित्रकर्मीहरूका निम्ति कम चासोको विषय थिएन पनि ।
युद्धको बाटो छाडेर माओवादी शक्ति शान्ति प्रक्रियामा आएपछि माओवादी जनयुद्धका असल र खराब पक्षहरूलाई विषयवस्तु बनाएर चलचित्र निर्माण गर्ने क्रमले व्यापकता पायो । तत्कालीन समयमा धेरै चलचित्र बने । खासगरी, माओवादी युद्धलाई सकारात्मक दृष्टिले हेर्ने र युद्धसाग प्रत्यक्ष जोडिएका चलचित्रकर्मीहरूले युद्धको गुणगानमा केही चलचित्र पनि बनाए । ‘मैना’, ‘लालसलाम’जस्ता केही चलचित्र त्यही विषयवस्तु र समयमा उपज हुन् । तर, ताजा र जल्दाबल्दा विषयमा चलचित्र बनाइादा त्यसले राम्रै व्यावसायिक सफलता पाइने आशामा माओवादी जनयुद्धलाई विषय बनाएर चलचित्रहरू निर्माण भए पनि एउटा पनि फिल्मले व्यावसायिक फड्को मार्न सकेन र न त दर्शकहरूको रुचिका चलचित्र नै बने । त्यसको एउटै मात्र कारण थियो, फिल्ममा कलात्मक पक्ष र नवीन शैली गायब हुनु । कोरा निर्देशकहरूले रहरमा बनाएका फिल्महरूले धुलो चाट्नु त स्वाभाविक थियो, फिल्मको भाषा बुझेका केपी पाठकले निर्देशन गरेको मैना पनि धुलो चाट्ने तहसम्म ओर्लियो ।
तर, माओवादी जनयुद्धले नेपाली समाजको भित्री तहसम्मै पुर्याएको प्रभावबारे निर्मित ‘टलकजंग भर्सेज टुल्के’ भने जनयुद्धकै कथावरिपरि घुमेका अरू चलचित्रहरूभन्दा धेरै नै उम्दा बन्न पुग्यो । कथा जनयुद्धकै भए पनि त्यसका मर्मस्पर्शी विषय र प्रस्तुतीकरणमा देखिएको नयाा शैलीले गर्दा उक्त चलचित्रले राम्रै चर्चा मात्र बटुलेन, दर्शकहरूको अपार माया पनि प्राप्त गर्यो । जनयुद्धका कतिपय नराम्रा पक्षहरू रहादारहादै पनि त्यसले नेपाली समाजमा व्याप्त गरिबी, शोषण, अन्याय र उत्पीडनमा बााचेकाहरूका निम्ति भने अक्सिजनको काम गरेकोमा कुनै विवाद देखिादैन । हुन पनि युद्धमा समाजका त्यस्तै वर्ग र तप्काका मानिसहरूले सम्बद्धता जनाए, जो वर्षौंदेखि उत्पीडनको रापमा पिल्सिादै आइरहेका थिए । उक्त फिल्मले पनि समाजका त्यस्तै वर्गका मानिसहरूको आवाजको प्रतिनिधित्व गर्नुका साथै सामन्ती राज्यसत्ता विरुद्धको हुाकारको वकालत गरेको छ ।
केही महिनापूर्व निर्मित ‘कालो पोथी’ले देशभित्र र बाहिरसमेत सफलताको कथा बुन्नुमा पनि नयाा प्रस्तुतीकरणलाई नै श्रेय दिनुपर्ने हुन्छ । उक्त चलचित्रमा देशको अत्यन्तै दुर्गम भेगका बासिन्दामा जनयुद्धले पारेको गहिरो प्रभावको छाया देखिन्छ । साथै, नेपाली समाजको तीतो तस्बिरका रूपमा अंकित जातीय विभेद र उत्पीडनको कथासमेत भन्न सफल उक्त चलचित्रले विकट क्षेत्रका जनताका दैनन्दिन क्रियाकलापलाई समेत मिहिन रूपले टिप्ने काम गरेको छ । मूलत: राजनीतिक विषयमा बनेको भए पनि विकट समाजका यथार्थ पक्षहरूलाई टिप्ने कार्यका साथै प्रस्तुतिमा देखिएको नवीनताले कालो पोथीलाई माथि उठाउन सकेको हो ।
विषयवस्तु जनयुद्धको नभए पनि राजनीतिक विषयमै घुमेको ‘कबड्डी कबड्डी’ पनि उत्कृष्ट चलचित्रको लहरमा पर्दछ । नेपालमा हरेक निर्वाचन महागो हुादै गइरहेको छ । चुनावी मैदानमा डटेकाहरूले पानीसरह करोडौं रुपियाा खन्याएर आफ्नो पक्षमा निर्णय पार्ने कसरत गर्नु अब सामान्य कुरा बनिसकेको छ । देशका अरू संसदीय निर्वाचन क्षेत्रमा यो रोग पन्पिनुलाई सामान्य मानिए पनि हिमालपारिको जिल्ला मुस्ताङमा चुनावको बेला हुने राजनीति, प्रपञ्च र महागोपनालाई टिप्ने कार्यमा सफलता पाएको यो चलचित्रले चुनाव कसरी महागो बन्दै गइरहेको छ र त्यसले नेपाली समाजलाई कुन दिशातिर डोर्याइरहेको छ भन्ने स्पष्ट संकेत दिएको छ ।
राजनीतिक कथावस्तु बोकेका चलचित्रहरूको बजार छैन भन्ने अवधारणालाई चिर्न यी चलचित्रहरूको सफलता नै काफी देखिन्छ । हुन त ०४६ सालको जनआन्दोलनको विषयमा बनाइएको ‘बलिदान’ले पनि नेपाली सिने पटमा राम्रै स्थान जमाएको थियो । त्यतिबेला पञ्चायती दमनका विषयमा बनेका अरू चलचित्रहरूले खासै सफलता पाउन नसके पनि बलिदानले भने दर्शकको अपार माया बटुलेको थियो । त्यसयता राजनीतिक विषयमै बनेका ‘दासढुंगा’जस्ता चलचित्र पनि स्मरणयोग्य चलचित्रको पंक्तिमा आबद्ध छ । तसर्थ, समसामयिक राजनीतिक विषयहरूलाई राम्ररी मथेर त्यसलाई चलचित्रको विषय बनाइादा त्यसले आम दर्शकको माया पाउने कुरामा दुईमत देखिादैन । तर, राजनीतिक क्षेत्रमा अनेक विषयहरू भए पनि अधिकांश मानिसको रुचि र अपेक्षालाई समेट्ने विषयका चलचित्र बनाइादा त्यसले राम्रै सफलता बटुल्न सक्ने रहेछ भन्ने कुराको पुष्टि पछिल्लो समय बनेका केही राजनीतिक चलचित्रहरूले नै गरेका छन् ।
सम्बन्धित समाचार
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
-
साल फुलेर राजमार्ग सुगन्धित
-
यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
-
बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
-
फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
-
विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
-
भड्किलोपनको सिकार
-
नेपालका प्रथम ज्ञात कवि अनुपरम
-
कसले लिने तत्परता ?
-
बिक्री नै हो उत्कृष्टताको मापन ?
-
सीमित वृत्तभन्दा बाहिर
Leave a Reply