पुष्पलाललाई सम्झिनुको सार्थकता
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको अठ्तीसौं स्मृति दिवस विभिन्न रचनात्मक एवं सिर्जनात्मक कार्य गरी देशभरि नै मनाइादै छ । २०३५ साल साउन ७ गते निधन भएका कम्युनिस्ट आन्दोलनका प्रणेता पुष्पलाललाई हरेक वर्ष साउन ७ गते सम्झिन्छ । यो वर्ष पनि नेकपा (एमाले) केन्द्रीय कमिटीले केन्द्रदेखि स्थानीय तहसम्म पुष्पलालको सम्झनामा विभिन्न कार्यक्रमआयोजना गर्न विशेष सर्कुलर नै जारी गरेको छ । कम्युनिस्ट आन्दोलनलाई सहीदिशातर्फ उन्मुख गराउन देशीविदेशी प्रतिक्रियावादी तत्त्वहरूसाग मुकाबिला गर्दै महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने पुष्पलाललाई यस अर्थमा पनि कम्युनिस्ट आन्दोलनको प्रणेताका रूपमा लिने गरिन्छ ।
सिद्धान्तअनुसारको भौतिक स्थिति होइन, भौतिक स्थितिअनुसारको सिद्धान्त खोज्नुपर्छ, सिद्धान्त, संगठन र संघर्ष आमूल परिवर्तनका कडी हुन्, जनता चेतनशील हुनुपर्छ, कार्यकर्ता संगठित हुनुपर्छ, क्रान्ति र परिवर्तन अवश्याम्भावी छ, यसलाई दुनियााको कुनै पनि तागतले रोकेर रोक्न सक्दैन भन्ने पुष्पलालले तीन ‘स’ को सिद्धान्त मात्र होइन, कम्युनिस्ट घोषणापत्रको पहिलो नेपालीअनुवाद पनि गरेका थिए । राणा विरोधीआन्दोलनको बिगुल फुक्ने योद्धा, नेपाली समाजको यथार्थ वर्ग विश्लेषण गर्ने विश्लेषक, विभाजित कम्युनिस्ट पार्टीहरूलाई एकीकृत बनाउने नायक र नेपाली माक्र्सवाद हुनुहुन्थ्यो पुष्पलाल ।
हाम्रो राजनीतिको व्यवहार क्षेत्र हाम्रो आफ्नै देश, जनता र समाज हो । राजनीतिक विचारधाराको उद्गम स्रोत हामै समाज हो । हामो आफ्नै विशिष्ट इतिहास छ । आजको नेपालको जन्म हिजोको नेपालबाट भएको हो । हामीले इतिहासप्रति माक्र्सवादी दृष्टिकोण राख्ने भएको हुनाले इतिहासको अध्ययनबाट अलग राख्न सकिादैन । यसो गर्न सकियो भने मात्र आफ्नो समाज चिन्न सकिन्छ भन्ने पुष्पलालको विषयमा स्वयं मदन भण्डारीले भन्नुभएको छ–‘पुष्पलाल कम्युनिस्ट आन्दोलनको एक हस्ती हुनुहुन्छ । अरू धेरै नेतामा जस्तो घामछाया उहाामा पाइादैन । नेपालको कम्युनिस्ट तथा प्रजातान्त्रिक आन्दोलनमा पुष्पलालको योगदान विशिष्ट छ । पुष्पलालले गरेको योगदानप्रति नेपालको कम्युनिस्ट आन्दोलन कृतज्ञ छ र रहिरहनेछ । पुष्पलाल कम्युनिस्ट आन्दोलनका साझा सम्पत्ति र एउटा साझा व्यक्तित्व हुनुहुन्छ ।’ स्वयं मदनले नै पुष्पलालको गुणगान गर्दै उनले पुर्याएको योगदानको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।
कम्युनिस्ट पार्टीभित्र लेनिनवादी संगठनात्मक पद्धति र जनवादी केन्द्रीयताको सिद्धान्त बिस्तारै कमजोर बनेको, कम्युनिस्ट आदर्श, त्याग, समर्पण र बलिदानको भावना भुत्ते बन्दै गएको, क्रान्तिकारी छवि कमजोर बनी पार्टी सुविधाभोगी दलदलमा फसी अगाडि बढ्न नसकेको अवस्थामा कम्युनिस्ट पार्टीलाई सही ढंगले अगाडि बढाउन उनी यसो भन्ने गर्थे– ‘कम्युनिस्ट भनाउादा व्यक्तिहरूको दल वा जमघट पार्टी होइन । पार्टी भन्नाले सैद्धान्तिक रूपले सबैभन्दा चेतनशील अगुवा दस्ता, अनुशासनबद्ध पंक्तिहरूको एउटा संयोजन हो ।’ यहीाअठोटका साथ कम्युनिस्ट पार्टीलाई नयाा ढंगबाट अगाडि बढाउन पुष्पलालले तेसो ऐतिहासिक सम्मेलन गरी नेपाली समाजको सही वर्ग–विश्लेषण गरेका थिए ।
सजीवताविनाको पार्टीका संरचनाहरू केवलअस्थिपन्जर मात्र हुन्, कम्युनिस्टहरूका लागि व्यक्ति प्रधान नभई नीतिप्रधान हुनुपर्छ । त्यसो हुन सक्यो भने मात्र जनतालाई जगाई क्रान्तिकारी परिवर्तनको कार्यनीति अगाड बढ्न सक्छ भन्ने पुष्पलालले पार्टीभित्र विभिन्न ढंगबाट छदमभेषी, षड्यन्त्रकारी, देशीविदेशी प्रतिक्रियावादी तत्त्वहरूको घूसपैठ हुन थालेपछि पार्टीलाई पुनर्ताजगी बनाउन पार्टीभित्रै अन्तरपार्टी संघर्ष चलाए भने बाहिर निरंकुशताको अन्त्यको महाअभियान चलाए । इतिहासको भौतिकवादी नियमअनुसार सत्यलाई एकदुई दिन, महिना वा वर्ष ढाक्न सकिन्छ, तर आखिरी सत्य सत्य नै हुन्छ । माक्र्सवाद गतिशील विज्ञान हो, यो आफ्नो देशकाल, परिस्थिति, सामाजिक बनोट, भूबनोट आदिको विश्लेषण गरेर लागू हुन्छ भन्ने मान्यता बोक्ने पुष्पलालले यही कुरा नेपालमा प्रयोग गर्न कोसिस गरे । यसरी प्रयोग गर्दा उनी कहिले कम्युनिस्ट आन्दोलनभित्रै र कहिले बाहिर विभिन्न ढंगबाट आरोपित पनि बन्न पुगे ।
प्रत्येक नयाा र क्रान्तिकारी विचारधाराको उत्पत्ति त्यस समयको समाजको आर्थिक परिस्थितिबाट पैदा हुन्छ । त्यसको आधार पहिलाका सबै विचारहरू र सिद्धान्तहरूको त्यस बखतसम्मको विकासमाआधारित हुन्छ भन्ने पुष्पलालले त्यतिबेला सानातिना गुटमा विभक्त भएका कम्युनिस्टहरूलाई एकताबद्ध बनाई पार्टीमा यान्त्रिक एकता होइन, सैद्धान्तिक, राजनीतिक र संगठनात्मक एकता चाहिन्छ, संगठनको आधार, जनवादी केन्द्रीयता हुनुपर्दछ, लेनिनवादी संगठनात्मक सिद्धान्तलाई कम्युनिस्ट कार्यकर्ताहरूले इमानदारीपूर्वक पालना गर्नुपर्छ भन्ने मान्यता पनिअगाडि सारे । राजनीतिमा स्थायी रूपबाट कुनै पनि शक्ति स्थायी शत्रु र मित्र हुन सक्दैन । आजको मित्रशक्ति भोलि शत्रु पनि हुन सक्छ, हिजोको शत्रु आज मित्रशक्ति पनि हुन सक्छ । यो सबै देशको राजनीतिक स्थिरतामा भर पर्ने कुरा हो । राजनीतिक परिस्थितिमा परिवर्तन आउनासाथै विभिन्न वर्ग र वर्गस्तरको आपसी सम्बन्धमा परिवर्तन देखिन थाल्दछ भन्ने पुष्पलालले अनेकौं जालझेल र षडयन्त्रलाई चिर्दै, अनेकौं भमपूर्ण झूटा प्रचारको खण्डन गर्दै कम्युनिस्ट पार्टीलाई जीवन्त बनाउने काम गरे । मुढेबल या छलकपटबाट क्रान्ति हुादैन भन्ने पुष्पलालले राजनीतिको व्यवहार क्षेत्र आफनै देश, जनता र समाजलाई बनाउादै त्यतिबेलाको समाजलाई अगाडि बढाउने सन्दर्भमा नेपाली समाजको सही ढंगले वर्ग विश्लेषण गरेका थिए । वर्गमुक्त समाजमा एक वर्गको आर्थिक, सामाजिक तथा सांस्कृतिक स्वार्थ अर्को वर्गसाग मेल खाादैन । समाजमा भिन्नभिन्न वर्गका बीचमा संघर्ष भइरहेको हुन्छ । यो संघर्ष व्यक्तिव्यक्तिको बीचमा नभई संगठित रूपले परस्पर विरोधी वर्गका बीचमा हुन्छ । वर्गयुक्त समाजमा वर्गस्वार्थको रक्षाका निम्ति कम्युनिस्ट पार्टी अनिवार्य छ र सोहीबमोजिम अगाडि बढ्नुपर्छ भन्नुहुने पुष्पलालले राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, स्वतन्त्रता र सार्वभौमसत्ताको निम्ति निरन्तर लडाइा लडिरहे र राष्ट्रिय स्वाधीनताको झन्डा बोकिरहे । कहिल्यै अवसरवादको प्रलोभनमा नपरी दृढतापूर्वक आफ्नो मुलुकको पक्षमाआवाज उठाउन पछि परेनन् । नयाा दिल्ली नेपालको राजनीतिक मामिलामा सधैं आफनो आधिपत्य जमाउन खोज्छ । नेपालमाअस्थिरता कायम राख्नु नै भारतको मुख्य स्वार्थ हो । तसर्थ, भारतीय विस्तारबादबाट हामी सधैं सतर्क रहनुपर्छ भन्ने पुष्पलालको यही राष्ट्रिय स्वाभिमानप्रतिको भावना बुझेर मोदनाथ पश्रित आफ्ना कविता यसरी प्रस्तुत गर्छन्–
विदेशीसित पसारी हात कति दिन मागिखाने ?
अब त चुप दुर्दशा हेरी बसे त
गाईखाने
यो देशका निमुखा हो…
पिटाइमा लुटाइमा थिचाइमा चुसाइमा
थिलोथिलो परेर पिल्सियौं युगौंयुगौं यहाा
ल उत्र युद्धभूमिमा मिलाऊ कााधकााधमा
यहाा छ गर्नु सिर्जना नहेपिने समाजको
(पचास रुपैयााको तमसुक, मोदनाथ प्रश्रित)
हो, उनले रोपेको कम्युनिस्ट आन्दोलनको बीउ आज कम्युनिस्ट आन्दोलनको प्रेरणाको सााच्चै नै स्रोत बनेको छ । उनले दिएको समाजको चरित्र चित्रण हाम्रो अग्रगतिको वाहक बनेको छ । त्यही उनले अगाडि सारेको मान्यतामा अडिग भई उनका योगदान र विचारलाई सिर्जनात्मक ढंगले प्रयोग गर्न सके मात्र सााचो अर्थमा पुष्पलाललाई सम्झनुको, स्मृति दिवस मनाउनुको सार्थकता रहन्छ ।
सम्बन्धित समाचार
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
-
साल फुलेर राजमार्ग सुगन्धित
-
यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
-
बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
-
फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
-
विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
-
भड्किलोपनको सिकार
-
नेपालका प्रथम ज्ञात कवि अनुपरम
-
कसले लिने तत्परता ?
-
बिक्री नै हो उत्कृष्टताको मापन ?
-
सीमित वृत्तभन्दा बाहिर
Leave a Reply