आजको लेखन : केही प्रश्न
भारतीय समाजमा संघर्षरत आदिवासी, जनजाति, भूमिहीन किसान एवं मजदुरको संघर्षशील जीवनगाथालाई आफ्नो लेखनको मूल विषय बनाउादै आएकी प्रख्यात बंगाली साहित्य सर्जक महाश्वेता देवी अब हामीबीच रहिनन् । सन् १९२६ मा ढाकाको एक शिक्षित परिवारमा जन्मिएकी उनले उपन्यास लेखनमार्फत भारतका सीमान्तकृत वर्गको आवाजलाई निरन्तर उठाउादै र प्रतिनिधित्व गर्दै आइन्, लामो समयदेखि । ‘हजार चौरासीवे की मां’ जस्ता नक्सलवाडी आन्दोलनको पृष्ठभूमिमा लेखिएको उनको उपन्यास कुनैबेला नेपाली पाठकमाझ अत्यन्तै लोकप्रियसमेत थियो ।
उनको लेखनलाई समाजमा व्याप्त शोषणविरुद्ध उब्जिएको विद्रोहको दस्तावेज मानिन्छ । तिनै सुप्रसिद्ध वामपन्थी लेखिकाले लेखनका सन्दर्भमा दशकपूर्व लेखेका यो रचना यस पटक प्रस्तुत गरिएको छ । ‘समकालीन लोकयुद्ध’ मा छापिएको उनको यही रचना राख्दै ती महान् लेखिकाप्रति हार्दिक श्रद्धा–सुमन ।
बंगाली मध्यम वर्गका लागि नक्सलवादी आन्दोलनको अर्थ हो, केवल शिक्षित युवा र बुद्धिजीवी वर्गले उक्त आन्दोलनमा भाग लिनु । यद्यपि, नक्सलवाडी आन्दोलन कुनै एक्लो घटना होइन । यो एउटा तर्कसंगत ऐतिहासिक घटना हो, जसको आफ्नै परम्परा रहेको छ । किसान र आदिवासी आन्दोलनले यसको आधार तयार गर्यो । स्वतन्त्र भारतमा कानुन र प्रजातन्त्रको नाममा भइरहेको अमानवीय शोषण र दमनको सीधा परिणाम यो आन्दोलन थियो । शिक्षित मध्यम वर्गको रुचि यदि जमिन र त्यससाग जोडिएका मानिसमा हुन्थ्यो भने उनीहरूले यस कटु सत्यलाई बुझ्दथे र तब उनीहरूले यसलाई व्यापक सन्दर्भमा देख्दथे । तर, त्यस्तो हुन सकेन । ती व्यक्ति, जो अखबार पढ्थे, त्यसमा जमिन र त्यससाग जोडिएका मानिसका बारेमा केही पनि लेखिएको हुादैनथ्यो, त्यसबारे उनीहरू कसरी जान्दथे र ?
नक्सली युवाप्रति बुद्धिजीविहरूको सहानुभूति–प्रतिक्रिया यस्तो थियो– ‘अरे । कस्तो आत्मबलिदान हो ? हामीले मान्नैपर्छ, नक्सली युवाले हामीलाई देखाइदिए कि, कसरी निर्भीकताका साथ मृत्युवरण गर्न सकिन्छ ?’ कतिपय त यति भावुक हुन पुगे कि यति भन्न पनि सकेनन् । मध्यम वर्गका बुद्धिजीवीले कतै पनि यस्तो केही बोल्ने र लेख्ने साहस गरेनन्, जसबाट सत्ताको कोप लिनु परोस् । केहीले अति नै उत्साहित गरे– ‘नक्सलवाडीहरूले क्रान्तिलाई हाम्रो ढोकैसम्म ल्याएर उभ्याइदियो ।’ यद्यपि, यस्तै कुरा बताएर रक्षात्मक तर्क राख्छन् । उनीहरूका तर्क जेसुकै होस्, माध्यम कुनै पनि होस्, क्रान्ति बजारमा बिक्ने खालको वस्तु थियो, अहिले पनि त्यस्तै छ । तिनीहरूले केवल सहरका नक्सलवाडीहरूलाई आफ्नो कथा, नाटक र फिल्ममा लिए । उनीहरूको वास्तविक भौमिकतालाई नबुझेर, तिनीहरूले रोमान्टिक र निरर्थकतामा साहसी देखाए । यो नक्सलवाडी चााडै मर्न तयार छ, वास्तवमा उनीहरूमा मृत्युको धुन सवार छ । यस किसिमका किताब र फिल्म मध्यम वर्गका पाठक र दर्शकका निम्ति थियो । अपेक्षित प्रतिक्रिया थियो– ‘उनीहरू, जो बााच्न समेत जान्दैनन्, हिंसात्मक राजनीतिमा विश्वास राख्छन्, अरूका जिन्दगी समृद्ध बनाउन कसरी लड्न सक्छन् ?’
यसरी मध्यम वर्गका लागि नक्सलवाडी आन्दोलन कलकत्ता र अन्य सहरसम्म सीमित रह्यो । ‘उनीहरू लड्छन्, जमेरै युद्ध गर्छन्, अरूलाई मार्छन् र आफैं पनि मर्छन् ।’ जेलमा भएका हत्याको यही नै कल्पना हुन्छ कि जेल सहरमा रहेका छन् । उनीहरू यही सोच्छन् कि आन्दोलन समाप्त भयो । किनकि, कुनै विस्फोटको आवाज आइरहेको छैन । उनीहरूका निम्ति गाउाको कुनै अस्तित्व छैन । उनीहरूका निम्ति त सबै थोक कलकत्ता र अन्य सहर हुन् । यद्यपि, तिभागा र तेलंगानाको महान् आन्दोलन हाम्रा धेरै लेखक र फिल्म निर्माताका जीवनकालमा भए तर उनीहरू यसबाट टाढै रहे ।
यस रक्तरञ्जित दशकको मूल कारण साना किसान, खेतीहर मजदुर, कमैया, आदिवासी र भोका नांगाहरूमाथि लज्जास्पद शोषण आज पनि जारी छ । शोषणको जरा भारतका नयाानयाा जमिनदारहरूको अधिकारमा रहेको छ, जसलाई राज्य र केन्द्रीय सरकारले सहयोग दिइरहेका छन् । यी जमिनदारहरूले सेना एवं प्रहरीबाट संरक्षण पाइरहेका छन् र लाइसेन्स र विनालाइसेन्सका हतियार राख्छन् । बंगाली फिल्ममा शोषणको जडलाई कहिल्यै बाहिर ल्याइादैन । पहिला त नक्सलीलाई केही समयसम्म देखाइन्छ, तर जब पुरै देखाइन्छ, त्यो पुरै सुन्दर युवा हुन्छ, जो आदर्शवादी धुनमा सम्भव नहुने सपनालाई सत्यमा बदल्ने प्रेरणाको आगोमा जल्न पुग्छन् । प्रायजसो नक्सलवाडी लुक्ने ठाउा खोज्दै जान्छन् र प्रहरीद्वारा मारिन्छन् । जब उनीहरू जंगलमा प्रहरीसाग युद्ध गर्छन्, उनीहरूसाग हामी कुनै ग्रामीण वा आदिवासी देख्दैनौं । तर, जंगलको संघर्षका प्रायश: उनीहरूलाई स्थानीय बासिन्दाको समर्थन प्राप्त भइरहेको हुन्छ । किसान तथा आदिवासी उनीहरूसागै लडेका थिए र मरेका थिए ।
म ती कला–रचनाको चर्चा गर्दछु, जो नयाा प्रतिभाका थिए । बंगाली साहित्यका हरेक जागरुक पाठक, पेसेवर लेखकहरूको सन् १९७०–७२ सम्मका तीन वर्षमा, संदिग्ध भूमिकाबारे जान्दछन्, जुन अवधिमा हरेक दिन कलकत्ता वा अन्य सहर पश्चिम बंगालमा मुर्दाघर बनेको थियो । सबै होइनन्, करिब–करिब सबै । म पटकपटक भनिरहन्छु, लेखकहरू यसरी तटस्थ बस्नु सबभन्दा ठूलो अपराध हो । लेखकहरू मौन रहे, जब सेना र सरकारद्वारा पालिएका गुन्डाहरूले कानुन र व्यवस्थाको नाममा पश्चिम बंगाललाई एउटा विशाल मुर्दाघरमा बदलिदियो । बिहार र आन्ध्रका खेत र जंगलमा संघर्ष बढिरहेको थियो, तर ती अरू नै राज्य थिए । सुरक्षित समय आउनेबित्तिकै नक्सलवादी प्रकरण साहित्यमा देखिन थाल्यो । धेरै लेखकले आफ्नो प्रतिक्रिया दिए । नेता र कार्यकर्ताहरू मारिए या जेलमा कोचे । लेखक अब स्वतन्त्रतापूर्वक लेख्न सक्थे र उनीहरूले लेखे पनि । बंगाली साहित्यमा प्रायजसो कट्टर आदर्शवादी देखिन्छन्, जो गलत राजनीतिले पदभ्रष्ट भए । उनीहरू विनाकारण मार्छन् र मर्छन् । केही प्रख्यात लेखकले जानेर नै उनीहरूलाई कलंकित गरे । त्यस समयका दौरान, केही अपेक्षतया कम चिनिएका युवा लेखकहरूले कथा, नाटक र कविता लेखे । सबै राम्रा रचना थिएनन्, तर त्यसले पेसेवर लेखकहरूलाई दुष्कर्मको प्रायश्चित भयो ।
नक्सलवाडी संघर्षको कारण ग्रामीण थियो वा सहरी ? जब दमन सुरु भयो, सहरका नेता बेपत्ता भए । मानिसहरू स्वयं अगाडि आए र संघर्षलाई जारी राखे । नेतृत्व उनीहरूकै बीचबाट तयार भयो । यो आन्दोलनलाई सम्पूर्ण रूपमा सहरी सन्दर्भमा देख्नु गलत हुन्छ । यो पहिलाजस्तै खेत र जंगलमा केन्द्रित संघर्ष हो । औद्योगिक क्षेत्रका मजदुर पनि गाउामा जीवनयापन गर्ने सबै साधन समाप्त भएपछि विवश भएर खानी र उद्योगहरूमा काम गर्न बाध्य हुन्छन् ।
अब म ती लेखकहरूका बारेमा केही बताउाछु, जो आन्दोलनसागै रहे र त्यसबारे लेख्न चाहन्छन् । म तिनीहरूले लेखेका हरेक रचना पढ्ने दाबी गर्दिना । तर, धेरै कथा र लघुउपन्यास पढेकी छु । मेरो विचारमा तिनीहरूको जिम्मेवारी धेरै छ– आन्दोलनको आधार स्थापित गर्न । अहिलेसम्म प्रकाशित साहित्यमा मैले प्रायजसो एकै किसिमको शैली देखेकी छु । एक वा त्योभन्दा धेरै युवा गाउामा जान्छन्, ब्याजखोर जोतदारका विरुद्ध गाउालेहरूसित मिलेर हतियारबन्द आक्रमण गर्छन् । जब प्रहरी आउाछन् त प्रतिरोध पनि गर्छन् । कयौंपटक गिरफ्तार हुन्छन् र कयौंपटक बााच्दछन र संघर्षलाई अगाडि बढाउाछन् । करिबकरिब सबै शिक्षित नक्सलवाडी चिनियाा स्वतन्त्रताको गीत गाउाछन् र माओत्से तुङको उदाहरण दिन्छन् । यी लेखकहरू इमानदार, सााचो र समर्पित लेखक हुन् र किसानहरूको क्रान्तिमा विश्वास गर्छन् ।
किसान र आदिवासीहरूले सशस्त्र संघर्षलाई जीवित राखे । उक्त साहित्यमा केन्द्रीय भूमिका उनीहरूलाई किन दिइएन ? कविता वा गीत चीनबाटै किन ? भारतका ग्रामीण जनताले ऐतिहासिक घटनाहरूलाई आफ्नो लोकगीतमा सञ्चित गरेका छन् र हाम्रा लोकगीत तथा आदिवासी गीत सुन्दर कविता पनि हुन् ।
उनीहरू यो संकटको समयमा के गरिरहेका छन् ? उनीहरू किन बिहार, आन्ध्र तथा अन्य स्थानमा चलिरहेको संघर्षका बारेमा पढ्ने र जानकारी लिने गर्दैनन् ? नक्सलवादी आन्दोलन करोडौं जनताको वास्तविक तथा ज्वलन्त समस्याको तर्कपूर्ण उपज थियो । के त्यो समस्या हल भइसक्यो ? वा, के ती लेखकहरू प्रसिद्ध शुतुरमुर्ग पन्छीको उदाहरण अनुकरण गरिरहेका छन् ?
आजका साहित्यको ठोस आधार हुनुपर्दछ । यसको आधार मजबुत हुनुपर्दछ । शोषण र उत्पीडनका प्रक्रियालाई नंग्याउनुपर्दछ । भारतको जटिल र अल्झिएको भूमिव्यवस्था, भूमिसुधार कानुनको भेषमा खेतीहर मजदुरमाथिको शोषण, जातीय उत्पीडन, वर्गीय तथा प्रशासनको वास्तविक अनुहार र किसान आन्दोलनको अवसरवादी वामपन्थीद्वारा नेतृत्व, यी सबै समस्या आजको साहित्यका आधार बन्न सक्छन् । सत्यलाई पटकपटक दोहोर्याउनु षड्यन्त्रकारीहरूसाग लड्ने एक मात्र तरिका हो ।
के यी लेखक सोच्छन् कि, संघर्ष समाप्त भयो, सहरका युवाहरूलाई अमानवीय यातना दिइयो, मारियो वा जेलमा बन्द गरियो ? अत्यन्तै विपरीत स्थितिमा पनि विश्वास बााधिएको छ कि, वास्तवमा संघर्ष कहिल्यै समाप्त हुादैन ।
ती युवा लेखक, पेसेवर लेखकको बेइमानी र पलायनवादिताको निन्दा गर्छन् । उनीहरू सही छन् । तर, म उनीहरूलाई बताउन चाहन्छु कि यो स्विकारिएको तथ्य हो, उनीहरूले यसमा बााधिने र सम्मिलित हुने इच्छा बिल्कुलै राख्न मिल्दैन । के तिमीहरूले त्यो काम गर्यौ, जुन गर्न सक्थ्यौ ? बिहारका जगदीश महतो, रामेश्वर अहिर र गम्भीरा, आन्ध्रका पञ्चाद्रि कृष्णामूर्ति र सुब्बाराव, पश्चिम बंगालका ग्रामीण र आदिवासी योद्धा तिम्रा कथा र उपन्यासको विषय बनेनन् ? दल्ली–राजहराको फलाम खानीको मजदुर संघर्ष, सागवान संघर्ष वा बाधुवा मजदुरको समस्या अथवा खेत मजदुर र बेरोजगारीहरूका समस्या, यी सबै जीवन्त सामग्री हुन् । यो मौन बस्ने समय होइन ।
सम्बन्धित समाचार
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
-
साल फुलेर राजमार्ग सुगन्धित
-
यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
-
बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
-
फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
-
विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
-
भड्किलोपनको सिकार
-
नेपालका प्रथम ज्ञात कवि अनुपरम
-
कसले लिने तत्परता ?
-
बिक्री नै हो उत्कृष्टताको मापन ?
-
सीमित वृत्तभन्दा बाहिर
Leave a Reply