साउने उत्सवको भित्री चुरो
केही दशकपूर्व पनि नेपाली समाजमा नारीहरूले आफ्नो धर्मप्रति आस्था, निष्ठा र समर्पणभाव दर्साउने कुरामा कुनै कमी आउन दिएका थिएनन् । अझ, हरेक साउन महिनामा त आफ्ना पतिको दीर्घायु र उन्नतिको कामनाका निम्ति हरेक सोमबारलाई चयन गर्थे र कतिपय नारीले त पानीसमेत नपिई कठोर व्रत बस्ने गर्दथे । तर, तत्कालीन समयमा आफ्ना महत्त्वपूर्ण कार्यलाई पन्छाएर भोकभोकै मन्दिर धाउने र हातभरि हरिया चुरा लगाएर पतिभक्ति र दीर्घायुको कामनामा तल्लीन हुने क्रम भने त्यति बाक्लो भने देखिादैनथ्यो ।
अहिले परिदृश्य बदलिएको छ । खासगरी सहरी क्षेत्रका नारीहरूमा साउन महिनाको प्रत्येक सोमबार पतिको स्वास्थ्य, उन्नति र प्रगतिको कामनामा खर्चिने संस्कृति/प्रवृत्ति बढ्दो छ । केही दिनअघिको सोमबार काठमाडौं उपत्यकाभित्रका शिवका मन्दिरहरूमा हरिया चुरा र सारीमा सजिने महिलाहरूको बढ्दो भीडले त्यही पक्षको पुष्टि गरेको छ, साउन महिनालाई अब नेपाली नारीहरूले एउटा धार्मिक उत्सवकै रूपमा क्रमश: ग्रहण गर्दै गइरहेका छन् । शिक्षित, अर्धशिक्षित, गृहिणी, कामकाजी सबै तह र तप्काका नारीहरूले साउने–उत्सवलाई उत्तिकै महत्त्व दिादै र अन्धाधुन्ध रूपले स्वीकार गर्दै आइरहेका छन् । आफ्ना पतिप्रतिको निष्ठा दर्साउन व्रत बस्ने र मन्दिरमा पूजा आराधना गर्ने कार्यलाई प्राथमिकताको उपल्लो सूचीमा आबद्ध तुल्याएको सहजै अनुमान लगाउन सकिन्छ ।
नेपाली समाज दिनानुदिन परिवर्तनको दिशातिर उन्मुख छ । पहिलाभन्दा धेरै नै गाढा एवं स्पष्ट रूपमा परिवर्तनका धर्साहरू कोरिादै गएका छन् । ज्ञान, विज्ञानको संसारमा आएको फराकिलोपन, सूचना क्रान्तिले ल्याएको छलाङ र हरेक क्षेत्रमा उन्नत प्रविधिहरूको विकास, विस्तार र त्यसको स्वच्छन्द उपयोगले समाजलाई आधुनिक चरणतिर लम्किन यथेष्ट सहयोग पुर्याइरहेको छ । मानौं, हामी बााचिरहेको समाजले आधुनिकतालाई सहज रूपमा ग्रहण गर्दै गइरहेको छ र आधुनिकताको गाढा प्रभाव महानगरदेखि सहरोन्मुख ग्रामीण बस्तीहरूमा तीव्र रूपमा पर्दै गइरहेको छ । तर, आधुनिकताले जतिसुकै सहरी सभ्यता र मानसिकतालाई आगालो हाले पनि रुढिग्रस्त सोच र चिन्तन भने दह्रैसाग जराकिलाहरू गाडेर बसिरहेको यथार्थलाई नजरअन्दाज गर्न भने सकिादैन । आफ्नो रुढीग्रस्त मानसिकताबाट उन्मुक्ति लिने प्रयत्न र अभियानमा समाज अझै क्रियाशील देखिएको छैन । विगतका तुलनामा नेपाली नारीहरूले ‘साउने–उत्सव’लाई अझ कसिलो ढंगले ग्रहण गर्दै गइरहेको पक्षलाई नियाल्ने हो भने धार्मिक आस्था, कट्टरता र रुढीवादले हामीबाट तत्काल बिदा लिने सम्भावना देखिादैन ।
आखिर महिलाहरूले साउन महिनामा व्रत बस्ने, मन्दिर धाउने मात्र होइन, सहरबजारतिरका केही पुरुषमा साउन बार्ने चलन केही वर्षयता घनीभूत हुादै गइरहेको छ । साउन बार्ने त्यस्ता पुरुषहरू त महिलाहरूले हप्तामा एक दिन बस्ने व्रतभन्दा पनि कठोर व्रत बार्न तल्लीन रहन्छन् । खासगरी, पुरुषहरूले साउन महिनामा केही चिजहरूका सेवनमा स्वप्रतिबन्ध लगाउने गरेका छन् । त्यसमा सहरी सभ्यता र संस्कृतिकै एउटा अंगका रूपमा स्थापित भइसकेको जााड, रक्सी र माछा र मासुजस्ता मादक र मासुजन्य पदार्थहरू रहेका छन् । वर्षका अरू महिनाका सााझमा रमझममा व्यस्त हुनेहरूले साउन महिनामा भने ती चिजहरूप्रति आाखा नै लगाउन चाहादैनन् । तर, साउनको अन्त्य हुनेबित्तिकै भने उनी पुरानै बानी, प्रवृत्ति र रमझमको संसारमा फर्किन्छन्, साउन बार्ने पुरुषहरू । यस्तो प्रवृत्ति सहरका मध्यम वर्गमा एउटा फेसनकै रूपमा चम्किएको छ अचेल ।
आखिर नेपाली नारीहरूलाई साउन महिनामा नै विशेष–विशेष मन्दिर धाई पूजाआराधना गर्नुपर्ने, कठोर व्रत बस्नुपर्ने र हरिया चुराहरूले सजिनुपर्ने के त्यस्तो अनिवार्यता छ ? के त्यस्तो बाध्यता रहेको छ ? यसमा कुनै तर्कसम्मत वैज्ञानिक कारण फेला पर्दैन । हरिया चुरा लगाउादैमा र हरेक सोमबार पतिको नाममा व्रत बस्दैमा पतिको दीर्घायु हुनेमा कुनै त्यस्तो वैज्ञानिक कारण फेला पर्दैन । धार्मिक आस्था र रुढीबाहेक यसमा अरू कुनै कारण झुन्डिएको पाइादैन । नितान्त धार्मिक भावनाले नै यी पक्षहरूमा भूमिका खेलेको कुरालाई नकार्न सकिने ठाउा देखिादैन ।
यसरी नै सहरका मध्यम वर्गका पुरुषहरूमा साउन बार्ने कुराको पछाडि पनि कुनै वैज्ञानिक कारण र तर्क देखिादैन । हो, वर्षमा एक महिना शरीरलाई मदिरा र मासुमुक्त तुल्याउने हो भने त्यसले स्वास्थ्यमा केही सुधार अवश्य नै ल्याउला । निरन्तरको मदिरा र मासुजन्य पदार्थहरूको सेवनलाई एउटा साउन महिनाले कुनै स्वास्थ्यगत प्रभाव त पार्ला । तर, साउन महिनामा नै यी चिजहरूलाई वर्जित गर्दा त्यसले तात्त्विक रूपमा मानव स्वास्थ्यलाई फाइदा पुर्याउाछ भन्ने कुनै त्यस्तो वैज्ञानिक कारण देखिादैन । अझ एक महिना कठोर रूपमा बार्ने र अरू ११ महिनाचाहिा त्यही चिजहरूभन्दा संसारमा अरू केही छैन भन्दै डुब्ने हो भने त्यसले केही अर्थ राख्लाजस्तो देखिादैन ।
साउन किन यस्तो महिना बन्न पुग्यो ? हिन्दु धर्मप्रति आस्थावान् महिलाहरूले यही महिनालाई नै धर्मकर्ममा निर्लिप्त तुल्याउने र पुरुषहरूले पनि केही चिजहरूमा वर्जना दर्साउने कार्य किन साउन महिनामा नै हुन पुग्यो ? यसको कुनै कारण त देखिादैन । तथापि, समाजमा आधुनिकीकरणका हावा जति बेजोडले चल्दै गइरहेको छ, तर नेपाली समाजमा भने विगतमा भन्दा झनै रुढिग्रस्तताले स्थान जमाउादै गइरहेको तथ्यलाई भुल्न सकिादैन । यसले नेपाली समाजलाई वैज्ञानिक दिशातिर होइन, धार्मिक भावना, आस्था, रूढिग्रस्त मानसिकतातिर उन्मुख हुन सघाउ पुर्याइरहेको स्वत: अनुमान लगाउन सकिन्छ ।
सम्बन्धित समाचार
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
-
साल फुलेर राजमार्ग सुगन्धित
-
यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
-
बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
-
फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
-
विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
-
भड्किलोपनको सिकार
-
नेपालका प्रथम ज्ञात कवि अनुपरम
-
कसले लिने तत्परता ?
-
बिक्री नै हो उत्कृष्टताको मापन ?
-
सीमित वृत्तभन्दा बाहिर
Leave a Reply