केही बर्षभित्रै कफी आयात प्रतिस्थापन हुन्छ
० बोर्डमा कार्यकारी निर्देशक भएर आएपछि के के काम गर्नुभयो ?
– यो बोर्ड २०५० सालमा स्थापना भयो । त्यसपछि ०५४ एउटा सानो विज्ञापनबाट केही जनशक्ति राख्ने काम भएको रहेछ । त्यसयता विज्ञापन नै नभएको रहेछ । जसका कारण दक्ष कर्मचारीहरु राखेर काम गर्ने गराउने अवस्था अघि बढेको पाइएन । म यहाा कार्यकारी निर्देशक हुन अगाडि बोर्ड सदस्य पनि रहेको थिाए । त्यसैले यो पक्षलाई पहिलेदेखि नै अलि बढी ध्यान दिएको थिाए । म आइसकेपछि पहिलो काम नै लोकसेवा आयोगलाई संलग्न गरेर पदपूर्ती अघि बढााए । यो बोर्डलाई अलि बलियो बनाएर काम गर्नका लागि यसलाई बलियो हतियारका रुपमा अघि बढाउनका लागि जनशक्ति दक्ष र पर्याप्त चाहिने हुन्छ । त्यसको कार्ययोजना बनाएर बोर्डबाट पास गराएर करिव ४० वटासिटमा विज्ञापन गराए । चिया र कफीको क्षेत्रमा जे गर्नुपर्ने हो त्यो काममा हामी दत्तचित्त भएर लागेका छौं । यसको साथै चिया र कफीको क्षेत्रमा जे गर्नुपर्ने हो, यसको उत्पादन, प्रशोधन, यसको विश्व बजार विस्तार लगायतका जे जिम्मा बोर्डले पाएको छ, यो काम सम्पादन गर्नका निम्ति एउटा योग्य जनशक्ति चाहिएको थियो । त्यो काम मैले एक वर्षभित्र पुरा गरें ।
० कर्मचारी भर्ना बाहेक अन्य ?
– हाम्रो देशमा जुन हामीले खाने चिया र कफी हो, यो कुन स्ट्याण्डर्डको हुनुपर्ने अथवा विश्व बजारमा पठाउन लायक नेपालीहरुले पनि स्वस्थकार छ की छैन, पिउनका लागि कस्तो हुनुपर्ने भन्ने स्ट्याण्डर्ड बनाउने क्रममा छौं र अहिले कफीको स्ट्याण्डड बन्दैछ र चियाको पनि लगत्तै बनाउादैछौं । त्यसले गर्दा उत्पादन, प्रशोधन र मार्केटिङ गर्नेले के के मापदण्डहरु पुरा गर्यो भने त्यो चिया वा कफी क्वालिटीको हुन सक्छ भन्ने विषय ज्यादै महत्वपूर्ण विषय थियो । यो बनेको थिएन । अहिले त्यो काम भइरहेको छ ।
नेपालमा चियाको उत्पादन कफीको भन्दा धेरै राम्रो छ । हामी चियामा पूर्णरुपमा आत्मनिर्भर छौं । आत्मनिर्भर मात्र होइन कि हामीले चिया विदेशमा निक्कै निर्यात गछौं । गत वर्षकै तथ्याङ अनुसा हामीले ५ अर्बको चिया हामीले निर्यात गरेको देखिन्छ । तर कफीको चााही माग विदेशमा निक्कै धेरै छ । नेपालको कफी अहिले सरदर ८ डलरमा विक्री हुन्छ । यस्तो राम्रो उत्पादनलाई हामीले अलि वृद्धि गरेर विश्वबजारमा पठाउन सक्यौं भने देशको आयत प्रतिश्थापन गर्न सकिन्छ । हामी कफिमा पनि पूर्ण रुपमा आत्मनिर्भर हुन सक्छौं । त्यो हिसाबले मैले गतवर्षलाई कफी नर्सरी वर्षको रुपमा घोषणा गराए । त्यसपछि गुणस्तरीय बिउहरु, नर्सरी तालिमको व्यवस्थापन गरेर चालु वर्षका निम्ति १० लाख प्रति विरुवा यो एक वर्षको बीचमा गरिएको छ । यी विशेष महत्वका छन् । यसबाहेक यहााका प्रशासनिक सुधारका कुराहरु, बोर्डलाई स्यायत्त बोर्डको रुपमा पहिचान गर्ने कुराहरु भएका नै छन् ।
० उत्पादनमा बढोत्तरी गर्न नयाा संभावना र नयाा ठाउहरु अध्ययनहरु पनि भएको छ की ?
– पर्याप्त रुपमा भएको छ । अहिले हामीले ४० वटा जिल्लामा कफी उत्पादन गरिरहेका छौं । त्यसमध्ये २३ जिल्लाहरुमा व्यवसायिक ढंगले नै भएको छ । यसको विस्तार थप जिल्लाहरुमा यसवर्ष पनि गर्यौं र आगामी वर्षमा पनि गर्ने योजना छ । त्यसको संभाव्यता अध्ययनपनि भएको छ । त्यस्तै चियाको निम्ति तत्कालिन राज बिरेन्द्रले घोषणा गरेको इलाम, झापा, पााचथर, तेह्रथम र धनकुटा बाहेक अहिले भोजपुर, संखुवासभा, सिन्धुपाल्चोक, ललितपुर, कास्की लगायतका जिल्लाहरुमा पनि चियाको विस्तार भएको छ । यसका विकासका लागि जमिन र भौगोलिक बनावट भएकाले हामी त्यो विस्तार गर्ने अभियानमा नै छौं ।
० यस क्षेत्रका प्रमुख चुनौतीहरु के के हुन् ?
– कफिमा उत्पादन नै बढाउनुपर्ने चुनौती हामीलाई छ । अहिलेसम्म हामीले कफी अर्गानिकक पद्धतीबाट नै उत्पादन गर्ने गरेका छौं । सेतो गबारो भन्ने रोगले सताउने गरेको छ । विषादीहरु प्रयोग गर्न नपाएकाले यसमा लाग्ने रोग किराले जुन संक्रमण गरिरहेका छन्, यसलाई न्युनीकरण गर्नका लागि त्यो ढंगको अनुसन्धान हामीमा कम छ । हुनत अहिले नार्कले केही गरेको छ । अहिले गुल्मीमा कफी अनुसन्धान कार्यक्रम अन्तर्गत केन्द्र नै स्थापना गरेको छ । पछिल्लो लर्टमा लिफ रस्ट भन्ने एउटा रोग लागेको छ । यसविरुद्ध नियन्त्रणको प्रयाश जारी छ ।
० बोर्डले पर्याप्त बजेट पाइरहेको छ की छैन ?
– नेपाल सरकारले धेरै क्षेत्रमा बजेट छुट्याइएको छ । हरेक स्थानमा बजेट खर्च नै हुन नसक्ने अवस्था छ । त्यो हुनाले हामीले अहिले खर्च गर्न सक्ने आधार पनि देखाउनुपर्ने हुन्छ । पहिले हामीले बोर्डलाई बलियो र भरपर्दो देखाउनुपर्यो । हामीले ठूला ठूला कामहरु गर्न सक्ने त्यो खालको क्षमताविकास गर्न सकियो भने अहिलेको नेपालमा बजेटको अभाव पक्कै हुादैन ।
० बोर्ड लगायत यस्ता रानीतिक नियुत्तिको ठााउमा आउने गाडी चढ्ने, तलव भत्ता खाने जाने प्रचलन थियो, यसबाहेक यो यो गर्छु कार्यकालमा भन्ने तपााइको योजना के के छ ?
– विगतका बोर्ड र संस्थानप्रति मान्छेको हेर्ने दृष्टिकोण नै सकारात्मक छैन । कतिपय संस्थानहरु त विघटन नै भए । अहिले पनि भएका निकायमा राजनीतिक नियुक्ति हुने, हस्तक्षेप चल्ने, भर्तिकेन्द्र हुने गर्दा व्यापक आलोचना भएको हो । ति केन्द्रहरुले त्यसको उद्देश्यपूर्ती भन्दा पनि राजनीतिमा रुमल्लीने कारणले समस्या पारेको हो । अब त्यो ढंगले चल्दैन । अहिलेको नयाा संविधान जुन जारी भएको छ यसले कुनैपनि बोर्डहरुमा कर्मचारीहरु भर्ना गर्दा लोकसेवा आयोगलाई संलग्न गराउनुपर्ने निर्दिश्ट व्यवस्था गरेको छ । यसले भर्तिकेन्द्र बन्ने कुरा खण्डीत गर्छ । पछिल्ला समय जहाा जहाा आयोगको स)लग्नता छ, त्यहाा विगतमा जस्तो भर्तिकेन्द्रका रुपमा बोर्ड तथा संस्थानहरुलाई लिइने गरिदैन । सुरुमा मैले एकढंगले विज्ञापन गर्दा सुरुमा एकखालको अशंका गरेका थिए । तर आयोगबाटै दुधको दुध, पानीको पानी निश्पक्ष भएर जसरी काम भयो त्यसपछि आयोग संलग्न भएको स्थानमा विश्वसनियता हुादो रहेछ भन्ने छाप परेको छ । जहाा चियाको बजार र विस्तारगर्नका लागि अक्सन सेन्टर स्थापना गर्ने अभियानमा छौं । जसले चियाको गुणस्तरलाई कायम गर्ने कुरामा ध्यान पुर्याउछौं । त्यसले गर्दा अन्तराष्ट्रिय स्तरमा नेपाली ब्राण्डलाई स्थापना गर्न सकिन्छ । त्यसपछि हरियो पत्तिको मूल्य निर्धारणमा किसान र उद्योगपतीबीचमा सधैभरी झै झगडा उठीरहन्छन् । यि कुराको निदान गर्नका निम्ती पनि अक्सन सेन्टर चाहिन्छ । बेलायतीहरुले भारतमा धेरै अगाडी स्थापना गरिदिएको हो । उनीहरुले यो वैज्ञानीक पद्धती अवलम्वन गरेकाले भारतमा यसको विकास पनि पर्याप्त भएको छ । संसारका धेरैहरु मध्ये चिया उत्पादन गर्ने देशमा भारत अब्बलमा पर्छ । यसका लागि राज्यले विभिन्न तौर तरीकाहरु र व्यवस्थापन गरिदियो भने निजी क्षेत्रले नै उत्पादन, प्रशोधन र बजारको क्षेत्रमा ठूलो भूमिका खेल्न सक्छन् । अहिले पनि नेपालमा विदेशबाट जुन कफी आउने गर्छ, हामीले हाम्रै देशमा उत्पादन गरेको कफी खाने बानी बसाल्नु पर्छ । तर त्यसको लागि हामीले उपलव्धता गराउन सक्यौं भने हामीले विदेशमा जाने पैसा रोक्न सक्छौं । यसको विकासले आयात प्रतिश्थापनमा ठूलो भूमिका निर्वाह गर्न सक्छौं । मैले जागीर खाने र गाडी चढ्ने मात्र होइन की यस क्षेत्रमा आक्रामक ढंगले काम गर्नुपर्छ भन्ने सोच राखेर अघि बढीरहेको छु । यसले केही राम्रो परिणाम पनि दिइरहेको छ ।
० कृषि मन्त्री पनि फेरीएको अवस्था छ, कत्तिको समन्वयात्मक ढंगले काम भइरहेको छ ?
– पर्याप्त समन्वय भइरहेको छ । विगतमा पनि रामै समन्वय थियो । यो बोर्डको अध्यक्ष मन्त्री नै हुने प्रावधान छ । कृषि मन्त्रालय हाम्रो तालुक मन्त्रालय हो । नवनियुक्त मन्त्रीज्यू पनि हाम्रो कार्यालय अनुगमनका लागि आउनुभयो । उहाालाई हामीले स्वागत गरिसक्यौं । समीक्षा बैठक समेत भयो । अहिलेसम्मका सबै कृषि मन्त्रीज्यूहरुबाट मैले राम्रो सहयोग पनि पाएको छु ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- प्रधानमन्त्रीले आज निजी क्षेत्रसँग छलफल गर्दै
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- दसैँका लागि आजदेखि नयाँ नोट सटही
- आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन
- बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य
- चार जलविद्युत् आयोजनाका लागि ३६ अर्ब ३७ करोड लगानी स्वीकृत
- नेपालको बिजुली बङ्गलादेश बिक्रीका लागि सहमति, पहिलो चरणमा ४० मेगावाट जाने
- डिजेल र पेट्रोलको मूल्य बढ्यो, ग्यासको घट्यो
- मौद्रिक नीति : बैंकदर यथावत्, नीतिगत दरमा सामान्य लचकता
Leave a Reply