तीन कृति विमोचित
काठमाडौं । स्रष्टा यज्ञराज ज्ञवालीद्वारा लिखित तीन कृति सार्वजनिक भएका छन् । ऋषि तर्पणी तथा रक्षाबन्धनको अवसरमा बिहीबार राजधानीको प्रज्ञा भवन कमलादीमा वरिष्ठ संस्कृतविद् तथा शताब्दीपुरुष सत्यमोहन जोशीले एक समारोहबीच ती कृतिहरूको विमोचन गरे ।
स्रष्टा ज्ञवालीद्वारा लिखित कृति देवदर्शन, हाम्रो धार्मिक आस्था र प्रतिविम्ब नामक कृति दायित्व वाङ्मय प्रतिष्ठानले प्रकाशन गरेको हो । विमोचन समारोहमा वरिष्ठ संस्कृतविद तथा शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली धर्म, संस्कृति र परम्पराहरूको संरक्षण वर्तमान नेपालको पछमुख चुनौती बनेको धारणा राख्दै स्रष्टा ज्ञवालीद्वारा लिखित कृतिहरूले नेपाली धर्म संस्कृति र परम्पराहरूको रक्षागर्न आम पाठकहरूलाई अभिप्ेररित गर्ने बताए ।
विमोचित पहिलो प्रकाशन ‘देवदर्शनमा’ तीर्थ के हो ? तीर्थहरूको उत्पति किन र कसरी भयो ? तीर्थ जानु किन पर्छ ? तीर्थमा गएर गरिने कर्महरू के के हुन् ? यी कर्म गर्ने विधि के हो ? यस्ता तीर्थहरू नेपालमा कहाा–कहाा के–कस्ता छन् र भारतमा कहााकहाा के–कस्ता तीर्थहरू छन् ? गंगा स्नानको महत्त्व किन छ ? धार्मिक महत्त्व बोकेका पवित्र गंगाहरू कुनकुन हुन् ? अरूको भन्दा यी गंगाहरूको फरक विशेषता कसरी भयो ? भन्ने विषयहरू समेटिएका छन् । देवदर्शनमा पुस्तकको समीक्षा गर्दै प्रा.डा. दुर्गाप्रसाद अर्यालले प्रकाशित कृतिहरूले नेपाली साहित्य क्षेत्रलाई ठूलो गुण लगाएको बताए ।
दोस्रो कृति ‘हाम्रो धार्मिक आस्था’मा धर्मबारे बढी केन्द्रित रहेको छ । उक्त कृतिमा ईश्वर केहो ? धर्म के हो ? प्रकृति के हो ? यो ब्रह्माण्डको उत्पत्ति कसरी भयो ? हिन्दु धर्मले व्याख्या गरेका ३३ कोटि देवता भनेका के हुन् ? पूजाआजा भनेको के हो ? जस्ता कुराहरू उल्लेख गरिएको छ । कृतिको समीक्षा गर्दै नेपाल संस्कृत विश्व विद्यालय सेवा आयोगका प्रा.डा. वेणी मााधव ढकालले समाजको सबै वर्गका लागि उपयोगी हुने समयसापेक्ष कृतिहरूको रचना गरेर लेखक ज्ञवालीले नेपाली साहित्य जगत्का लागि नवीनतम कार्य गरेको चर्चा गरे ।
तेस्रो कृति ‘प्रतिविम्ब’मा अधिकारको कुरा गर्नेहरूले पहिला आफ्नो पदिय दायित्व पूरा गर्नुपर्नेमा जोड दिइएको छ । अधिकारको कुरा उठाउने मानिस ठूलो व्यक्ति बन्ने सपना देख्नुभन्दा पहिला चरित्रवान् र आदर्शवान् व्यक्ति बन्ने कोसिस गर्नुपर्ने, असल चरित्र भएका व्यक्तिले मात्र कर्तव्यको ख्याल गरेको हुन्छ भन्ने उल्लेख गर्दै आदर्श व्यक्तिलाई हक र अधिकारको पछि दौडिनुनपर्ने बरु हकअधिकार आदर्श व्यक्तिका पछि आफैं दौडेर आउाछन् भन्ने कुरा पुस्तकमा गहकिलो र सरल शैलीमा वर्णन गरिएको छ । कृतिको समीक्षा गर्दै डा. भागवत ढकालले विमोचित कृतिले आधुनिकतातर्फ उन्मुख नेपाली समाजलाई सही गन्तव्य पहिल्याउादै समाज निर्माणमा योगदान दिने विश्वास व्यक्त गरे ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply