खादाले पु¥यायो के बाधा ?
केही दशकयता कुनै राजनीतिक, सामाजिक वा सांस्कृतिक समारोह र पर्वहरूमा पाहुनालाई आतिथ्य, सत्कार र सम्मान अर्पण गर्दा खादा ओढाउने चलनले व्यापकता पाउ“दै आएको छ । त्यति मात्र होइन, कुनै व्यक्तिले कुनै क्षेत्रमा सफलता पाउ“दा, पुरस्कृत हु“दा वा स्कुल÷कलेजका विद्यार्थीहरूले उच्च प्राप्तांक ल्याएर उत्कृष्टता हासिल गर्दा पनि आफन्त र शुभेच्छुकहरूले खादा ओढाएर सम्मान गर्ने क्रम पनि बढ्दो छ । दशकअघिसम्म सिंगो नेपाली समाज र सांस्कृतिक माहोलबीच कुनै उपस्थिति नदेखिएको ‘खादा–संस्कृति’ले अहिले किन व्यापकता पाउन सक्यो ? हिमाल, पहाड र तराईजस्ता जुनसुकै भेगका राजनीतिक, सामाजिक, सांस्कृतिक जमघटहरूमा खादा ओढाउने चलनले एकछत्र राज कायम गरेपछि यतिबेला यस्तो प्रश्नको जन्म हुनु स्वाभाविक बनेको छ ।
अझ, केही महिनापूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले खादामाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि खादा–संस्कृतिको बहसको केन्द्रमा मात्र प्रकट भएन, नेपाली संस्कृतिमा खादाले अकल्पनीय रूपमा जमाउ“दै गएको स्थान र प्रभुत्वको स्पष्ट तस्बिरसमेत सतहमा आएको थियो । एउटा मन्त्रालयबाट भएको त्यस्तो निर्णयलाई कतिपय निकायले कार्यान्वयन गर्ने तहसम्मै तत्परता पनि देखाएको थियो । पश्चिमको सुन्दर र मनमोहक पहाडी नगरी बन्दीपुरमा हुने कुनै पनि सभा–समारोहमा खादा ओढ्ने र ओढाउन नपाइने निर्णय नै गरिएको थियो । बन्दीपुरमा नगरपालिकाको पहलमा भएको त्यस्तो निर्णयप्रति स्थानीय सबै राजनीतिक दलले सहमतिसमेत प्रकट गरेको थियो । मन्त्रालयको तहबाट भएको निर्णयलाई स्थानीय तहसम्मै कार्यान्वयन गर्ने तत्परता देखिएपछि खासगरी खादा–संस्कृतिलाई अपनाउने समुदायले भने प्रतिबन्धको औचित्यप्रति चासो र चिन्ता प्रकट गरेको थियो ।
खादा–संस्कृतिलाई वर्षौंदेखि अंगीकार गर्दै आएका जाति र समुदायले खादामाथि प्रतिबन्धको औचित्य खोज्न थालेपछि नवनियुक्त संस्कृति मन्त्री जीवनबहादुर शाहीले प्रतिबन्ध फुकुवा गर्ने टुंगो गरेका थिए । खादामाथि प्रतिबन्ध लगाउ“दा जातीय द्वन्द्व र विभेदको सूत्रपात हुन सक्ने अड्कल लगाउ“दै मन्त्री स्वयंले प्रतिबन्ध तोडेका थिए । तर, संस्कृति मन्त्रालयले भने खादा किन्दा नेपाली पैसा बिदेसिने भएको हु“दा प्रतिबन्ध लगाउनुपर्ने निर्णय गरेको थियो । अहिले खादा मुद्दा कुनै ठूलो राष्ट्रिय मुद्दाको स्वरूप नलिईकनै साम्य भएको छ । तर, केही प्रश्न भने यथावत नै छन् ।
खादा–संस्कृति बौद्ध धर्म र संस्कृति मान्नेहरूका एक अभिन्न हिस्सा हो । हिमाली भेगमा बौद्ध धर्म मान्ने जाति र समुदायबीच खादा ओढाउने चलन परापूर्वकालदेखि नै रह“दै आएकोमा द्विविधा देखि“दैन । र, हिमाली भेगका शेर्पा, तामाङलगायत अरू जनजातिहरूले आफू जुन स्थानमा पुगे पनि कुनै पनि सांस्कृतिक जमघटहरूमा खादालाई पछ्याउ“छन् । बौद्ध धर्म र संस्कृति मान्नेहरूबीच लोकप्रिय खादा–संस्कृतिको एकाध दशकअघि हिन्दु समाज र संस्कृतिमा कुनै भाउ थिएन । हिन्दुहरूले आफ्ना हरेक सामाजिक, सांस्कृतिक, धार्मिक कार्यहरूमा फूलको मालालाई नै स्थान दि“दै आएको विदितै छ । फूलको मालाको विकल्प हिन्दु संस्कृतिमा देखि“दैन पनि । हरेक पर्व र उत्सवहरूमा बेग्लाबेग्लै किसिमका फूलका माला लगाइने प्रचलन हिन्दु संस्कृति मान्नेहरूबीच अद्यापि जारी छ ।
तर, केही दशकयता हिन्दुका होस् वा गैरहिन्दुका नै किन नहोस्, कुनै पनि राजनीतिक, सामाजिक, सांस्कृतिक माहोल र उत्सवहरूमा खादा लगाइदिने चलनले प्रथम स्थान हासिल गरेको छ । पछिल्लो समय, प्रधानमन्त्रीमा पुष्पकमल दाहाल नियुक्त भएपछि उनलाई बधाई दिन जानेहरूले रंगीबिरंगी खादा बोकेर गएका दृश्यले नै खादाको सर्वव्यापकताबारे सहजै अनुमान लगाउन सकिन्छ । खादाले राज्यको माथिल्लो तहसम्मै प्रभुत्व जमाइसकेको पुष्टि पनि हो यो । यथार्थतः खादाले फूलको मालालाई क्रमशः विस्थापित गर्दै छ र खादा–संस्कृतिले नेपाली समाजमा गहिरो स्थान जमाउ“दै गइरहेको छ । तसर्थ, खादाको बढ्दो प्रयोगले विदेशबाट आउने यो वस्त्रमा नेपाली पैसा अपत्यारिलो रूपले खर्च भइरहेको र नेपाली पैसा बिदेसिइरहेको यथार्थलाई नकार्न सकि“दैन । तर, खादाको विकल्प के हुन सक्छ ? विकल्पै नदिईकन प्रतिबन्ध लगाउने कुरा त्यति व्यावहारिक भने देखि“दैन ।
हठात् रूपले खादामाथि प्रतिबन्ध लगाउने टुंगो गर्दा केही कुरा भने सोच्नुपथ्र्यो, एउटा धर्मावलम्बी, जातीय र सांस्कृतिक समुदायमा प्रचलित खादाले किन अरू धर्म, संस्कृति मान्नेहरूबीच लोकप्रियता पाउन सफल भयो ? निश्चय नै त्यसमा मुख्यतः तीन वटा पक्षले अहम् भूमिका खेलेको मान्न सकिन्छ । एक त खादा सहज रूपमा उपलब्ध हुन सक्छ । सहर–बजारका प्रत्येक पसलहरूमा खादा सजिलै किन्न सकिन्छ । तर, फूलको माला भने त्यति सहज रूपमा पाइ“दैनन् । दोस्रो, आर्थिक भार कम पर्ने कारण पनि खादाप्रति उपभोक्ताको रुचि बढेको पाइन्छ । एउटा फूलको माला खरिद गर्दा जति खर्च हुन्छ, त्यसको तुलनामा खादा कमै मूल्यमा खरिद गर्न सकिन्छ । तेस्रो पक्ष के हो भने फूलको माला केही दिनपछि नै ओइलाएर, सुकेर जान्छ, तर खादा भने वर्षौंसम्म रहन्छ । यस्तै, व्यावहारिक र मितव्ययी पक्षहरूका कारणले गर्दा खादाको प्रयोग बढ्न पुगेकोमा कुनै सन्देह देखि“दैन ।
अर्कोतिर खादाको बढ्दो प्रयोगले नेपाली पैसा बिदेसिइरहेको जुन तर्क राखेर प्रतिबन्ध लगाउने कार्य गरिएको थियो, त्यस्तो तर्कको पछाडि राष्ट्रवादी स्वर र अडान अन्तर्निहित देखिए पनि सारमा भने त्यस्तो आभास हु“दैन । एउटा खादामाथि प्रतिबन्ध लगाउ“दैमा नेपाली रकमको थुप्रो स्वदेशमै लाग्ने देखि“दैन । किनकि, जबसम्म कपडा उत्पादनमा स्वदेश आत्मनिर्भर बन्न सक्दैन, तबसम्म यस्ता तर्क गर्नुको कुनै तुक देखि“दैन । तसर्थ, अहिले खादामाथिको प्रतिबन्ध हटाए पनि यो विषयलाई अनावश्यक रूपमा उछाल्न खोज्नु पक्कै पनि दुर्भाग्यपूर्ण र दुःखद पक्ष हो ।
सम्बन्धित समाचार
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
-
साल फुलेर राजमार्ग सुगन्धित
-
यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
-
बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
-
फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
-
विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
-
भड्किलोपनको सिकार
-
नेपालका प्रथम ज्ञात कवि अनुपरम
-
कसले लिने तत्परता ?
-
बिक्री नै हो उत्कृष्टताको मापन ?
-
सीमित वृत्तभन्दा बाहिर
Leave a Reply