सिर्जना र संयोग
जेके रोलिङ । आखिर, यो नामसँग को चाहिँ परिचित नहोलान् र ? विश्वका हरेक कुनाका बालबालिकाकी प्रिय लेखिका हुन्, रोलिङ । जसले बाल मस्तिष्कलाई उद्वेलित तुल्याउने ह्यारी पोट्टरजस्ता पात्रको परिकल्पना गरिन् र त्यसलाई आख्यानको रूप दिइन् । रोलिङले लेखेकी शृंखलाबद्ध ह्यारी पोट्टर संसारकै सर्वाधिक बिक्री हुने किताबको सूचीमा आबद्ध छ, करिब दुई दशकयता ।
ह्यारी पोट्टर एउटा यस्तो बिक्रीयोग्य लोकप्रिय पुस्तक बन्न पुग्यो, विगत दुई दशकयता त्यो पुस्तकलाई उछिन्ने अर्को बाल साहित्य विश्व बजारमा देखा परेको छैन । ह्यारी पोट्टरको एक दशकअघि प्रकाशित सातौं शृंखलाले एउटा यस्तो इतिहास रच्यो, जुन पुस्तक अमेरिकामा एक घण्टामै ३० लाख प्रति बिक्री भयो । आखिर, सर्वप्रिय उक्त पुस्तकको पात्र कसरी जन्मिन पुगेको थियो त ?
ह्यारी पोट्टरजस्ता विश्वका बाल संसारलाई नै रिंग्याउने पात्रको जन्म त्यतिबेला भएको थियो, जतिबेला लेखिका रोलिङ रेल यात्रामा निमग्न थिइन् । रोलिङले आफूलाई बेस्टसेलर लेखिकाका रूपमा उभ्याउने ती पात्रको जन्मपात्र उतार्दै भनेकी छन्, ‘म म्यानचेस्टर र लन्डनबीच रेलको यात्रा गरिरहेकी थिएँ, अचानक मेरो दिमागमा एउटा विचार आयो र त्यही समयदेखि नै त्यसबारे सोच्न मैले थालेँ र चार घण्टा त्यसमै बिताएँ कि हगवार्ट कस्तो खालको ठाउँ होला ? यात्राका क्रममा त्यसबारे सोच्न मलाई धेरै नै राम्रो लागिरहेको थियो । यो मेरो जीवनको सबभन्दा रोचक यात्रा थियो । जब म किङक्रोस पुगेँ, त्यतिबेलासम्म मेरो दिमागमा यो किताबको पात्रको जन्म भइसकेको थियो ।’
कुनै पनि सिर्जना, खोज वा अनुसन्धान आदि कार्यमा मिहिनेत, निरन्तरको प्रयत्न र लगनशीलताको ठूलो र मुख्य भूमिका रहन्छ । तर, संसारमा कतिपय यस्ता सिर्जना र खोजले सफलता पाउनुमा संयोगले पनि उत्तिकै भूमिका खेलेको हुन्छ । ह्यारी पोट्टरजस्ता पात्र जन्मिनुमा पनि एउटा संयोगकै भूमिका रहेको मान्नुपर्छ । यदि त्यो दिन रोलिङले म्यानचेस्टरदेखि लन्डनसम्मको दूरी तय नगरेकी भए उनको दिमागले ह्यारी पोट्टरजस्ता एक्काइसौं शताब्दीका एक शक्तिशाली पात्रलाई टिप्ने थिएनन् होला र विश्व बाल साहित्यमा दुई दशकदेखि एक छत्र राज कायम राख्ने पनि थिएन होला ।
तत्कालीन समयमा मदर टेरेसा दार्जिलिङमा बस्थिन् । अंग्रेजहरूले गर्मी बिदा मनाउन रोजेको त्यो भूमि प्राकृतिक सुन्दरताले पनि बिछट्टै राम्रो थियो । त्यही नै टेरेसाले सामान्य नर्सको भूमिका निर्वाह गर्दै आइरहेकी थिइन् र एक दिन उनले दार्जिलिङदेखि कलकत्तासम्मको यात्रा तय गरिन् । भारत स्वतन्त्र हुनुपूर्वको कलकत्ता देशकै केन्द्र थियो र अंग्रेजहरूले कलकत्तामै रहेर शासन गरेका थिए । व्यक्तिगत कामको सिलसिलामा पहाडी भेग दार्जिलिङबाट समथर भूभाग कलकत्तातिर यात्रारत रहँदा उनमा अनेक विचार र भावनाहरू प्रस्फुटित भए ।
विचार र भावनाहरूमा तरंगिँदै जाँदा त्यही यात्राका क्रममा उनले निश्चय गरिन्, ‘म अबदेखि आफ्नो जीवन गरिब, निमुखा, रोगीहरूको सेवामा लगाउनेछु ।’ त्यसपछि मदर टेरेसाले आफ्नो सिंगो जीवन रोगी अपाहिज बिरामीहरूको सेवामा लगाइन् र अरू नर्सहरूलाई पनि आफ्नो अभियानमा सामेल तुल्याइन् । नोबेल पुरस्कार विजेता टेरेसाले दार्जिलिङदेखि कोलकातासम्मको यात्रा नगरेकी भए सम्भवतः उनको दिमागमा त्यस्तो विचार उत्पत्ति हुँदैनथ्यो । यसलाई पनि संयोगकै तहमा राखेर हेर्नु सान्दर्भिक होला ।
एक दिन विश्वप्रसिद्ध वैज्ञानिक लुई पाश्चर आफ्ना साथीसँग एउटा विशाल चौरमा टहलिँदै थिए । तर, चौरको सबैतिर दुबो मौलाइरहे पनि एउटा भागमा भने दुबो मरेको थियो । पाश्चरले किन यस्तो भयो भनेर अनुसन्धान गर्न थाले । अनुसन्धानबाट के पत्ता लाग्यो भने दुबो मरेको त्यस ठाउँमा एउटा मृत घोडा गाडिएको रहेछ र त्यही कारण दुबो मरेको रहेछ ।
त्यस घटनापछि पाश्चरले आफ्नो अनुसन्धानको दायरालाई विस्तृत र सूक्ष्म तुल्याए र अन्ततः उनी रेबिजको भ्याक्सिन पत्ता लगाउन सफल भए । सायद त्यो दिन पाश्चरले मृत घोडा गाडेको स्थानसम्म आफूलाई नपु¥याएका भए उनको अनुसन्धानको दायराले फराकिलो हुने औसर पाउँदैनथ्यो र संसारले एउटा रोगको भ्याक्सिन पनि पाउन मुस्किल पथ्र्यो । यो पनि एउटा संयोगकै प्रतिफल हो ।
विश्वविजेताको स्वप्न उनेर लामो संघर्ष र लडाइ“को कार्यसूचि बोकेर हि“डेका सिकन्दरको यदि ऋषि चार्वाकसित भेट नभएको उनले संसारमा अझ धेरै उत्पात मच्चाउ“थे होलान् । चार्वाकसितको अन्तरसंवादले नै सिकन्दरको विश्वविजेता बन्ने स्वप्नमा ठेस लाग्दा पुग्यो र उनी आप्mना सम्पूर्ण कार्यसूचीलाई त्यत्तिकै थाती राखेर फर्किए । यसलाई पनि एउटा संयोग नै मान्नुपर्ने हुन्छ । यस्तै संयोगहरूले नै मानिसको जिन्दगीको रथलाई नै अर्कै दिशातिर मोडिदिन सक्छ । आखिर, सिर्जना, अनुसन्धान, खोज र राजनीतिमा समेत संयोगकोे कति महŒव रहेछ त †
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply