साहित्य कि खिचडी महोत्सव ?
पछिल्लो समय, नेपालगन्जमा साहित्य महोत्सव भयो । मध्यपश्चिमको सीमान्त सहर नेपालगन्जमा साहित्य उत्सवहरू कमै हुन्छन् । नेपालगन्ज मात्र होइन, काठमाडौंबाहेकका अरू सहरहरूमा साहित्य महोत्सव नगण्य रूपमा हुँदै आएका छन् । काठमाडौंबाट गएका केही सर्जकहरू र स्थानीय सर्जकहरूले नेपालगन्जको सेलाएको साहित्यिक माहोललाई तताउन उक्त महोत्सवले सीमित रूपमै भए पनि सघाउ पु¥याएको ठान्न सकिन्छ ।
नेपालगन्जमा साहित्य–समारोह हुनुअघि सुदूरपूर्वको काँकडभिट्टामा पनि त्यसैगरी साहित्य, कला र संस्कृति क्षेत्रसँग जोडिएका सर्जकहरूले मेची किनारलाई साहित्यमय बनाए । विगत केही वर्षयता काठमाडौं र पोखरामा यस्ता साहित्य समारोहहरू हुने निरन्तरतालाई नाँघ्दै नेपालगन्ज, काँकडभिट्टा र राजधानीबाट नजिकको अर्को सहर बनेपामा पनि साहित्य समारोह गम्किए । काठमाडौं, पोखरा, हेटौंडा, चितवनजस्ता सहरहरूमा सानातिना साहित्य उत्सव र समारोहहरू भइरहे पनि अरू सहरहरूमा शून्यप्रायः नै थियो । तर, अब भने देशका अरू सहरका सर्जकहरू पनि आफ्नो सहरबजारमा साहित्यिक माहोल भिœयाउन तत्पर देखिएको पछिल्ला गतिविधिहरूले देखाएका छन् ।
यस्ता साहित्य समारोहहरूले राजधानी र मोफसलबीच तन्किने दूरीलाई निकै कम गर्न मद्दत मात्र पु¥याउँदैन, मनोवैज्ञानिक रूपमा वर्षौंदेखि पन्पिँदै आएको त्यस्तो भावनाको रेखालाई मेट्नसमेत सघाउ पु¥याउँछ । हुन त राजधानी र मोफसलबीचको रेखा अझै मेटिइसकेको छैन । साहित्य, कलालगायतका क्षेत्रमा त्यो रेखा कायमै छ । तर, क्रमशः राजधानी र मोफसलबीच कोरिएका रेखा भने विगतमा भन्दा धेरै नै पातलो हुँदै गएको छ, मेटिँदै गएको छ । आगामी दिनहरूमा सम्भवतः पूरै मेटिने अपेक्षा राख्न सकिन्छ ।
काठमाडौंबाहिरका सहर–बजारहरूमा आयोजना हुने त्यस्ता साहित्यिक समारोहहरूले बहुआयामिक फाइदा पु¥याउनेमा विश्वस्त हुन सकिन्छ । जुनजुन सहरमा साहित्य उत्सवहरू सम्पन्न भए, ती सबै समारोहमा राजधानी र स्थानीय सहरका सर्जकहरू देखिए । त्यसले केन्द्र र मोफसलका सर्जकहरू एकै थलोमा उभिएर साहित्य, कला, संस्कृतिलगायतका क्षेत्रमा भइरहेका नयाँ नौलो विकास, प्रवृत्ति र धारहरूबारे विचार–विमर्श गर्ने अवसर दिलाएको थियो । अहिले नेपाली र विश्व साहित्यमा आइरहेका नौला मोडहरूलाई चिन्ने र त्यसले आम लेखनमा पारेको प्रभावबारे अन्तक्र्रिया हुने भएको हुँदा यस्ता समारोहहरूका बहुआयामिक फाइदा छ । अझ, राजधानीका सर्जकहरूले मोफसलको लेखन र मोफसलका सर्जकहरूले राजधानीमा बसेर सिर्जनारत सर्जकहरूको लेखनको प्रवृत्तिबारे नजिकैबाट थाहा पाउने भएको हुँदा पनि यस्ता समारोहहरूले लेखन कर्ममा जुटेकाहरूलाई नौलो ऊर्जा, उत्साह र खुराक प्रदान गर्नेमा शंका गर्नुपर्ने आधार देखिँदैनन् ।
अर्को फाइदा, ती सहरहरूमा साहित्य महोत्सवका नाममा चहलपहल बढ्दा त्यसले आर्थिक, सांस्कृतिक तहको उन्नयनमा पनि भूमिका खेल्ने अपेक्षा राख्न सकिन्छ । किनकि, कुनै सहरमा तीनचार दिनसम्म साहित्य उत्सवका नाममा चहलपहल बढ्नु भनेको ती सहरका आर्थिक क्रियाकलापलाई पनि सघाउनु हो । साथै, ती सहरका सामाजिक र सांस्कृतिक तहलाई पनि अझ समृद्ध तुल्याउनु हो ।
अधिकांश आयोजक संस्थाहरूले साहित्य उत्सवका क्रममा विशुद्ध रूपमा साहित्य, कला र संस्कृतिमाथि विचारविमर्श चलाउने र सर्जकहरूका सिर्जनालाई पस्किने कार्यमा तत्परता देखाएका छन् । तर, केही संस्थाले भने साहित्य उत्सवलाई ‘खिचडी’ बनाउने काम पनि गर्दै आएका छन् । यद्यपि, त्यस्ता खिचडी बेस्वादका भने भएका छैनन् । जस्तो, केही महिनापूर्व पोखरामा आयोजित लिटरेचर फेस्टिवलमा साहित्यको मात्र कुरा भएन, समाजका विभिन्न तह र तप्काबारे पनि चर्चापरिचर्चा गम्कियो । अझ, देशकै प्रख्यात कलाकर्मी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रस्तुतिका लागि मञ्च दिएर लिटरेचर फेस्टिबललाई साहित्यको सीमाभन्दा अझ पर लैजाने र विविधता पस्किने कामसमेत ग¥यो । महको हास्य प्रस्तुति, अमृत गुरुङसितको गीति–संवादले उक्त फेस्टिभललाई खिचडीमय त बनायो नै, त्यससँगै साहित्यलाई पनि मिसाउँदा विविधता भने थपिन पुगेको थियो ।
तर, जुन सहरमा जुन संस्थाले आफ्नो ब्यानर टाँगेर साहित्य महोत्सव गरे पनि अधिकांश महोत्सवहरूमा एउटै प्रवृत्ति भने दोहोरिँदै आएका छन् । प्रायः सबै महोत्सवहरूमा वैचारिक बहसहरू कमै हुन्छन् । साहित्य लेखन विशुद्ध कला मात्र होइन, यो त वैचारिक हाँगाबिँगाहरूलाई सजाउने माध्यम पनि हो । प्रायः सर्जकहरू कुनै विचारद्वारा निर्देशित भएर नै सिर्जना गर्दै आइरहेका छन् र उनीहरू विचारद्वारा डोरिएरै आफ्नो लेखनलाई समृद्ध, उँचो र वैचारिक रूपले तिक्खर तुल्याउँदै आइरहेका छन् । तर, हामीकहाँ आयोजित साहित्य महोत्सवमा कि त वैचारिक बहसलाई प्रवेश नै गर्न दिइँदैन, दिइए पनि त्यसलाई सीमित तुल्याउने गरेको पाइएको छ ।
वैचारिक खुराक पस्किनुभन्दा पनि खिचडी पकाएर पस्किने र त्यसकै स्वादमा स्रष्टाहरूलाई लोभ्याउने प्रवृत्ति साहित्य महोत्सवहरूका स्वरूपका रूपमा विकसित हुँदै गइरहेकोमा सन्देह मान्नुपर्ने ठाउँ देखिँदैन । साहित्य महोत्सवहरू खिचडीबाट माथि उठ्न आवश्यक भइसकेको छ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply