कोइराला, सिंह र थापा पनि दलको नेताको दौडमा
काठमाडौं । २०७० को निर्वाचनमा सबैभन्दा ठूलो बनेको सत्तारूढ दल बनेको नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा लज्जाजनक हार बेहोर्नुका पछाडि नेतृत्व नै जिम्मेवार हुनै नै भयो । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाकै कार्यशैलीका कारण पार्टी पराजित भएको निष्कर्षमा पुगेका सो पार्टीका धेरै नेता–कार्यकर्ता अहिले यही कारण देखाएर अब संसदीय दलको नेताबाट देउवालाई आउट गर्नुपर्ने भन्दै तयारीमा लागेका छन् ।
गत हप्ता नयाँ बानेश्वरमा भेला भएर केही युवा नेताले काठमाडौं–४ बाट निर्वाचन जितेका गगन थापालाई दलको नेताका रूपमा अगाडि सार्ने गरी औपचारिक छलफल अघि बढाए । केही युवाले अब कांग्रेस बचाउने हो भने संसदीय फाँट थापाले र पार्टी विश्वप्रकाश शर्माले सम्हाल्नुपर्ने भन्दै नेतृत्वलाई चुनौती दिने गरेका छन् । सभापति तथा प्रधानमन्त्री देउवा पार्टीमा सामूहिक छलफल र कमिटीगत निर्णयले भन्दा पनि गुट र गुटभित्र पनि पछिल्लो समय पत्नी आरजु राणाको हुकुमी शैलीले चल्ने गरेका कारण पार्टीले हारेको भन्दै यसको अझ वस्तुनिष्ठ समीक्षा गर्न केन्द्रीय कमिटी बैठकको माग कांग्रेस नेता तथा कार्यकर्ताले गरेका छन् । तर, देउवाले आफ्नो कार्यशैली अझै सुधारेका छैनन् । यस्तो माग गर्नेहरूलाई उनले ‘जनताले भोट दिएनन् हारियो, के समीक्षा गर्नु, खै मैले जिते त’ भन्दै गैरजिम्मेवार जवाफ दिने गरेको स्रोतले बतायो । यस्तो प्रतिक्रिया आएपछि उनलाई यसपटक कुनै पनि हालतमा संसदीय दलको नेतृत्वबाट भने पनि च्यूत गर्नुपर्ने निष्कर्षमा धेरै नेता–कार्यकर्ता पुगेको बुझिएको छ ।
रामचन्द्र पौडेल समूह अर्थात् पुरानो संस्थापन समूहले भने नवलपरासी–१ वाट निर्वाचित डा. शशांक कोइराला र काठमाडांै–१ बाट निर्वाचित प्रकाशमान सिंहलाई दलको नेता बनाउने तयारी गरेको छ । कोइराला बीपीपुत्र हुन भने सिंह गणेशमानपुत्र हुन् । तर, युवा नेताहरूको पंक्ति र १४औं महाधिवेशनबाट तेस्रो शक्तिका रूपमा उदाएको कृष्णप्रसाद सिटौला समूहले भने गगनलाई अघि सार्ने तयारी गरेको छ ।
प्रतिनिधि सभामा जितेका २३ सिटमध्ये आफ्नो समूहले आठ सिट मात्र जित्नु पनि देउवालाई दलको नेता बन्न ठूलो खड्गो भएको बताइन्छ । प्रतिनिधिसभामा उनका उनीबाहेक प्रदीप गिरी, देवेन्द्रराज कँडेल, सीताराम मेहता, ज्ञानेन्द्रबहादुर कार्की तेजुलाल चौधरी र प्रमोदकुमार यादव र भरतकुमार साहले मात्र जितेका छन् । यो खड्गो काट्न अब समानुपातिकमा पनि उनले पार्टीभित्र रोइलो गर्ने सम्भावना रहेको बताइन्छ ।
पौडेलले गरे अलग्गै भेला
यसैबीच, कांग्रेस नेता रामचन्द्र पौडेलले पार्टीमा अनपेक्षित पराजय बेहोरेपछि यसको समीक्षा गर्न आफू पक्षधर जिल्ला सभापतिको सोमबार राति ठमेलको एक होटेलमा भेला गरे । पौडेलले आफ्नो पक्षका १८÷१९ जना जिल्ला सभापतिको भेला गर्दै चुनावी समीक्षा गरेका हुन् ।
प्रकाशमान सिंहसहितका नेता र जिल्ला सभापति सहभागी भेलामा काठमाडौं सभापति सबुज बानियाँ, धादिङ सभापति रमेश धमला, इलाम सभापति हिमालय कर्माचार्य, बर्दिया सभापति सञ्जय गौतम, मुगु सभापति खड्गबहादुर शाही, रोल्पा सभापति अमरसिंह पुनलगायत सहभागी थिए ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply