क्यान ः पैसा उठाउनै ध्यान
काठमाडौं । हरेक वर्ष नयाँ नयाँ प्रविधि भिœयाउने भन्दै गर्ने गरिएको क्यान इन्फोटेक मेलाको नाममा कमाउ धन्दा फस्टाएको पाइएको छ । कम्प्युटर एसोसिएसन नेपाल क्यान महासंघले हरेक वर्ष आयोजना गर्दै आएको यो मेला क्यानका पदाधिकारीले करोडौँ कुम्ल्याउने माध्यम भएको भन्दै व्यापक आलोचना भएको छ ।
यस वर्ष आयोजित मेला पनि हिजो समापन भइसकेको छ । विगत २३ वर्षदेखि नयाँनयाँ प्रविधिको ब्रान्डिङ गर्ने उद्देश्यले प्रदर्शनी हुँदै आएको यो मेला पछिल्ला वर्षहरूका विवादको घेरामा पर्दै आएको छ ।
विभिन्न कम्पनीका सूचनाका साधनहरू यसपटक पनि प्रदर्शनी चम्किएका थिए । नेपाल इन्फरमेसन टेक्नोलोजी, इन्टरटेन्मेन्ट सो एन्ड कन्फर्मेसन (क्यान इन्फोटेक) द्वारा आयोजित २४औं संस्करणको प्रदर्शनी बिहीबार अर्थात् माघ ११ देखि सुरु भएको थियो । तर, क्यान महासंघका निवर्तमान अध्यक्ष इन्जिनियर विनोद ढकालले क्यान इन्फोटेकको नाउँमा कमाउ धन्दा चलाएका छन् ।
क्यान मेला सञ्चालन गर्न लाग्नेभन्दा कैयौं गुणा बढी रकम उठाउने र हिनामिना गर्ने काममा निवर्तमान अध्यक्षसहित वर्तमान कार्यसमितिका पदाधिकारीहरू लागेका छन् ।
विद्यार्थीका लागि न्यूनतम ५० रुपैयाँ र अन्यका लागि अनिवार्य १ सय रुपैयाँ टिकट दर राखिएको इन्फोटेक मेलामा दिनहुँ कम्तीमा २० हजार मानिसको आवागमन रहेको आयोजकको दाबीलाई नै मान्ने हो भने पनि १ सय र ५० बीचको ७० रुपैयाँको अनुपात राख्दा पनि दैनिक १४ लाख रुपैयाँभन्दा बढीको त टिकट नै बिक्री भएको मानिन्छ ।
मेलामा विभिन्न छुट भनिए पनि झन् पछि झन् नयाँ प्रविधि ल्याउनुपर्ने ठाउँमा यसपालि त कुनै नयाँ टेक्नोलोजी पनि रहेको पाइएन भन्दै सर्वसाधारण निराश भएका छन् ।
केही स्टलमा एन्टी भाइरस, ल्यापटप र खुद्रा सामानलाई नै आविष्कार मान्ने हो भने अब यसखाले क्यान मेला नभए पनि हुने सर्वसाधारण बताउँछन् ।
त्यति मात्रै होइन, विभिन्न कलेज र स्कुलमा पहिलेदेखि नै टिकट बिकाउने र रकम असुल्ने गरिएको विभिन्न स्कुलबाट गुनासो आएको छ । सुरुसुरुमा विज्ञान र प्रविधिप्रति मानिसको जुन आकर्षण थियो, जति पछि त्यति आयोजकहरूको पैसा कमाउन धन्दामा फेरिँदै गएको देखेर मानिसहरूको यसपालि आकर्षण घटेको बताइएको छ ।
प्रविधि सेवा पनि हो भन्ने भावनाभन्दा पनि जसरी पनि पैसा कमाउनुपर्ने धारणाबाट आयोजकहरू मुक्त हुनुपर्ने मेलामा सहभागी सर्वसाधारणले बताए ।
सम्बन्धित समाचार
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- आज तीन मन्त्रीले शपथ लिँदै
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- विराटनगरमा आगोमा जलेर २ को मृत्यु, ४ घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- जेठ ३–७ मा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
- भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको कामको गुणस्तरमा सम्झौता नगर्न ओलीको आग्रह
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- विप्लव र प्रकाण्डसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी
Leave a Reply