दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
२१ फागुन, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सरकारको बाँकी कार्यकाल आधा–आधा नेतृत्व गर्ने सहमति भएको छ ।
कांग्रेससँगको सहकार्य तोड्दै नयाँ गठबन्धन बनाउँदा प्रचण्ड र ओलीबीच आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति भएको हो । हाम्रा अध्यक्ष र प्रधानमन्त्रीबीच धेरै कुरा प्याकेजमै सहमति भएको र सरकारको बाँकी कार्यकाल २ /२ वर्ष बाँड्ने उनीहरूबीच सहमति भएको एक नेताले जानकारी दिए । गत सालको पुस १० गते माओवादी अध्यक्ष प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए । त्यतिबेला ओली र प्रचण्डबीचमा साढे दुई वर्ष/ साढे दुई वर्ष प्रधानमन्त्री हुने सहमति भएको थियो ।
तर दुई महिनामै प्रचण्डले गठबन्धन फेरेर कांग्रेसको साथ लिएपछि एमालेले सरकार छोडेका थिए । एमाले सरकारबाट बाहिरिएको एक वर्षपछि फेरि प्रचण्डसँगको पुरानो गठबन्धन ब्युँत्याएर सरकारमा सहभागी हुने निर्णय गरेको हो । एमालेसहितका चार मन्त्रीहरूले आजै शपथ लिँदैछन् ।
प्रचण्ड र ओलीबीच नयाँ सहमति भएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने ‘च्याप्टर क्लोज’ भएको छ । माओवादीले समाजवादीलाई गठबन्धनमै रहन आग्रह गर्ने निर्णय गरे पनि प्रधानमन्त्री दिन भने तयार छैन । ओली पनि नेकपा एकीकृत समाजवादीसहितको गठबन्धन बनाएर जाने कुरामा सकारात्मक रहेको एमाले नेताहरु बताउँछन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply