विप्लव र प्रकाण्डसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी
१८ मंसीर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका चार नेताविरूद्ध काठमाडौं जिल्ला अदालतले ३५ दिने सूचना जारी गरेको छ । राज्यविरूद्धको कसुरमा उनीहरुविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो । महासचिव विप्लव, पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, माइला लामा, अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्कीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।
माइला लामा र विप्लवविरुद्ध दुई वटा मुद्दा राज्यविरुद्धको कसुरकै दर्ता छन् । उनीहरूलाई आफैं अदालतमा उपस्थित हुन भनिएको छ । हेमन्त प्रकाश ओलीसमेतलाई प्रतिवादी बनाएर २०७६ असोज ९ गते मुद्दा दायर भएको थियो । २०८० मंसिर १० गते अदालतले प्रतिवादीहरु विप्लवसहितका विरुद्ध पक्राउ पूर्जी जारी गर्ने आदेश गरेको थियो ।
यो सूचना जारी भएको मितिले बाटाको म्यादबाहेक ३५ दिनभित्रमा आफूसँग भएका प्रमाणसहित आफैँ उपस्थित हुन सूचनामा भनिएको छ। म्याद गुजारी बसेमा मुद्दा कानुन बमोजिम अगाडी बढाउने र पछि उजुरबाजुर नलाग्ने सूचनामा उल्लेख छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply