विराटनगरमा आगोमा जलेर २ को मृत्यु, ४ घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो
मंसिर २१, काठमाडौं । मोरङको विराटनगरमा आगलागीमा परेर दुई जनाको मृत्यु भएको छ। घटनामा चारजना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।
विराटनगर महानगरपालिका- ७ सातघुम्तीमा रहेको कवाडी गोदाममा बुधबार दिउँसो भएको आगलागीमा परेर गोदामका सञ्चालक स्थानीय ४० वर्षीय दिपक मण्डल र पहिचान नखुलेकी एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरु दुबैको शव न्युरो अस्पताल विराटनगरमा राखिएको छ । आगलागीमा परेर महिलाको घटनास्थलमै र मण्डलको उपचारको क्रममा क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
आगलागीमा परेर विराटनगर–६ की ६० वर्षीया रीता सरदार, विराटनगर–६ कै ६५ वर्षीया सुशीला पासवान, मोरङको कटहरी गाउँपालिका–६ की ३० वर्षीया पिंकी कामत र विराटनगर–६ का ५८ वर्षीय किशोर कामत घाइते भएका छन् । घाइतेमध्ये रीता र सुशीलाको अवस्था गम्भीर रहेको र घाइते चारै जनालाई उपचारका लागि बुधबार साँझ नेपाली सेनाको स्काई ट्रक (हेलिकप्टर)मार्फत् काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जन दाहालले जानकारी दिए।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply