विराटनगरमा आगोमा जलेर २ को मृत्यु, ४ घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो
मंसिर २१, काठमाडौं । मोरङको विराटनगरमा आगलागीमा परेर दुई जनाको मृत्यु भएको छ। घटनामा चारजना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।
विराटनगर महानगरपालिका- ७ सातघुम्तीमा रहेको कवाडी गोदाममा बुधबार दिउँसो भएको आगलागीमा परेर गोदामका सञ्चालक स्थानीय ४० वर्षीय दिपक मण्डल र पहिचान नखुलेकी एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरु दुबैको शव न्युरो अस्पताल विराटनगरमा राखिएको छ । आगलागीमा परेर महिलाको घटनास्थलमै र मण्डलको उपचारको क्रममा क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
आगलागीमा परेर विराटनगर–६ की ६० वर्षीया रीता सरदार, विराटनगर–६ कै ६५ वर्षीया सुशीला पासवान, मोरङको कटहरी गाउँपालिका–६ की ३० वर्षीया पिंकी कामत र विराटनगर–६ का ५८ वर्षीय किशोर कामत घाइते भएका छन् । घाइतेमध्ये रीता र सुशीलाको अवस्था गम्भीर रहेको र घाइते चारै जनालाई उपचारका लागि बुधबार साँझ नेपाली सेनाको स्काई ट्रक (हेलिकप्टर)मार्फत् काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जन दाहालले जानकारी दिए।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply