यिनका हतियार कहिले हुन्छ नियन्त्रण ?
काठमाडौं । एसएसपी धिरजप्रताप सिंह महानगरीय प्रहरी अपराध महाशाखामा आएयता उपत्यकामा व्यक्तिले निजी प्रयोजनका लागि लिएका हतियार नियन्त्रणमा लिने प्रयास सुरु भएको छ ।
पछिल्लो समय जिल्ला प्रशासन कार्यालयमा चलखेल गरेर सुरक्षाका हिसाबले विशेष थ्रेट नभएका व्यक्तिहरूले पनि सरकारी स्वीकृति लिएर हतियार राख्दै आएका थिए । खासगरी गुन्डा, मिटरब्याजी र मेनपावर व्यवसायीहरूले यसरी हतियार राख्दै आएका थिए । यो बीचमा सबैभन्दा उपलब्धिमूलक कार्य भनेको गुन्डा, डन, तस्कर–माफियाका इजाजतधारी हतियार कब्जामा लिनु बनेको छ ।
स्वयं प्रहरी अधिकारीकै लगानी तथा संरक्षणमा आफ्नो प्रभुत्व देखाउँदै आएका केही गुन्डाले पनि प्रशासनको इजाजतको भरमा विभिन्न व्यक्तिलाई तर्साउँदै आएका थिए । त्यसरी राखिएका हतियार एसएसपी धिरजप्रताप सिंहकै पहलमा धमाधम कब्जामा लिन थालिएको हो ।
पछिल्लोपटक मिटरब्याजका नाइके हेटौंडा घर भई ललितपुर बस्ने महेश सिंह नामका डनको आधा दर्जनभन्दा बढी हतियार इजाजत रद्द गरी प्रशासन कार्यालयमा बुझाइएको छ । चार थान राइफल, दुई थान सटगन र त्यसमा लाग्ने सयौं थान गोली प्रहरीले बरामद गरेको हो । यत्रा हतियार एकै जना त्यो पनि विवादास्पद व्यक्तिलाई राख्ने अनुमति दिनुले प्रशासन कार्यालयको नियतमा प्रश्न उठेको छ ।
ती हतियार इजाजत लिएकै भरमा मोटो ब्याजदरमा ऋण लिएकाहरूलाई देखाएर उनीहरूको सम्पत्ति हडप्न प्रयोग गरिन्थ्यो । विगत केही वर्षयता बारम्बार महेशसिंह एन्ड कम्पनीका कर्तुत सार्वजनिक हुँदै आए पनि प्रहरीकै वरिष्ठ अधिकारीको संरक्षण रहेका कारण कसैले ती हतियार कब्जामा लिन सकेका थिएनन्, तर एसएसपी धिरजप्रताप सिंहले महानगरीय अपराध महाशाखाको कमान्ड सम्हालेयता महेश सिंहसहित गुन्डागर्दीमा कुख्याती कमाइसकेका मेनपावर व्यवसायी रघुनाथ पुरी, क्यासिनो किङ बले भन्ने बलराम सापकोटा, मिटर ब्याजका किङ वीरेन्द्रलाल श्रेष्ठ र गुन्डा नाइके तथा ठेकेदार आङकाजी शेर्पाका हतियार कब्जामा लिइएको थियो ।
सर्वसाधारणलाई आतंकित तुल्याउन प्रयोग गरिने गुन्डाहरूकै हतियार यसरी धमाधम प्रहरी नियन्त्रणमा लिन थालेपछि यतिबेला आफ्ना हतियार पनि कुनबेला खोसीने हो भन्ने डरले थुप्रै गुन्डा, तस्कर–माफिया आतंकित बनेका छन् । प्रहरीको पछिल्लो कदमले सान इन्टरनेसनल ग्रुप प्रालि र एबी इम्प्लोइमेन्ट सोलुसन प्रालिका एकल सञ्चालक अजित भनिने देशभक्त बस्नेत समस्यामा परेका छन् । उनले पनि सुरक्षाको गम्भीर थ्रेट भएका व्यक्तिहरूले विशेष प्रयोजनका लागि मात्र इजाजत लिनुपर्ने हतियारको इजाजत लिएर सो हतियारको दुरुपयोग गर्ने गरेको गुनासो छ ।
बस्नेतले पनि यो हतियारको दुरुपयोग गरेको भन्दै गुनासो बढेको छ । बस्नेतले विदेशबाट पहिले भनेबमोजिम तलब र कार्य नपाएर फर्किएकालाई सो हतियारको आडमा धम्क्याएर पीडित बनाइरहेको गुनासो छ ।
सम्बन्धित समाचार
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- आज तीन मन्त्रीले शपथ लिँदै
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- विराटनगरमा आगोमा जलेर २ को मृत्यु, ४ घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- जेठ ३–७ मा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
- भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको कामको गुणस्तरमा सम्झौता नगर्न ओलीको आग्रह
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- विप्लव र प्रकाण्डसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी
Leave a Reply