गल्ती लुकाउन ‘झापाली’को साइनो
काठमाडौं । गैरकानुनी रूपमा ७० करोड रुपैयाँबराबरको पुलको एउटा ठेक्का सदर गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुरुपयोग गर्दै बदनाम बनाउनेहरूको पर्दाफास भएको छ । लागत अनुमानभन्दा करिब २ प्रतिशत बढाएर बर्दिबासदेखि सिमरा खण्डको रेलवेमा ट्र्याक बनाउने टेन्डर हुँदा ठूलो आर्थिक चलखेलका साथै गैरकानुनी काम भएपछि अहिले भौतिक निर्माण तथा यातायात मन्त्रालयमा समेत भुँइचालो आएको छ ।
विभागका महानिर्देशक अनन्त आचार्य र सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्याय मिलेर गत जेठ ११ गते सदर गरेको एक टेन्डरले मन्त्री रघुवीर महासेठलाई समेत समस्या पारेको हो । सो कामका लागि मोहन आचार्यको रसुवा कन्ट्रक्सन, विक्रम पाण्डेको कालिका कन्ट्रक्सन र केही अन्य ठेकेदारहरूको साझेदारीमा अनक लुम्बिनी आशिष ज्वाइन्ट भेन्चरको आवेदन परेकामा ठूलो आर्थिक चलखेल तथा प्रिपेड रूपमा करोडौं कमिसन लिएर तेस्रो आवेदकलाई टेन्डर स्वीकृत गरिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयको मापदण्डमा लागतभन्दा बढीको आवेदन परेमा स्वीकृत गर्ने वा बदर गर्नेबाहेक ‘नेगोसियसन गरेर सोही कम्पनीलाई टेन्डर दिन मिल्दैन ।
अर्को टेन्डर गर्न समय अपुग हुने र छिटोभन्दा छिटो ठूला खरिदहरू गर्नुपर्ने अवस्था भए पनि त्यो प्रस्तावलाई मन्त्रिपरिषद्को बैठकबाट अनुमोदन गरेर मात्र जानुपर्ने हुन्छ । अन्यथा, नेगोसियसन गरेर आवेदक कम्पनीलाई नै टेन्डर सदर गर्न मिल्दैन । सार्वजनिक खरिद अनुगमन कार्यालयको राय लिएर मात्र त्यस्ता निर्णय लिनुपर्नेमा कसैसँग अनुमति नलिई त्यही कम्पनीलाई त्यसरी लागत स्टिमेटभन्दा रकम बढाएर ठेक्का दिने काम गरेपछि अहिले विभागका महानिर्देशक आचार्य बदनाम भएका हुन् । गत वर्षको पुसतिर आह्वान गरिएको सो टेन्डरमा अनियमिततासहित टेन्डर सदर भएको थाहा भएपछि सो टेन्डर रद्द गर्नुपर्ने र त्यस्तो बदमासी गर्ने अधिकारीलाई कारबाही गर्नुपर्ने आवाज उठेको छ ।
तर, आफू झापाली भन्दै प्रधानमन्त्रीलाई साइनो सोझ्याएर बालुवाटारतिर भेट्न गइरहने र उनलाई भेट्न नसके पनि सचिवालयका निकटस्थ व्यक्तिहरूलाई कुरा मिलाएर आएको हुनाले कसैले आफूलाई केही गर्न नसक्ने भन्दै ढुक्क भएर हिँड्ने गरेको बताइन्छ । करिब चार वर्षदेखि सोही विभागमा बसेर पुल तथा ट्र्याक बनाउने पाँचवटा प्याकेजमध्ये तीनवटा प्याकेजको टेन्डर सदर गररे ठुलो आर्थिक चलखेल गरिसकेका आचार्यले चौथो प्याकेजमा पनि ठूलो आर्थिक चलखेल गरेर टेन्डर सदरको योजना बनाएको बताइन्छ ।
पछिल्लो समय मन्त्री रघुवीर महासेठसँग आफ्नो कुरा नमिलेको भन्दै निकट व्यक्तिहरूसँग उनले प्रधानमन्त्रीलाई भनेर मन्त्री पदबाट महासेठलाई हटाइदिन सक्ने समेत आफूसँग खुबी रहेको बताउने गरेका छन् । आचार्यले प्रधानमन्त्रीको नाम जोडेर बदनाम गरिरहेको र मन्त्री महासेठलाई समेत गुमराहमा पारेर आफूसँग ‘मन्त्रीले पैसा मागेर हैरान पारेको’ जस्ता अनर्गल कुरा गर्दै हिँडेको थाहा भएको छ । त्यसो त आचार्य विवादास्पद कर्मचारीका रूपमा चिनिन्छन् । उनले २०७१ सालमा ८ अर्बको एक टेन्डरमा ठूलो घोटाला गरेको भन्दै उजुरी परेको थियो । उक्त टेन्डर आफ्नो मान्छेलाई दिइएको र गलत सर्भे गरेको भन्दै उनका विरुद्ध अख्तियारमा उजुरी परे पनि उनले सो उजुरी पैसाको चलखेल गरी मिलाउन सफल भएका थिए । तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीसँग सेटिङ मिलाएर उन्मुक्ति पाएका थिए ।
सम्बन्धित समाचार
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- आज तीन मन्त्रीले शपथ लिँदै
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- विराटनगरमा आगोमा जलेर २ को मृत्यु, ४ घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- जेठ ३–७ मा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
- भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको कामको गुणस्तरमा सम्झौता नगर्न ओलीको आग्रह
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- विप्लव र प्रकाण्डसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी
Leave a Reply