फोटो प्रर्दशनीमा अठार हजार दर्शक
काठमाडौं । फोटो पत्रकार क्लब (पिजे क्लब) ले आयोजना गरेको आइएमई–ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिता २०७५ मा छानिएका उत्कृष्ठ तस्बिरहरूको प्रदर्शनी सकिएको छ । प्रदर्शनी काठमाडांैको नेपाल आर्ट काउन्सिल, बबरमहलमा साउन १६ गते बुधबारबाट २१ गते सोमबारसम्म जम्मा ६ दिन चलेको थियो ।
फोटो प्रदर्शनी करिब १८ हजार दर्शकले अवलोकन गरे । राजनीतिकर्मीदेखि कलाकार, साहित्यकार, पेशाकर्मी, विद्यार्थी, पत्रकार लगायतका विभिन्न क्षेत्रका दर्शकहरूले प्रदर्शनी अवलोकन गरेका थिए ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, रक्षा मन्त्री ईश्वर पोख्रल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सेना, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेकपाकै वरिष्ठ नेता अमृत कुमार बोहोरा, नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला, नेपाली कांग्रेसका नेता पूर्ण बहादुर खड्का, नेकपाका सांसद योगेश भट्टराई, नेकपाका सांसद महेश बस्नेत, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, नेपाली कांग्रेसका नेता राजेन्द्रकुमार केसी, नेकपाका नेता राजन भट्टराई, नेपाली कांग्रेसका सांसद सञ्जय गौतम, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, नेपाल च्याम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवाल, स्वतन्त्र ऊर्जा उत्पादक संघका अध्यक्ष शैलेन्द्र गुरागाईं, नेपाल अटोमोबाइल एसोशिएसन (नाडा) का उपाध्यक्षद्वय कृष्णप्रसाद दुलाल र प्रकाश कपुरी, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङ, पर्यटन व्यवसायी विक्रम पाण्डे काजी लगायतले प्रदर्शनीको अवलोकन गरेका थिए ।
नेपाल आर्ट काउन्सिल, बबरमहलमा साउन १६ गते सुरु भएको फोटो प्रर्दशनीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरेका थिए । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको शान मान र विशेषतालाई सजीव ढंगले तस्बिरमा उतार्ने कामलाई निरन्तरता दिँदै प्रदर्शनीमा राखिएका तस्विरहरु विश्व फोटो प्रदर्शनी प्रतियोगितामा समेत सफलता प्राप्त गर्ने विश्वास गरे । त्यस्तै आइइमइ ग्रुपका अध्यक्ष चच्न्र ढकालले प्रतियोगिताले समग्र रुपमा पर्यटन, सांस्कृतिक, धार्मिक नेपालमा रहेको पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग रहेको बताए ।
सम्बन्धित समाचार
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- आज तीन मन्त्रीले शपथ लिँदै
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- विराटनगरमा आगोमा जलेर २ को मृत्यु, ४ घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- जेठ ३–७ मा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
- भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको कामको गुणस्तरमा सम्झौता नगर्न ओलीको आग्रह
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- विप्लव र प्रकाण्डसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी
Leave a Reply