अपांग कोषमा ब्रह्मलुट
काठमाडौं । समाज कल्याण परिषद्अन्तर्गतको राष्ट्रिय कोषका केही पदाधिकारीको ब्रह्मलुट गर्ने थलो भएको छ । अपांगता भएका व्यक्तिहरूलाई सहायक सामग्री खरिद तथा वितरण गरी सामाजिक काममा लाग्ने जिम्मेवारी पाएको कोष पछिल्लो सयम पदाधिकारीहरूको आर्थिक दुरुपयोगको थलो बनेको बताइन्छ ।
कोषका सभापति गोपाल भण्डारी र सदस्य सचिव यम मैनाली मिलेर कोषको रकममा अनियमितता गर्ने र विदेश घुम्नेबाहेक अन्य कुनै काम देखाउन नसकेपछि उनीहरूप्रति चारैतिरबाट तीव्र असन्तुष्टि देखा परेको थाहा भएको छ । अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसर पारेर अपांगहरूलाई कहिलेकाहीँ केहीकेही सहायक सामग्रीहरू वितरण गर्दै आएको कोषले डेढ वर्षयता कुनै सामग्री पनि वितरण गरेको छैन । गत वैशाख १७ गते कोषका सभापति भण्डारी र सदस्य सचिव मैनाली भारत भ्रमणकमा गएकोमा तोकिएको भन्दा ५ लाख ५ हजार रुपैयाँ बढ्ता खर्च भएपछि अख्तियारमा उजुरीसमेत परेको छ । उनीहरूले केही कर्मचारी आफूअनुकूलमा करारमा भर्ती गरेर कोषलाई व्ययभार बढाएको मात्र होइन, कार्यरत केही कर्मचारीहरूको भने तलबसमेत नदिएको बताइन्छ । भारतमा जाँदा साडीसमेत खरिद गरेर कोषलाई व्ययभार पारेको समेत थाहा भएको छ । अपांग कोषले यूएसएआईडी, ह्यान्डिक्याप इन्टरनेसनल सहयोगमा ह्विल चियर, वाकर, कृत्रिम खुट्टा, कृत्रिम हात, वैशाखीलगायत सामग्री वितरण गर्ने गरेको थियो ।
सम्बन्धित समाचार
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
Leave a Reply