सिन्धुलीमा एकैदिन दुई शाखारहित बैंकिङ सेवा
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले एकै दिन सिन्धुली जिल्लाका दुई स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
सिन्धुलीको तीनपाटन गाउँपालिका–१ बेलघारी र सोही गाउँपालिकाको वडा ११ चकमकेमा मेगा बैंकले शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । तीनपाटन–१ बेलघारीमा शाखारहित बैंकिङ सेवाको उद्घाटन गर्दै वडाध्यक्ष गोविन्दबहादुर राउतले बेलघारीका जनताहरूको विगत १० वर्षदेखि गाउँबाटै बैंकिङ सेवा पाउने सपना अहिले आएर मेगा बंैक नेपाल लिमिटेडले साकार गरिदिएको भन्दै खुसी व्यक्त गरे ।
यसैगरी, तीनपाटन–१० का वडाध्यक्ष पुण्यहरि भुजेलले चकमकेजस्तो जिल्लाकै विकट स्थानमा आफ्नो सेवा विस्तार गरेकोमा मेगा बैंकलाई धन्यवाद दिँदै स्थानीय जनप्रतिनिधिको हैसियतमा आफूले सक्दो सहयोग गर्ने बताए ।
मेगा बैंकका माइक्रो बैंकिङ विभागका अधिकृत शिबहरी भण्डारीले एक सय भन्दा बढी शाखा कार्यालय तथा १ सय १९ शाखारहित बैंकिङ सेवामार्फत मेगा बैंकले देशका विभिन्न स्थानबाट बैंकिङ सेवा प्रदान गराउँदै आएको जानकारी दिए ।
मेगा बैंकका सिन्धुली शाखा प्रबन्धक केशवप्रसाद देवकोटाले मेगा बंैकको खाता खोल्ने, रकम जम्मा गर्ने, झिक्ने र १० लाखसम्मको सरल कर्जा शाखारहित बंैकिङबाट उपलब्ध हुने जानकारी गराए ।
सम्बन्धित समाचार
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- आज तीन मन्त्रीले शपथ लिँदै
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- विराटनगरमा आगोमा जलेर २ को मृत्यु, ४ घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- जेठ ३–७ मा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
- भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको कामको गुणस्तरमा सम्झौता नगर्न ओलीको आग्रह
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- विप्लव र प्रकाण्डसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी
Leave a Reply