गच्छदारको पद धरापमा
काठमाडौं । एकता प्रक्रियाबाट पुरानो घर नेपाली कांग्रेसमा फर्किएका नेता विजयकुमार गच्छदार अन्ततः पेन्डुलम हुने भएका छन् । एकताको एक वर्षसम्म पार्टीमा जिम्मेवारीविहीन बनाइएका उनलाई गत कात्तिक २० गते बसेको केन्द्रिय समिति बैठकले बहुमतका आधारमा उपसभापतिमा मनोनीत गरेको थियो । प्रक्रियाविपरीत मनोनीत गरिएको भन्दै रामचन्द्र पौडेलसमूहले विरोध जनाएको थियो । विधानविपरीत राजनीतिक निर्णय गरेर उपसभापति बनाइए पनि अहिले फेरि केन्द्रीय कार्यसमितिमा पेस गरिएको विधान पारित भएका उनी पेण्डुलम बन्नेछन् ।
अहिले कांग्रेस विधानले दुई जना उपसभापतिको कल्पना गरेको छैन । त्यहीकारण गच्छदारलाई राजनीतिक निर्णयका आधारमा एक जना उपसभापति विमलेन्द्र निधि हुँदाहुँदै उपसभापतिमा मनोनीत गरिएको थियो । तर, अहिले विधान संशोधनका लागि सभापति शेरबहादुर देउवा खेमाकै नेता पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित कमिटीले फेरि पनि पदाधिकारीको संख्या नबढाउने गरी संशोधित विधानको प्रस्ताव केन्द्रीय समिति बैठकमा पेस गरेको छ । यो प्रस्ताव देउवा समूहकै नेता संयोजक रहेको कार्यदलले पेस गरेको छ र पौडेल समूह गच्छदारको मनोनयसँग असन्तुष्ट भएको हुनाले संशोधन जस्तो पेस गरिएको छ, त्यस्तै पारित हुने बताइन्छ ।
यसो भएको अवस्थामा उपसभापति पद बचाइराख्न गच्छदारले महासमिति बैठक कुर्नुपर्ने हुन्छ । महासमितिले पदाधिकारी संख्या बढायो र उपसभापति पनि दुई जना राख्ने निर्णय ग¥यो भने मात्र उनको पद जोगिने नत्र खुस्कने बताइन्छ
सम्बन्धित समाचार
-
ओलीलाई प्रधानमन्त्रीबाट हटाउन देउवा तयार
-
बिमा कम्पनीहरू समस्यामा पर्दै
-
स्वास्थ्यका दर्जनौं उपकरण प्रयोगविहीन, करोडौं रकम स्वाहा
-
होला त काठमाडौं धूलोमुक्त ?
- माननीयमाथि यत्रो बात
- भ्रष्टाचार दाग नमेटिँदै तस्करी
-
१ खर्वभन्दा वढी लगानीका ठेक्का सम्झौता अलपत्र
-
कहाँ चुके रवीन्द्र ?
- कित्ताकाट घोषणामा रोकियो, व्यवहारमा उस्तै
- कांग्रेस महासमिति अस्तव्यस्त
-
कुरकुरे र रक्सी बेचेर उत्पादनमुखी भइन्छ ?
- अपांग कोषमा ब्रह्मलुट
Leave a Reply