गच्छदारको पद धरापमा
काठमाडौं । एकता प्रक्रियाबाट पुरानो घर नेपाली कांग्रेसमा फर्किएका नेता विजयकुमार गच्छदार अन्ततः पेन्डुलम हुने भएका छन् । एकताको एक वर्षसम्म पार्टीमा जिम्मेवारीविहीन बनाइएका उनलाई गत कात्तिक २० गते बसेको केन्द्रिय समिति बैठकले बहुमतका आधारमा उपसभापतिमा मनोनीत गरेको थियो । प्रक्रियाविपरीत मनोनीत गरिएको भन्दै रामचन्द्र पौडेलसमूहले विरोध जनाएको थियो । विधानविपरीत राजनीतिक निर्णय गरेर उपसभापति बनाइए पनि अहिले फेरि केन्द्रीय कार्यसमितिमा पेस गरिएको विधान पारित भएका उनी पेण्डुलम बन्नेछन् ।
अहिले कांग्रेस विधानले दुई जना उपसभापतिको कल्पना गरेको छैन । त्यहीकारण गच्छदारलाई राजनीतिक निर्णयका आधारमा एक जना उपसभापति विमलेन्द्र निधि हुँदाहुँदै उपसभापतिमा मनोनीत गरिएको थियो । तर, अहिले विधान संशोधनका लागि सभापति शेरबहादुर देउवा खेमाकै नेता पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित कमिटीले फेरि पनि पदाधिकारीको संख्या नबढाउने गरी संशोधित विधानको प्रस्ताव केन्द्रीय समिति बैठकमा पेस गरेको छ । यो प्रस्ताव देउवा समूहकै नेता संयोजक रहेको कार्यदलले पेस गरेको छ र पौडेल समूह गच्छदारको मनोनयसँग असन्तुष्ट भएको हुनाले संशोधन जस्तो पेस गरिएको छ, त्यस्तै पारित हुने बताइन्छ ।
यसो भएको अवस्थामा उपसभापति पद बचाइराख्न गच्छदारले महासमिति बैठक कुर्नुपर्ने हुन्छ । महासमितिले पदाधिकारी संख्या बढायो र उपसभापति पनि दुई जना राख्ने निर्णय ग¥यो भने मात्र उनको पद जोगिने नत्र खुस्कने बताइन्छ
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
दिल्लीमा देउवाको दौडधुप
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply