आईजी खनाल पुरानै पथमा
काठमाडौं । नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल पनि पुरानै पथमा हिँडेका छन् । बढी व्यावसायिक भनेर प्रचारमा आएका उनले आफ्ना विश्वासी केही अधिकारी खटाएर प्रहरी संगठनका स्वायत्त एकाइहरूमा पनि दखल दिन थालेका र स्वार्थअनुरूप काम लगाउन थालेको गुनासो आएको छ ।
निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा आफ्नो संयन्त्र परिचालन गरेर सत्यतथ्य उजागर गर्नुपर्नेमा त्यस्तो काममा शून्य प्रगति हासिल गरेका खनालले कुवेरसिंह राना आईजीपी हुँदा हटाइसकेको मार्सल टोलीलाई पुनः सक्रिय पारेका छन् ।
मार्सल टोलीले हरेक जिल्ला प्रहरी कार्यालयको लगत तथा आयव्यय जहाँबाट जतिबेला पनि माग्न सक्ने र अनुगमनसमेत गर्न सक्ने अधिकार राख्छ । टोलीले छड्के अनुगमन गर्ने र दोषी देखिए कारबाहीको सिफारिससमेत गर्न सक्छ । स्वायत्त जिप्रकाहरूलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्छ भन्ने मनशायले हटाइएको सो टोली आईजी खनालले फेरि ब्युँताएर एसपी सन्दीप भण्डारीलाई त्यसको प्रमुख बनाएका छन् । एसपी भण्डारी मुख्यालयसँगै रहेको एक नम्बर गणका प्रमुखसमेत हुन् । भण्डारीले सो जिम्मा पाएसँगै त्यसका आधारमा दुरुपयोग गर्दै हिँडेको बताइएको छ ।
सम्बन्धित समाचार
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- आज तीन मन्त्रीले शपथ लिँदै
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- विराटनगरमा आगोमा जलेर २ को मृत्यु, ४ घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- जेठ ३–७ मा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
- भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको कामको गुणस्तरमा सम्झौता नगर्न ओलीको आग्रह
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- विप्लव र प्रकाण्डसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी
Leave a Reply