भ्रष्टाचार दाग नमेटिँदै तस्करी
काठमाडौं । दुई दिनअघि विशेष अदालतमा सशस्त्र प्रहरीका पूर्वप्रमुखहरूको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइ थियो । सामान्य साक्षीको बयान दिएर त्यसलाई स्थगित गरिएको छ । यही कारणले विगतमा संगठनको नेतृत्व अकूत सम्पत्तिमा तानिएपछि गिरेको साख अझै यसले उठाउन सकेको छैन । अर्धसैन्य बल सशस्त्र प्रहरी आफ्नो जिम्मेवारी अझै बढाउने तयारीमा छ । तत्कालीन विद्रोही माओवादीसँग लड्न स्थापना गरिएको सशस्त्रलाई सीमा सुरक्षा, औद्योगिक सुरक्षा, भन्सार, उच्चपदस्थको सुरक्षा, दूतावास सुरक्षालगायत १३ वटा विभिन्न जिम्मेवारी दिएको भए पनि यसले कार्यक्षेत्र विस्तारमा कुनै कसर बाँकी राखेको छैन । अहिले त विभन्न विभाग र गण गुल्मको नामसमेत अंकमा परिवर्तन गर्न थालेको छ । अन्तर्राष्ट्रिय अवधारणामा लैजाने भन्दै गण गुल्मको नाम परिवर्तन गर्न थालेको हो ।
सांगठनिक व्यवस्थापनमा जहिल्यै विवादमा तानिँदै आएको सशस्त्र प्रहरी बल अहिले पनि विवादमुक्त बन्न सकेको छैन । सशस्त्र प्रहरीको नेतृत्व पटकपटक अकूत सम्पत्तिमा तानियो । सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षक सनत बस्नेत, शैलेन्द्र श्रेष्ठ, वासुदेव ओली र कोषराज वन्तको अकूत मुद्दा अहिले पनि विशेष अदालतमा कायमै छ । उनीहरूले सशस्त्र प्रहरीको सामान खरिद प्रकरणमा करोडौं रुपैयाँ आर्जन गरेको आरोप लाग्दै आएको छ ।
नेतृत्व परिवर्तनसँगै संगठन पारस्परिक ढंगले बलियो हुनुपर्ने सशस्त्रमा अहिले पनि सांगठनिक व्यवस्थापन औचित्यपूर्ण हुन सकेको छैन । नेतृत्वले गुटगत स्वार्थ हेर्दा नियमावलीमै समावेश गरिएको विषयले पूर्णता पाएको छैन । नियमावली प्रारम्भ भएको तीन महिनाभित्र सशस्त्र प्रहरी सेवा साधारण समूहअन्तर्गत कानुन र लेखा उपसमूह दरबन्दी सिर्जना गरिने र सोहीअनुसार कर्मचारी मिलान गर्ने उल्लेख गरिएको थियो । तर, दरबन्दी सिर्जना पनि भयो । तर, अहिलेसम्म लेखा र कानुन उपसमूहमा दरबन्दी मिलान गरिएको छैन । उल्टै खारेज गर्ने तहसम्म पुगिसकेको छ । महानिरीक्षक शैलेन्द्र खनालले कानुन र लेखा समूह खारेज गर्नुपर्ने प्रस्ताव गृह मन्त्रालयसम्म मात्रै पु¥याएका छन् । एआईजीको संयोजकत्वमा एउटा समिति बनाएर यी दुई उपसमूह खारेज गर्नुपर्ने प्रतिवेदन तयार गरेका थिए ।
उनी आएपछि सशस्त्रको मुख्य जिम्मेवारी सीमा सुरक्षा नै अहिले फितलो बनेको छ । ८७ वटा बोर्डर आउट पोस्ट (बीओपी) र २१ वटा सीमा सुरक्षा कार्यालय (बीएसओ) को भूमिकालार्ई अहिले खुम्च्याइएको छ । १२ वटा गणलाई गुल्ममा गाभिएको छ । प्रत्येक बीओपीमा ५० जनाको दरबन्दी र प्रहरी निरीक्षकको कमान्डमा खटिँदै आएका थिए । तर, अहिले त्यसलाई खुम्च्याएर एउटा बीओपीमा १२ जना त्यो पनि असइको कमान्ड छ । सीमा जस्तो संवेदनशील ठाउँमा आफ्नो प्रभाव बढाउनुपर्नेमा सशस्त्रले भूमिका खुम्याइदिएपछि सीमा सुरक्षा फितलो बनेको छ । भारतले नेपाली सीमामा ५ सय ३० वटा बीओपी स्थापना गरेर पहरा दिइरहेको छ । तर, नेपाली सीमामा सशस्त्रका ८७ वटा मात्रै बीओपी छन् ।
नियमावलीअनुसार क्रमशः हुनुपर्ने बढुवा प्रक्रियासमेत रोकिएका छन् । अहिले सशस्त्रमा साधारण समूहतर्फ ४० एसपी, १५ डीएसपी, ५० इन्सपेक्टर, कानुन र लेखातर्फ तीन÷तीनवटा एसपी डीएसपी र इन्सपेक्टरको दरबन्दी खाली छ । स्वास्थ्य उपसमूहमा एसएसपी र चारजना एसपी पद लामो समयदेखि रिक्त छन् । साधारण समूहमा एउटै पदमा १६ वर्षदेखि कार्यरत सशस्त्र प्रहरी अधिकृत छन् । १८ महिनादेखि दरबन्दी खाली भए पनि महानिरीक्षक खनालले पूर्ति गर्नेतर्फ प्रयास गरेको देखिँदैन । राज्य व्यवस्था समितिले पुस २५ गते गृहमन्त्री रामबहादुर थापा र गृहसचिव प्रेमकुमार राईलाई बोलाएर सशस्त्र प्रहरीभित्र नियमावलीले समेटेका कर्मचारीको वृत्ति विकास नरोक्न भनेको थियो ।
समितिले राज्यले दिएको जिम्मेवारीलाई प्रभावकारी रूपमा पूरा गरे पनि सीमा सुरक्षा, राजस्व चुहावट, लागुऔषध ओसारपसार नियन्त्रण र सीमा अपराध रोक्न थप प्रभावकारी रूपमा पूरा गर्न गृहमन्त्री थापाको ध्यानाकर्षण गराएको थियो । समितिको निर्देशन १५ दिन बितिसक्दा पनि पालना भएको छैन ।
तस्करी रोकिएन
प्रहरीले माघ ११ राति वीरगन्जको पोखरिया सडकखण्डको तिलावे पुलबाट ५ सय बोरा केराउले भरिएको ट्रक पक्राउ गर्यो । ट्रक पक्राउ परेको भोलिपल्ट केही व्यवसायीहरूले प्रहरीविरुद्ध नाराबाजी गरे । टायर बालेर सडक अवरुद्ध पारे । प्रहरीले लाठीचार्ज ग¥यो, केही घाइते भए । घाइते हुनेमा चारजना पत्रकार पनि थिए । ६÷७ जना व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लियो । हुलदंगा गरेको आरोपमा पक्राउ पर्नेमा पर्सा विन्ध्यवासिनी गाउँपालिका–४ का उत्तम तिवारी भनिने निरञ्जन तिवारी, चिन्टु भनिने शंकरपुकार तिवारी, सोनालाल साह, रवि गुप्ता, दामोदर तिवारी, सन्तोष गुप्ता र नवलकिशोर साह थिए । ना४ख १२२ नम्बरको ट्रकमा २५ टन (पाँच सय बोरा) केराउ लोड गरी बहुअर्वा गोदाममा गइरहेको अवस्थामा प्रहरीले तिलावे पुलबाट ट्रक पक्राउ गरेको थियो । व्यवसायीहरूले भारतीय सीमा नाकाभन्दा सात किलोमिटर वरै ट्रक पक्राउ गरेकोमा प्रहरीको विरोध गरेको थियो । प्रहरीलाई घुस नदिएकाले केराउ लोड भएको ट्रक पक्राउ गरेको व्यवसायीहरूले बताएका थिए ।
तस्करीको कपडामा पनि सशस्त्रको आँखा
सशस्त्र प्रहरीले वीरगन्जबाट धानसँगै लुकाएर ल्याएको ठूलो परिमाणमा कपडा बरामद गरेको थियो । सशस्त्र प्रहरीले ना२त १६४८ नम्बरको ट्याक्टरमा धानको बोराले छोपेर ल्याउँदै गरेको ५० बण्डल कपडा बरामद गरेपछि व्यवसायीसँग बार्गेनिङ गरेको खुलेको छ । अवैध रूपमा भन्सार छलेर ल्याउँदै गरेका साडी, कुर्ता सलवार, सर्टिङ सुटिङ, सर्ट पाइन्टका थान कपडा बरामद भएको थियोे कपडाको बजार मूल्य ६० लाख रूपैयाँ हुने अनुमान गरिएको थियो ।
सम्बन्धित समाचार
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
Leave a Reply