राजनारायण पाठकमाथि यसरी हुँदै छ कारबाही
![राजनारायण पाठकमाथि यसरी हुँदै छ कारबाही राजनारायण पाठकमाथि यसरी हुँदै छ कारबाही](https://ebudhabar.com/wp-content/uploads/2019/02/Raj-Narayan-1024x965.jpg)
काठमाडौं । अख्तियार दुरुपयोेग अनुसन्धान आयोगले ७८ लाख घुस काण्डमा मुछिएका पूर्वआयुक्त राजनारायण पाठकमाथि छानबिन सुरु गरेपछि भ्रष्टाचारको अभियोगमा कारबाही हुने निश्चित भएको छ । कारबाही छल्न राजीनामा दिएका पाठकमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्वयंले क्षेत्राधिकारभित्र रहेर कारबाही गर्न मिल्ने सरकारी वकिल महान्यायाधिवक्ता कार्यालयको सुझावपछि उनीमाथि छानबिन सुरु भएको छ । छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन सदस्यीय छानविन टोली गठन गरेको छ । तर, अनुसन्धान प्रभावित हुन सक्ने भन्दै आयोगले सहसचिवको नेतृत्वमा गठित छानबिन टोलीको नाम भने सार्वजनिक गरेको छैन ।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ मा ५० लाखदेखि एक करोडसम्म घुस लिनेलाई ६ वर्षदेखि आठ वर्षसम्म कैद सजायको प्रावधान छ । संवैधानिक अंगका पदाधिकारीलाई थप तीन वर्ष सजाय हुने व्यवस्था रहेकाले कसुर पुष्टि हुँदा पाठक कम्तीमा ११ वर्ष जेल सजायको भागिदार हुन सक्नेछन् । साथै, घुस रकम बिगो असुलउपर गर्नसमेत अदालतले आदेश दिन सक्नेछ । तर, त्यस निम्ति पर्याप्त प्रमाणसहित छानबिनपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गर्नुपर्नेछ । पाठकमाथि कारबाहीका लागि घुस लिएको स्वीकर गरेको भिडियो नै पर्याप्त प्रमाणका रूपमा सार्वजनिक भएको छ । यसका अलवा घुस दिनेहरूले आयोगलाई दिने बयान, पाठक स्वयंको बयानलाई पनि प्रमाणका रूपमा पेस गर्न सकिने कानुन व्यवसायीहरूले बताउने गरेका छन् ।
पूर्वआयुक्त पाठकले भक्तपुरको नेपाल इन्जिनियरिङ क्याम्पसको विवाद मिलाइदिने भन्दै ७८ लाख घुस लिएको सार्वजनिक भएपछि राजीनामा दिएका थिए । पाठकमाथि सत्तारूढ दल नेकपाले महाभियोग लगाउने तयारीसँगै उनले गत फागुन ३ गते राष्ट्रपतिसमक्ष राजीनामा दिएका थिए । इन्जिनियरिङ कलेजको स्वामित्व विवाद सल्टाइदिने भन्दै कलेज सञ्चालक समितिका एक समूहसँग ७८ लाख रुपैयाँ घूस लिएको समाचार सार्वजनिक भएपछि उनी नैतिक दबाबमा परेका थिए । पूर्वआयुक्त पाठकले घूस लिएर पनि काम नगरेको आक्रोशमा पैसा फिर्ता लिन घुस दिनेहरूले उनलाई घुस दिएको विषयमा कुरा गर्दै पैसा फिर्ता मागेको भिडियो बनाएका थिए । उक्त भिडियो सामाजिक सञ्जालहरूमा भाइरल बनिरहेको छ ।
आयोगका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीको पालामा पाठकले आयोगको सदस्यमा नियुक्ति पाएका थिए । तर, उनीमाथि भ्रष्ट्राचार अभियोगमा मुद्दा दर्ता भएमा कार्कीमाथि पनि अख्तियारमै परेको पुरानो उजुरी, नक्कली सर्टिफिकेटलगायत विषयमा छानबिन अगाडि बढ्न सक्ने बताइन्छ । त्यस्तै, सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली, राजीनामा दिएका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीलगायतलाई पनि नक्कली सर्टिफिकेट पेस गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाउन सक्ने बताइन्छ । तर, आयोगले यी सबै काम गर्ला कि नगर्ला ? आमचासोको विषय बनेको छ ।
सम्बन्धित समाचार
-
आज तीन मन्त्रीले शपथ लिँदै
-
दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
-
विराटनगरमा आगोमा जलेर २ को मृत्यु, ४ घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो
-
एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
-
जेठ ३–७ मा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
-
भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको कामको गुणस्तरमा सम्झौता नगर्न ओलीको आग्रह
-
एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
-
विप्लव र प्रकाण्डसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी
-
चार प्रदेशमा विहानैदेखि बर्षा
Leave a Reply