होला त काठमाडौं धूलोमुक्त ?
काठमाडौं । काठमाडौँ महानगरपालिकाले काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका सडक धुलोमुक्त बनाउने आधुनिक प्रविधियुक्त पाँच ओटा ब्रुमर सञ्चालनमा ल्याएपछि काठमाडौँबासीले धुलोबाट केही मुक्ति पाउने आशा गरेका छन् । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले केही दिन अघि राजधानीको राष्ट्रियसभा गृहमा एक औपचारिक कार्यक्रमको आयोजना गरी ब्रुमरको औपचारिक शुभारम्भ गरेसँगै अब काठमाडौँ महानगरवासीले केही हदसम्म भए पनि धुलोबाट मुक्ति पाउने अपेक्षा गरेका छन् ।
सफा र स्वच्छ शहरको योजनाबद्ध विकास र विस्तार गर्दै महानगरपालिकालाई धुलो मुक्त बनाउँन युरो ४ एमिसन स्टाण्डर्डको डुभेलो ६००० मोडलका यी ब्रुमरले महानगरपालिका भित्रका पाँच ओटा रुट बनाएर प्रत्येक दिन प्रत्येक बु्रमरले दैनिक ८ घण्टाका दरले काम गरिरहेका छन् । डिजेलबाट चल्ने १०७ किलोवाठ इन्जिन क्षमता रहेका यी ब्रुमरले प्रत्येक रात १२ देखि १६ टनसम्म धुलो सफा गर्दै आएका छन् ।
मेयर शाक्यले निर्वाचनका बेला आफू निर्वाचित भएपछि बु्रमरबाट महानगरका सडक सफा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । यी बु्रमर सञ्चालनमा आएसँगै उनको यो चुनावी एजेण्डाले केही हदसम्म भए पनि मुर्तरुपम प्राप्त गरेको छ । महानगरपालिकाले पहिलो पटक भित्र्याएका यी बु्रमरमा ५ सय लिटर पानी र ४.६८ घनमिटर धुलो भण्डारण गर्न सक्ने क्षमता रहेकोे छ । त्यसैगरी यो बु्रमरको अगाडि एउटा, छेउमा दुईवटा र बीचमा एउटा गरी चारवटा ब्रस रहेका छन् । ब्रसले न्युनतम २६ सय मिलि मिटर र अधिकतम २६ सय मिलिलिटर चौडाइमा सफा गर्न सक्छ भने यो सफाई गर्ने क्रममा यसको अधिकतम गति १० किलोमिटर प्रतिघण्टा रहेको छ । इटालीबाट ल्याएका यी बु्रमरको मूल्य यहाँसम्म ल्याई पुर्याउँदा प्रतिगोटा २ करोड १५ लाख १७ हजार ४ सय ३६ रुपैँया रहेको महानगरपालिकाले जानकारी दिएको छ ।
अझै दुई ओटा ब्रमर ल्याउँछौँः मेयर
महानगरपालिका क्षेत्रभित्रका सडकमा ब्रुमर कुद्न थालेपछि महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पनि केही राहतको स्वास फेरेका छन् । मेयर निर्वाचित भएको दुई वर्ष वितिसक्दा पनि केही गर्न नसकेको भन्ने आरोप खेपिरहेका शाक्यले यी पाँच ओटा बु्रमरले काम शुरु गरेसँगै केही राहतको महशुस समेत गरेका छन् । शाक्यले ब्रमरको परिक्षण सफल भएपछि अझै थप दुई ओटा ब्रुमर ल्याउने भन्दै यो महानगरपालिकाको सकारात्मक काम भएको जानकारी दिए । ‘अहिले हामीले यी पाँच ओटा ब्रुमर परिक्षणको रुपमा सञ्चालन गरेका छौँ । यो सुरुवात हो,’ शाक्यले भने, ‘आश्वश्यक परे अझै दुई ओटा ब्रुमर थप गरेर महानगरपालिका क्षेत्रलाई धुलोमुक्त बनाउँछौँ ।’ शाक्यले महानगरले मात्रै गरेर केही नहुने भन्दै सबैको सहयोग अपरिहार्य भएको पनि बताएका छन् । ‘हामीले महानगरपालिका भित्रका सडकमा ब्रमर कुदाउने अनि धमाधम बन्दै गरेको पूर्वाधारका सामाग्री जथाभावी मिल्काउने हो भने हाम्रो प्रयास असफल हुन्छ,’ उनले,‘ठेकेदार कम्पनीहरुले पनि यो कुराको ख्याल गरेर सफा र सुन्दर महानगर बनाउने अभियानलाई सहयोग गर्नुपर्छ ।’ शाक्यले तीन मिटर भन्दा तलका गल्लीमा पनि ब्रमर कुदाउने गरी तयारी थालेको बताए ।
विस्तारै महानगरपालिकाले राम्रो काम गरेको भन्दै राम्रो काम गर्न कसैसँग पनि डराउनु नपर्ने भन्दै मेयर शाक्यले राम्रो काम गर्न अख्तियारसँग पनि डराउनु नपर्ने दाबी गरे । ‘हामीले राम्रो काम गर्ने हो । हामी गर्दै जान्छौँ । विरोध गर्न कै लागि कसैले नराम्रो लेख्छन् भने त्यसले केही असर गर्दैन,’ उनले भने । उहाँले पाँच ओटा बु्रमरले दैनिक साँझ ८ बजेदेखि विहान चार बजेसम्म सडक सफा गरिहेका छन् । अहिले दैनिक साँझ आठ बजेदेखि बिहान चार बजेसम्म ती ब्रुमरले सझा गरिहेका छन् । काठमाडौँ महानगरपालिका वातावरण व्यवस्था विभागका प्रमुख हरि श्रेष्ठ अहिले बु्रमरले दरबारमार्ग वरीपरी, त्रिपुरेश्वर, कालीमाटी, कलंकी, सामाखुशी, बानेश्वर ज्ञानेश्वरलगायतका क्षेत्रमा सफा गरिरहेका छन् ।
सडकका खाल्टाखुल्टी पुर्न निर्देशन
महानगरपालिका क्षेत्र भित्रका सडकमा बु्रमर कुद्न थालेपछि अहिले सडकका खाल्टाखुल्टी पुर्ने लगायतका लागि सडक विभाग, खानेपानी संस्थान, मेलम्ची खाने पानीसँग पनि महानगरपालिकाले समन्वय गरी रहेको छ । मयेर शाक्यले सबै क्षेत्रसँग समन्वय भैरहेको भन्दै अब वर्खा अघि नै महानगरका सडक सफा हुने दाबी गरे । मेयर शाक्यले ब्रुमर किन्न खोज्दा अनेकन शंका आशंका गरिएको भन्दै गर्दै सानो योजना पूरा गर्दा पनि ठूलो युद्ध नै जितेजस्तो हुने अवस्था सरकारी क्षेत्रमा रहेको गुनासो गर्नुभयो ।
टेकुमै धुलो व्यवस्थापन
पाँच ओटा नयाँ बु्रमर सञ्चालनमा ल्याएलेखि अहिलेसम्म महानगरले करीब ७२ टन धुलो संकलन गरेको वातावरण विभागले जानकारी दिएको छ । अहिले त्यो सबै धुलो टेकुमै व्यवस्थापन हुँदै आएको छ । धुलोलाई कसरी उपयोग गर्ने भन्ने बारेमा पनि छलफल भैरहेको महानगरले जानकारी दिएको छ ।
बु्रमर चलाउन चुनौति पनि उत्तिकै
काठमाडौँ महानगरपालिका क्षेत्रभित्र पाँच ओटा ब्रुमर कुद्न थालेका छन् । तर, यसका चुनौति पनि त्यत्तिकै छन् । ब्रुमर अर्थात यान्त्रिक कुचो विदेशका चिल्ला सडक सफा गर्न प्रयोग हुँदै आएका छन् । नेपालमा भने त्यस्तो छैन । काठमाडौँका धुलाम्य सडक, अव्यवस्थित बाटाहरु, दिनहुँ बन्दै गरेका भौतिक पूर्वाधार जस्ता कुराले काठमाडौँबासीको सफा सडक देख्ने चाहनामा तुषरापात हुने हो कि भन्ने चिन्ता पनि त्यत्तिकै छ । बु्रमरले तान्नै नसक्ने गिटी, ईंटा, बालुवाले ब्रुर्मरलाई निकै अप्ठ्यारो परेको महानगर आफँैले स्वीकार गरेको छ । महानगरपालिका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले मानिसहरूले जथाभावी फोहोर फालेर अमानवीय व्यवहार प्रदर्शन गर्दा पनि समस्या भएको बताए । बु्रमर चलउँदा दरबारमार्ग, न्युरोड सडक, पुतली सडक लगायतको बजारी क्षेत्रमा जताततै राति सडकमा अत्यधिक फोहोर फालिएको पाइएको श्रेष्ठको भनाई छ । मेलम्ची खानेपानी आयोजनाले खनेका सडकका खाल्डाखुल्डीमा थुपारिएका गिटी, बालुवा र घर निर्माणकर्ताले थुपारेका निर्माण सामग्रीले बु्रमरको कामका बाधासँगै यसको आयु घटाउने काम गरिरहेको श्रेष्ठको तर्क छ । ।
सम्बन्धित समाचार
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- एमालेको संकल्प यात्राले किन भोली एक दिनका लागि मध्यपहाडी रुट छाड्दैछ ?
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
- विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
- ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- राष्ट्रिय टिमबाट सन्दीपले लिए नाम फिर्ता
Leave a Reply