एउटै निर्देशनले करोडौं स्वाहा
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त हुँदा प्रक्रियागत त्रुटि भए पनि त्यसलाई सच्याउने काम गरिएको छैन । कोषको उपाध्यक्षमा अवधेश त्रिपाठी दोस्रोपटक नियुक्त हुँदा प्रक्रियागत रूपमा त्रुटि देखिएको थियो ।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवले कोषको उपाध्यक्षमा त्रिपाठीलाई नियुक्त गरेको थियो । तर, त्रिपाठीले एक वर्ष उपाध्यक्ष चलाएपछि उनी पदमुक्त हुन पुगेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि ‘पूर्ववर्ती सरकारले गरेको सबै राजनीतिक नियुक्ति खारेज गर्ने’ निर्णय गरेको थियो । सोही निर्णयबमोजिम उपाध्यक्ष त्रिपाठी पदमुक्त हुन पुगेका थिए । तर, त्रिपाठी पदमुक्त भए पनि हेलिकोप्टर दुर्घटनामा परी दिवंगत भएका तत्कालीन संस्कृतिमन्त्री रवीन्द्र अधिकारीको पालामा त्रिपाठीले पुनः नियुक्ति पाएका थिए ।
तर, पछिल्लो पटक त्रिपाठीलाई उपाध्यक्षमा नियुक्त गर्दा भने प्रक्रियागत त्रुटि देखिन पुगेको थियो । कोषको ऐनमा कुनै पनि व्यक्तिले पुनः नियुक्ति पाउँदा पहिला पूरा गरेको अवधि कटाएर बाँकी अवधिका लागि मात्र नियुक्ति पाउने व्यवस्था रहेको छ । सो हिसाबले जितेन्द्रनारायण देवको पालामा नियुक्ति पाएपछि त्रिपाठीले एक वर्ष अवधि पार गरिसकेका थिए र पछिल्लोपटक नियुक्ति पाउँदा उनले चार वर्षका लागि मात्रै नियुक्ति पाउनुपथ्र्यो । कोषको उपाध्यक्षको अवधि पाँच वर्षको हुने भएको हुँदा ऐनअनुसार त्रिपाठीको एक वर्षे अवधि कटाएर चार वर्षको मात्र नियुक्ति हुनुपथ्र्यो । तर, पछिल्लोपटक नियुक्ति पाउँदा उनलाई पाँच वर्षकै लागि भनेर तोकिएको हुँदा प्रक्रियागत रूपमा त्रुटि हुन पुगेको थियो ।
उपाध्यक्ष नियुक्तिमा प्रक्रियागत त्रुटि भएपछि उच्च अदालत, पाटनमा मुद्दा परेको थियो । तर, अदालतले भने ‘प्रक्रियागत त्रुटि भएको’ स्विकारे पनि सो मुद्दामा अन्तरिम आदेश भने दिएन । अहिले पनि त्यो मुद्दा किनारा लागिसकेको छैन ।
यसैगरी, लुम्बिनी क्षेत्रमा प्रयोग गर्न ल्याइएका विद्युतीय सवारीसाधनहरूका लागि चार्जिङ गर्न निर्माण गरिएको चार्जिङ स्टेसन अन्यत्रै सार्न प्रधानमन्त्री ओलीले निर्देशन दिएपछि राज्यलाई करोडौं नोक्सान पर्ने देखिएको छ । विद्युतीय गाडी ल्याइने टुंगो लागेपछि लुम्बिनीको करिब ५ हजार मानिस अट्ने हलनजिकै चार्जिङ स्टेसन निर्माण गरिएको थियो । करोडौं रकम खर्चिएर सो चार्जिङ स्टेसन निर्माण गरेपछि हलमा हुने कार्यक्रमलाई असर पुग्ने बताउँदै त्यहाँबाट अन्यत्रै चार्जिङ स्टेसन सार्न लगाइएको छ ।
अहिले सो चार्जिङ स्टेसनका लागि सोलारको समेत व्यवस्था गरिसकेको थियो । तर, एकाएक चार्जिङ स्टेसन सार्ने भएपछि करोडौं रकम पानीमा बग्न पुगेको बताइन्छ ।
सम्बन्धित समाचार
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- आज तीन मन्त्रीले शपथ लिँदै
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- विराटनगरमा आगोमा जलेर २ को मृत्यु, ४ घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- जेठ ३–७ मा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
- भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको कामको गुणस्तरमा सम्झौता नगर्न ओलीको आग्रह
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- विप्लव र प्रकाण्डसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी
Leave a Reply