डेंगु ज्वरो र बच्ने उपाय
परिचय
डेंगु ज्वरो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक सरुवा रोग हो । डंगुका विषाणुद्धारा संक्रमित भएको एडिस एडिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्दछ । यो रोग मानिसबाट सीधै सर्दैन, लामखुट्टेबाट मात्र सर्दछ । रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी पाइन्छ । यसले स–साना सफा पानी जमेका स्थानमा फुल पार्छ । खासगरी वर्षाको पानी जम्ने टिनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अल्कत्रा वा मट्टीतेलका खाली ड्रमहरू, फूलदान, गमला, कुलर, पानीका ट्यांकी आदिमा यसले फुल पार्छ । यस लामखुट्टेले दिनमा मात्र टोक्ने गरेको पाइन्छ । वर्षात्को महिनासँगै जताततै पानी जम्न थालेपछि यो रोगको प्रकोप हुने गरेको पाइन्छ ।
डेंगु ज्वरोका मुख्य लक्षणहरू
डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासि उच्च ज्वरो आउनु हो । यो ज्वरो पाँच–सात दिनसम्म रहन सक्छ । त्यसपछि ज्वरो आउनुका साथै निम्नलिखित लक्षणहरू देखापर्छन् ः
० आँखाको गेडी तथा टाउकोको पछिल्लो भाग असाध्यै दुख्ने ।
० ढाड, जोर्नी तथा मांसपेसीहरू दुख्ने ।
० शरीर कटकटी दुख्ने ।
० शरीरमा बिमिरा आउने, रक्तश्राव हुने ।
धेरै ज्वरो आई माथि दिइएकामध्ये दुई वा दुईभन्दा बढी लक्षण देखापरे डेंगु ज्वरो भएको शंका गर्न सकिन्छ । यसका साथै वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने, शरीरमा नीलडाम देखापर्ने, बेहोस हुने आदि लक्षणहरू पनि देखापर्न सक्छ ।
डेंगु ज्वरोका उपचार
डेंगु ज्वरो विषाणु भाइरसको कारणबाट हुने भएकाले यसको खास उपचार छैन । स्वास्थ्य संस्थामा यसको लक्षणानुसार उपचार गरिन्छ । ज्वरो घटाउन सिटामोल खानुपर्छ तथा प्रशस्त झोल पदार्थ खानुपर्छ । एस्पिरिन तथा आइबुप्रोफेनजस्ता औषधि खानुहँुदैन । डेंगु ज्वरोविरुद्धको खोप तथा खास उपचारसमेत नभएको हुँदा लामखुट्टेको टोकाइबाट बच्नु नै यस रोगको बचावटको मुख्य उपाय हो । डंगु ज्वरोको शंका लागे हुन सक्ने जटिलताबाट बचाउन तत्काल नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ ।
डेंगु ज्वरोबाट बच्ने उपाय
डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ साथै लामखुट्टेको वृद्धि रोक्न यस रोगको रोगथाम गर्न सकिने भएकाले निम्न उपायहरू अपनाउनु बेस हुन्छ ः
० वर्षात्को पानी जम्न सक्ने भाँडाहरू जस्तै फालिएको खाली बट्टा, अल्कत्रा वा मट्टीतेलका खाली ड्रमहरू, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्दछ ।
० पानी जमिहालेको खण्डमा हप्तामा दुईपटक पानी वरिपरि डढेको मोबिल वा मट्टीतेल छर्कने, पानीका ट्यांकीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ ।
० कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक÷दुई चम्चा मट्टीतेल हालिदिने साथै पाँच÷पाँच दिनमा जम्मा भएको पानी सफा गर्ने ।
० फूलदानीमा रहेको पानी हप्तामा दुईपटक फेर्नुपर्छ । गमलाको पानी पनि हप्तामा दुईपटक सुक्न दिनुपर्दछ । सम्भव नभए दुई चम्चा डढेको मोबिल वा मट्टीतेल हालिदिनुपर्छ । त्यस्ता भाँडालाई पानी जम्न नदिएर घोप्ट्याएर राख्नुपर्छ ।
‘लामखुट्टेको टोकाइबाट जोगौं
डेंगु ज्वरोबाट बचौं’
थप जानकारीका लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोला ।
नेपाल सरकार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र
टेकु, काठमाडौं ।
पो ब नं १०६७२, फोन नं. ०१४२५४६१३, ४२५४२७१
फ्याक्स नं. ०१४२६१३८७
सम्बन्धित समाचार
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- आज तीन मन्त्रीले शपथ लिँदै
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- विराटनगरमा आगोमा जलेर २ को मृत्यु, ४ घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- जेठ ३–७ मा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
- भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको कामको गुणस्तरमा सम्झौता नगर्न ओलीको आग्रह
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- विप्लव र प्रकाण्डसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी
Leave a Reply