समान पीडा
शिव रेग्मीले सिंगो जीवन नेपाली भाषा–साहित्यको प्रवद्र्धनमा बिताए । भाषा–साहित्यसँग जोडिएका खोज–अनुसन्धानमूलक कार्यमा उनको गहिरो अभिरुचि रह्यो । त्यही अभिरुचिले डोरिँदै जाँदा उनले बाँचुन्जेलको समय नेपाली भाषामा प्रकाशित साहित्यिक पत्रपत्रिका संकलन गर्नमा खर्चिए । उनको संकलनमा महŒवपूर्ण भाषा–साहित्यका ठेलीहरू छन् । तर, केही वर्षपूर्व उनको निधन भएसँगै नेपाली भाषा–साहित्यका नयाँ–पुराना गहन सामग्री सम्हाल्ने जिम्मा अहिले उनकी सुपुत्रीको काँधमा आएको छ ।
हबिब तनवीर भारतीय नाट्य जगत्का प्रख्यात र प्रतिबद्ध रंगकर्मी हुन् । करिब आधा शताब्दी नै भारतीय रंगमञ्चमा सक्रिय रहेका तनवीरले बाँचुन्जेलसम्म सयौं किताब बटुले, चिठीपत्र, नाटक र डायरीहरू लेखे । एक दशकअघि नै बितिसके उनी । उनकी सुपुत्री नगीन तनवीरले आफ्नो पिताको देहावसानपछि अलपत्र परेका तिनै किताब, चिठीपत्र, नाटक र डायरीहरूलाई सुरक्षित÷संरक्षित राख्न कदम उठाइन् ।
नेपाली साहित्यिक पत्रपत्रिकाको इतिहास जोगाएर राख्ने रेग्मीकी सुपुत्री र भारतीय रंगमञ्चका अग्ला धरोहर तनवीरकी सुपुत्रीले आफ्ना पिताको योगदानलाई अक्षुण्ण राख्न गरेका प्रयत्न अरू स्रष्टा, सर्जक र अनुसन्धानकर्ताका सन्ततिका लागि राम्रो सिकाइ हुन सक्छ । तर, आफ्ना अग्रजका देनलाई सम्हाल्ने–सजाउने कार्यमा ऊर्जा खर्चिंदा यी दुवै सर्जकका सन्तानले भोग्नुपरेका पीडा भने समान नहोला भन्न सकिँदैन । किनभने, कुनै ऐतिहासिक सामग्री जोगाएर राख्नु त्यति सहज कार्य छैन । शिशुहरूलाई जस्तै स्याहार–सुसार र हेरचाह गर्नुपर्छ, माया अर्पिनुपर्छ, घामपानीबाट बचाउनुपर्छ, कुनै ऐतिहासिक दस्तावेजलाई वर्षौंसम्म जोगाएर राख्नका निम्ति । यो कठिन कार्य हो ।
यी दुवै सर्जकका सुपुत्रीको सोच पनि समान नै देखिन्छन् । केही वर्षपूर्व एक भारतीय पत्रिकामा हबिब–पुत्री नगिनले ती ऐतिहासिक दस्तावेजहरू कुनै संस्थालाई सुम्पिने विचार राखेकी थिइन् । उनले विचार गरेकी थिइन्– भारतका चर्चित संस्थाहरू राष्ट्रिय नाटक विद्यालय र इन्दिरा गान्धी राष्ट्रिय कलाकेन्द्रलाई सुम्पिने । रेग्मी–पुत्रीले पनि त्यस्तै सोच–विचार कल्पेका पत्रकार रमण घिमिरेले एकाध दिनअघि एक आलेखमा उल्लेख गरेका थिए । हुन पनि परिवारका सदस्यहरूमा आफ्ना अग्रजले जीवनभर लगानी गरेका चिज संरक्षित तरिकाले राख्ने चाहना नहोला भन्न सकिँदैन । तर, भावनाले मात्र काम गर्दैन । कुनै एक व्यक्ति वा परिवारले ऐतिहासिक–महŒवपूर्ण दस्तावेजहरू संरक्षित रूपमा राख्न अनेक समस्या झेल्नुपर्ने हुन सक्छ । दैनिक जीवन सञ्चालन÷यापनका निम्ति समय र ऊर्जा अन्यत्रै लगानी गर्नुपर्ने बाध्यताबीच त्यस्ता दस्तावेजहरूलाई स्याहारेर बस्नु कष्टप्रद कार्य हो ।
प्रश्न उब्जिन्छ– त्यसो भए यस्ता कार्यमा के राज्यले संरक्षण गर्न तत्परता देखाउला ? वा कुनै गैरसरकारी निकाय अर्थात् पुस्तकालयहरूले त्यस्ता सामग्रीहरूलाई जतन गर्ने दिशातिर कदम उठाउला ? चाह्यो भने राज्य वा कुनै निजी पुस्तकालयले संरक्षण गर्ने दायित्व उठाउन सक्छन् । तर, त्यसका निम्ति मुख्यतः राज्य वा कुनै पुस्तकालय कति गम्भीर र जिम्मेवारीबोधको भावनाले ओतप्रोत छ भन्ने कुरा हो ।
राज्यले तत्परता देखायो भने नहुने भन्ने केही छैन । राष्ट्रिय पुस्तकालयकै सन्दर्भलाई उप्काउन सकिन्छ । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले राष्ट्रिय पुस्तकालयको भवन भत्किन पुग्यो । सो भवन भत्किएपछि सो पुस्तकालयमा रहेका हजारौं पुस्तक, पत्रपत्रिका, जर्नललगायत महŒवपूर्ण सामग्रीहरू अलपत्र छन् अझै । नयाँ पुस्तकालय भवन निर्माण गरेर अलपत्र परेका पुस्तक÷पत्रपत्रिकाहरूको संरक्षण गर्न राज्य अझै चुकेको देखिन्छ । तर राष्ट्रिय पुस्तकालय सरकारले एक व्यक्तिको पुस्तकालय किनेर स्थापना गरेको इतिहास हामीसामु ज्युँदै छ । राणाकालीन प्रधानमन्त्री चन्द्रशमशेरका कुलगुरु हेमराज शर्माको पुस्तकालयलाई नै सरकारले किनेर राष्ट्रिय पुस्तकालयको रूप दिइएको थियो । ती पुस्तकहरू अहिले राष्ट्रको सम्पत्ति र सम्पदाका रूपमा रहेकोमा दुईमत छैन ।
कुनै नागरिकले सोख, पठन–अभिरुचि वा आफ्नो खोज–अनुसन्धानका निम्ति महŒवपूर्ण दस्तावेजहरू संगृहीत गर्न सक्छन् । तर, सोख वा अरु कारणले संग्रह गरेका चिजहरू नै अन्ततः बौद्धिक सम्पत्तिको रूपमा बदलिन पुग्छन् । त्यस्ता सामग्रीहरू उसका परिवारका निम्ति घाँडो त नबन्ला तर परिवारका सदस्यहरूले राज्य वा कुनै विश्वासिला निजी पुस्तकालयलाई दिने चाहना राख्छन् भने त्यसलाई स्वीकार गर्नु बुद्धिमानी नै हुने देखिन्छ । ऐतिहासिक महŒवका पुस्तक–पत्रपत्रिका वा अरू सामग्रीहरू सुरक्षित राख्नुको अर्थ भविष्यका पुस्ताका लागि बौद्धिक सम्पत्ति र खुराक सञ्चयन गर्नु पनि हो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरलाई संग्रहालयमा बदल्ने सरकारको प्रयत्नलाई सबैले सराहना गरे । त्यो आवश्यक पनि थियो । राष्ट्रका एक महान् प्रतिभाको घरलाई जीर्णोद्धार गरेर संग्रहालयका रूपमा विकास गर्ने कार्य स्तुत्य छ । अब शिव रेग्मी वा उनीजस्ता अरू सर्जक–अनुसन्धानकर्ताले गरेका प्रशंसनीय कार्यको उचित कदर गर्ने दिशातिर पनि राज्यले कदम चाल्नु वाञ्छनीय देखिन्छ । यस्तो कार्यमा विलम्ब नगरी तदारुकता अपनाउनेतिर लाग्नु उचित नै हुने देखिन्छ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply