पाँच डीआईजीका लागि दर्जनको दौडधुप
काठमाडौं । सशस्त्र प्रहरी बलले डीआईजी बढुवाका लागी आवेदन दिन सुचना प्रकाशित गरेपछि प्रतिस्पर्धी एसएसपीहरूबीच दौडधुप चलेको छ । गृह मन्त्रालयको बढुवा समितिले आइतबार रिक्त पदका लागि सूचना प्रकाशित गरेको हो ।
बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलद्वारा हस्ताक्षरित सूचनामा आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपिहरू संलग्न गरी मूल्यांकन फाराम भरी सात दिनभित्र पेस गर्न उल्लेख गरिएको छ ।
सशस्त्र प्रहरी बलका ६ जना डीआईजीले अवकाश पाएपछि सशस्त्रले बढुवाको प्रक्रिया अघि बढाएको हो । डीआईजीहरू सुरजकुमार श्रेष्ठ, बाबुराम पाण्डे, अरविन्द धिताल, रामप्रकाश श्रेष्ठ, वसन्त बानियां र राजुराम सुवालले अवकाश पाएका थिए । रिक्त दरबन्दीमा बढुवाका लागि एसएसपीहरू हरिशंकर बुढाथोकी, राजेन्द्र बस्नेत, केबी ब्रम्हाचार्य, हरिशचन्द्र अधिकारी, किशोर प्रधान, वंशिराज दाहाल र अभिकुमार खत्री लगायत प्रतिस्पर्धामा छन् । एसएसपीहरू बुढाथोकी, बस्नेत, अधिकारी र ब्रम्हाचार्य नेपाली सेनाबाट सशस्त्रमा सेवा प्रवेश गरेका हुन् । उनीहरूको ब्याच र जुनियरहरूसमेत डीआईजीमा बढुवा भए पनि तीनजनालाई भने बढुवाबाट वञ्चित गरिएको थियो । तीनैजनाको बढुवा नुहुनुमा कार्यसम्पादनलाई कारण बनाइए पनि पटकपटक बढुवामा उनीहरूलाई छुटाइएकोमा संगठनभित्रै गुनासो छ । यता यस्तै एसएसपीहरू प्रधान, दाहाल र खत्री नेपाल प्रहरीबाट सशस्त्रमा आएका हुन् । प्रधान प्राविधिक इन्सपेक्टरमा रुपमा भर्ना भएका थिए । उनी दाहालभन्दा एक वर्षपछि भर्ना हुनुका साथै एसपीसम्म जुनियरसमेत थिए । तर, एसपीबाट एसएसपी हुँदा उनलाई वन्तले सिनियर बनाएका थिए । हाल उनी विपत् व्यवस्थापन तालिम केन्द्र कुरिनटारमा प्रमुख छन् ।
केही दिन अघि नियमित अवकाश पाउनु अघि सशस्त्र प्रहरीका तीन डीआईजीले कार्यकाल बढाएर अन्य कर्मचारीहरूको वृत्ति विकास रोक्ने षड्यन्त्र गरे पनि अन्ततः त्यो सफल नभएपछि अहिले बढुवाका लागि बाटो खुलेको हो । सशस्त्र प्रहरी नियमावली संशोधन गरेर एक वर्ष कार्यकाल थप्न सक्रिय प्रयास गरेका थिए ।
केही प्रहरी अधिकारीको व्यक्तिगत महत्वाकांक्षाका कारण सशस्त्र प्रहरी बलकै बदनामी भइरहेको बेला गृहसचिव प्रेम राईले अडान लिएपछि त्यो सम्भावना टरेको हो ।
सम्बन्धित समाचार
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
आज तीन मन्त्रीले शपथ लिँदै
-
दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
-
विराटनगरमा आगोमा जलेर २ को मृत्यु, ४ घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो
-
एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
-
जेठ ३–७ मा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
-
भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको कामको गुणस्तरमा सम्झौता नगर्न ओलीको आग्रह
-
एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
-
विप्लव र प्रकाण्डसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी
Leave a Reply