दोश्रो फिक्कल महोत्सव हुने
काठमाडौं । यहि फागुन ९–१८ गते सम्म सिन्धुलीमा दोसे फिक्कल महोत्सब हुने भएको छ । नेपाल सरकारले यो वर्ष २० लाख पर्यटक भित्र्याउने उद्देश्यसहित मनाइरहेको भ्रमण वर्ष २०२० लाई टेवा पुर्याउनका लागि फिक्कल गाऊँपालिकाले महोत्सवको आयोजना गरेको हो । पहिलो फिक्कल महोत्सव गर्तवर्ष माघ २–८ मा भव्यतापुर्वक सम्पन्न भएको थियो ।
महोत्सवबारे जानकारी दिन आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फिक्कल गाऊँपालिकाका अध्यक्ष धनबहादुर कार्कीले महोत्सवलाई १ लाख दर्शकले अबलोकन गर्ने बताए । फिक्कल गाउँपालिका क्षेत्र लगायत अन्य विभिन्न ठाउँ उत्पादित र वितरित वस्तु र सेवाहरुको प्रचार प्रसार विक्री वितरण र प्रवद्र्धन गर्न औपचारिकरुपमा साझा र अल्पकालिन वजार उपलब्ध गराउने, यस गाउँपालिका क्षेत्रमा रहेका संभावित क्षेत्रहरु (मौलिक संस्कृति र सम्पदा तथा कृषि,जलश्रोत,पर्यटन,जडिबुटी) जानकारी तथा प्रचार प्रसार गर्ने, स्वदेशी उत्पादन तथा सेवाहरुबारे उपभोक्ताहरुलाई जानकारी गराउनुका साथै वजार विस्तार गर्ने, गाउँपालिका भित्र रहेका ऐतिहासिक तथा धार्मिक धरोहरहरुको प्रचार प्रसार गर्ने , विभिन्न जातजातिका सांस्कृतिक पक्षहरुको प्रचार प्रसार गर्ने ,किवी र आलु पकेट क्षेत्रको दृश्यावलोकन गराउने तथा प्रसार प्रसार गर्ने , जिल्ला कै अग्लो चुचुरो फिक्कल डाडाको दृश्यवलोकन गराउने तथा प्रचार प्रसार गर्ने , यस गाउँपालिका क्षेत्र भएर वग्ने सुनकोशी नदीमा ¥याप्टिङ गराउने लगायतका उद्देश्शयसहित महोत्सव आयोजना गएिको अध्यक्ष कार्कीको भनाई थियो । ।े ।
फिक्कलडाँडाको पदयात्रा पनि यसपटकको महोत्सवमा समेटिएको छ । फिक्कलडाँडा सिन्धुली जिल्लाकै सबैभन्दा अग्लो २३६८ मिटर (७८१४ फिट) उचाईमा रहेको छ । यहाँबाट विश्वकै अग्लो शिखर सगरमाथालगायतका १४ हिमश्रृखंलाहरुलाई नजिकबाट अवलोकन गर्न सकिन्छ । साथै, सूर्योदय र सूर्यास्तको मनोहकतापनि अनुभूत गर्न सकिन्छ ।
सम्बन्धित समाचार
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- आज तीन मन्त्रीले शपथ लिँदै
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- विराटनगरमा आगोमा जलेर २ को मृत्यु, ४ घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- जेठ ३–७ मा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
- भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको कामको गुणस्तरमा सम्झौता नगर्न ओलीको आग्रह
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- विप्लव र प्रकाण्डसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी
Leave a Reply