एनआईसी एसियाको मुद्दती खातामा २१ लाखसम्मको बिमा सुविधा
काठमाडौं । जनमैत्री बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एनआईसी एसिया बैंकले न्यु सुपर चामत्कारिक मुद्दती निक्षेप योजनामा उच्च ब्याजका साथै २१ लाख रुपैयाँसम्मको अतुलनीय बिमा सुविधा प्रदान गर्दै आइरहेको छ । मुद्दती निक्षेप खाता खोलेकै आधारमा बैंकले दिएको यो सर्वाधिक तथा अद्वितीय सुविधा साच्चै चामत्कारिक छ ।
सामान्यतया मुद्दती खाता भन्नाले ग्राहकले निक्षेप गरेको रकममा आकर्षक ब्याजदर पाइन्छ भन्ने बुझाइ छ । तर यस बैंकको न्यु सुपर चामत्कारिक मुद्दती निक्षेप खातामा सर्वाधिक उच्च ब्याज मात्रै उपलब्ध नभई बिमा सुविधासमेत दिएर मुद्दती खाताको दायरा नै फराकिलो बनाइदिएको छ । यो मुद्दती खातामा ग्राहकहरूले उच्च ब्याजदरसँगै तीन विभिन्न बिमा सुविधा पनि पाउन सक्नेछन् । यस योजनाअन्तर्गत खाता खोलेका ग्राहकहरूले जीवनमा आइपर्न सक्ने अकल्पनीय घटनाका लागि २१ लाख रुपैयाँसम्मको तीन चामत्कारिक बिमा सुविधा पाउनेछन् । यो बिमा सुविधाअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भए वा पूर्ण रूपमा अशक्त भए १० लाखसम्मको बिमा सुविधा उपलब्ध छ । यस्तै १८ घातक रोगका लागि १० लाखसम्म र १ लाखसम्मको औषधोपचार बिमा सुविधासमेत उपलब्ध छ । यसैगरी औषधोपचार बिमाअन्तर्गत बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग (ओपीडी) उपचारमा २० हजारसम्म र अस्पताल भर्नाबापत ८० हजार रुपैयाँसम्मको बिमा सुविधा प्रदान गर्नेछ । उक्त ओपीडी बिमा सेवाले ग्राहकवर्गलाई अस्पतालमा भएका सामान्य खर्च, जस्तै डाक्टरको शुल्क, ल्याब टेस्ट, औषधिलगायत खर्चबापत २० हजार रुपैयाँसम्मको भर्पाई गर्नेछ ।
एनआईसी एसिया बैंकमा मुद्दती खाता खोलेकै भरमा पाइने यस्तो सुविधा देशकै सर्वोत्कृष्ट मुद्दती योजना रहेकाले आफ्ना ग्राहकवर्गका लागि एकदमै फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले ल्याएको विभिन्न निक्षेप योजनामा हालसम्म १ सय २ जना ग्राहकले यो सुविधाबाट ६० लाखभन्दा बढीको बिमा रकम प्राप्त गरिसकेका छन् ।
सामान्यतया यदि ग्राहकवर्गले २१ लाखसम्मको बिमा आफैंले गर्नुपरे करिब १४ हजार रुपैयाँ बराबरको बिमा शुल्क बुझाउनुपर्ने हुन्छ । तर, यस न्यु सुपर चामत्कारिक योजनाअन्तर्गत बैंक स्वयंले उक्त बिमा सुविधाबापत लाग्ने बिमा शुल्क सम्झौता गरको एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडलाई बैंकले सम्झौता गरेअनुरूप बिमा शुल्क भुक्तानी गर्ने हुँदा ग्राहकलाई करिब १४ हजारको फाइदा पुग्नेछ ।
सम्बन्धित समाचार
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- आज तीन मन्त्रीले शपथ लिँदै
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- विराटनगरमा आगोमा जलेर २ को मृत्यु, ४ घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- जेठ ३–७ मा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
- भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको कामको गुणस्तरमा सम्झौता नगर्न ओलीको आग्रह
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- विप्लव र प्रकाण्डसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी
Leave a Reply