विशिष्ट अवस्थामा प्राज्ञिक भूमिकाको खाँचो
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हालको विशिष्टीकृत अवस्थामा प्राज्ञिकहरूको भूमिका महŒवपूर्ण हुने बताएका छन् । आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानका पदाधिकारीहरूसँगको छलफलमा मन्त्री भट्टराईले परिर्वतनको लागि विभिन्न समयमा भएको क्रान्तिमा प्राज्ञिकहरूले खेलेको भूमिका स्मरण गराउँदै उनले अहिलेको विशिष्ट अवस्थामा पनि उत्तिकै भूमिका रहेको बताए ।
मन्त्री भट्टराईले पिछडिएको समुदायलाई अगाडि ल्याउन प्राज्ञिकहरूले महŒवपूर्ण भूमिका खेल्नुपर्ने बताउँदै निराशा बोकेको जमातलाई प्राज्ञिकको तर्फबाट सकारात्मक सोचको विकास गराउन प्रेरित गर्न आग्रह गरे । उनले सबै प्रतिष्ठानले साउन १५ गतेभित्र मन्त्रालयमा गत आर्थिक वर्षमा हासिल गरिएका मुख्यमुख्य उपलब्धिहरू पेस गर्न निर्देशन दिँदै एकै प्रकृतिको काम सबै मिलेर गर्न पनि आग्रह गरे । मन्त्री भट्टराईले चालु आर्थिक वर्षमा शतप्रतिशत प्रगति देखिनेगरी काम गर्न काम आग्रह गर्दै आफ्नो जिम्मेवारीप्रति जवाफदेही बनाउन सचिवले मन्त्रीसँग र मन्त्रीले प्रधानमन्त्रीसँग वार्षिक कार्य सम्पादन करार सम्झौत्ता गरेजस्तै प्रज्ञा प्रतिष्ठानमा कार्य सम्पादन करार सम्झौक्ता गर्न सुझावसमेत दिए । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायन, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य, सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारीलगायतले आ–आफ्नो प्रतिष्ठानले गरेका प्रगति तथा चालु कार्यक्रम पेस गरेका थिए ।
सम्बन्धित समाचार
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- आज तीन मन्त्रीले शपथ लिँदै
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- विराटनगरमा आगोमा जलेर २ को मृत्यु, ४ घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- जेठ ३–७ मा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
- भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको कामको गुणस्तरमा सम्झौता नगर्न ओलीको आग्रह
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- विप्लव र प्रकाण्डसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी
Leave a Reply