पत्रकार सहायता कोषमा सहयोग जारी
काठमाडौँ । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखालाई वाङ्ला पब्लिक सेफ्टी ट्रेडिङ सेन्टरका प्रमुख प्रा.डा. भरत आचार्यले १० हजार रुपैया प्रदान गरेका छन् । आइतबार शाखा कार्यालय भृकुटीमण्डपमा आयोजित कार्यक्रममा वृद्ध, अशक्त र गम्भीर रोगका विरामी पत्रकारलाई सहायता गर्न स्थापना गरिएको कोषमा जम्मा गर्न सञ्चालक भरत आचार्यले शाखाका अध्यक्ष शन्तराम बिडारीलाई उक्त रकम प्रदान गरेका हुन् । यसअघि सेन्टरले शाखालाई करिब रु २५ हजार मूल्यको किटनाशक औषधि छर्कने दुई यन्त्रका साथै केही औषधि प्रदान गरेको थियो ।
त्यसैगरी झील्को डटकमका कार्यकारी सम्पादक कृष्ण लेकालीले पनि सोही कोषमा जम्मा गर्न १० हजार प्रदान गरेका छन् । समाचार सङ्कलन तथा प्रवाहमा खटिएका सञ्चारकर्मी गम्भीर रोग लागेर विरामी पर्दा सहयोग गर्ने उद्देश्यले कोष स्थापना गरिएको महासंघ काठमाडौं शाखाले जनाएको छ । आगामी भदौसम्म कोषमा कम्तिमा ५ लाख रुपैंया पु¥याउने लक्ष्य राखिएको छ ।
अध्यक्ष बिडारीले आफ्नो जन्मदिनका अवसरमा गत असार २९ गते १० हजार प्रदान गरेर सुरुवात गरेको कोषमा अहिलेसम्म रू ५५ हजार सङ्कलन भइसकेको र विभिन्न सङ्घ संस्था तथा समाजसेवीबाट सहयोगका लागि रकम थपिने प्रतिबद्धता आइरहेको जनाइएको छ ।
सम्बन्धित समाचार
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- आज तीन मन्त्रीले शपथ लिँदै
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- विराटनगरमा आगोमा जलेर २ को मृत्यु, ४ घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- जेठ ३–७ मा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
- भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको कामको गुणस्तरमा सम्झौता नगर्न ओलीको आग्रह
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- विप्लव र प्रकाण्डसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी
Leave a Reply