अस्पतालमा बिरामीको खरिद–बिक्री
काठमाडौं । लुम्बिनी सिटी अस्पतालमा बिरामीको सोझै खरिदबिक्री हुने गरेको छ । बुटवलका आमनागरिक अस्पतालले दिने सेवासुविधाबाट भन्दा पनि त्यसले अप्ठ्यारोमा पारेमा रकम झार्ने गरेको काइदादेखि वाक्क भएका छन् । लुम्बिनी मेडिकल कलेजले लुम्बिनी सिटी अस्पताल छाडेपछि उक्त अस्पताल नाफाखोर र दलालको हातमा पुगेको छ । व्यवस्थापनको यही शैलीका कारण सो अस्पतालमा बिरामीको खरिद–बिक्री हुने गरेको हो । मेडिकल माफियाहरूको अस्वस्थ प्रतिस्पर्धाले गर्दा बुटवलमा बिरामी र एम्बुलेन्स ड्राइभर किनबेच हुने गरेको तथ्य फेला परेको छ ।
बुटवलस्थित लुम्बिनी सिटी अस्पतालका डाक्टर सुदीप राजसिंह र सोही अस्पतालमा फार्मेसी र बुटवलमा एभरेस्ट सर्जिकल र मेडिसिनको होलसेल सञ्चालन गर्ने वसन्त जिसी बिरामी र एम्बुलेन्स ड्राइभर किनबेचमा लागेको स्रोतको दाबी छ । उनीहरूले नेपाल रेडक्रसको एम्बुलेन्स चालक कृष्ण सहनीलाई लुम्बिनी सिटी अस्पतालबाट मासिक ४५ हजार रूपैयाँ तलब पाउनेगरी मौखिक सहमति गरेर बिरामी ल्याउने ठेक्का दिएछन् । लुम्बिनी सिटीमा कार्यरत कर्मचारीका अनुसार सो अस्पतालले अर्का एम्बुलेन्स चालक प्युठानका सुशील केसीलाई मासिक २० हजार रूपैयाँमा बिरामी ल्याउने ठेक्का दिएका छन् । केसी केही समय पहिलासम्म प्युठान जिल्ला अस्पतालको एम्बुलेन्स चलाउँथे भने हाल नेपाल–भारत सहयोग संघ लेखेको एम्बुलेन्स चलाउँछन् ।
मासिक तलबबाहेक यी चालकहरूले लुम्बिनी सिटी अस्पतालका डाक्टर सुदीपराज सिंहबाट प्रत्येक बिरामीको अप्रेसन गरेबापत कुल उठेको रकमको १५ प्रतिशत कमिसन र फार्मेसीबाट कुल बिल रकमको ५ प्रतिशत कमिससमेत लिने गरेको तथ्य फेला परेको छ ।
यति मात्रै होइन, मासिक तलबबाहेक यी चालकहरूले लुम्बिनी सिटी अस्पतालका डाक्टर सुदीपराजबाट प्रत्येक बिरामीको अप्रेसन गरेबापत कुल उठेको रकमको १५ प्रतिशत कमिसन र फार्मेसीबाट कुल बिल रकमको ५ प्रतिशत कमिससमेत लिने गरेको तथ्य फेला परेको छ । स्रोतका अनुसार बिरामी ल्याएबापत राम्रो कमिसन पाउने भएपछि अन्य एम्बुलेन्स चालकहरूको रोजाइको अस्पताल पनि लुम्बिनी सिटी नै बनेको छ । सोही अस्पतालमा कार्यरत एक डाक्टरका अनुसार एम्बुलेन्स चालकहरू बिरामीलाई एम्बुलेन्समा राखेपछि सर्वप्रथम लुम्बिनी सिटी अस्पतालका डाक्टर सुदीपराज सिंहलाई सोझै फोन गरेर ‘बार्गेनिङ’ गर्छन् । डाक्टरसँग कमिसनमा ‘सेटिङ’ मिलेपछि फार्मेसीका वसन्त जिसीसँग कुरा मिलाउँछन् र लुम्बिनी सिटी अस्पतालमा ल्याएर बिरामी बेच्छन् । डाक्टर सुदीपराज सिंह बुटवलको लुम्बिनी सिटी अस्पतालमा कार्यरत न्युरो सर्जन हुन् । उनले बंगलादेको बंगबन्द विश्वविद्यालयबाट न्युरो सर्जरीमा मास्टर्स गरेको बताइन्छ । बंगलादेशबाट फर्केपछि लामो समयसम्म काम नपाएपछि धेरै नेताको चाकरी–चाप्लुसी गर्दै झापाका दुर्गा प्रसाईंले सञ्चालन गरेको प्रस्तावित बिएमसी मेडिकल कलेजमा काम गर्न पुगेका थिए । तर, न्युरो सर्जरीजस्तो जटिल सर्जरी सफलतापूर्वक गर्न नसक्ने र कार्यक्षमता नभएको तथा पर्याप्त सीप नभएको थाहा पाएपछि चार वर्षअघि त्यहाँको व्यवस्थापनले सिंहलाई बर्खास्त गरेको हो ।
सम्बन्धित समाचार
- समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
- आज तीन मन्त्रीले शपथ लिँदै
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- विराटनगरमा आगोमा जलेर २ को मृत्यु, ४ घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइयो
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- जेठ ३–७ मा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय
- भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनको कामको गुणस्तरमा सम्झौता नगर्न ओलीको आग्रह
- एनसेलको शेयर खरिदबिक्री चलखेलविरूद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
- विप्लव र प्रकाण्डसहित ४ जनाविरुद्ध पक्राउ पुर्जी
Leave a Reply