पुरस्कारको ‘पुर्पुरो’
विवस वस्ती
वरिष्ठ प्रगतिवादी स्रष्टा मोदनाथ प्रश्रित र डा. सञ्जीव उप्रेती दुवै योग्य पात्र थिए । यो वर्षको पद्मश्री साहित्य पुरस्कार र सम्मान पाउने यी दुवै स्रष्टाले नेपाली भाषा–साहित्यको उत्थानमा कमबेसी योगदान गरेका छन् । तर, पुरस्कृत पात्रहरूकै माझबाट उब्जिएको विवादले यो वर्षको पुरस्कार र सम्मान स्थगन गर्ने तहसम्म पुरस्कारप्रदत्त संस्था खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान पुगेको छ ।
बितेको करिब डेढ दशकयता नेपाली वाङ्मयमा सेवारत योग्य पात्रहरूलाई पुरस्कार र एक दशकयता सम्मान दिइँदै आएको थियो । यो वर्ष पनि डा. उप्रेतीले औपन्यासिक कृति ‘हंस’ का निम्ति प्रश्रितले साहित्य लेखनमार्फत सामाजिक चेतना विस्तारमा पु¥याएको योगदानबापत् सम्मान प्रदान गर्ने निर्णय गरिएको थियो । तर, डा. उप्रेतीले आफूसँगै सम्मानित हुने प्रश्रितमाथि यौन दुराचारको आरोप लागेको हुँदा एउटै मञ्चमा उभिएर पुरस्कार ग्रहण गर्न नसक्ने बाध्यता दर्साए । प्रश्रितले पनि अप्रत्यक्ष रूपले सम्मान अस्वीकार गरे । पुरस्कृत पात्रहरूबीचको जुहारी र पुरस्कार÷सम्मान स्वीकार्न नसक्ने असमर्थता प्रकट भएसँगै प्रतिष्ठानले पुरस्कार÷सम्मान दुवै स्थगन गर्ने कठोर टुंगो लगाए ।
नेपाली भाषा–साहित्यका निम्ति दिइने पुरस्कारहरूमा पुरस्कृत÷सम्मानित पात्रहरूबीच नै विवाद चुलिएर पुरस्कार स्थगन भएको यो नै ठूलो प्रकरण हो । यसअघि, २०४६ सालमा बहुदलीय व्यवस्था स्थापना भएपछि किशोर पहाडीले युवा वर्ष मोती पुरस्कार अस्वीकार गरेका थिए । सो पुरस्कार नरेन्द्रराज प्रसार्इं र उनलाई संयुक्त रूपमा दिएपछि पहाडीले प्रसाईंलाई इंगित गर्दै ‘म मण्डलेसँग पुरस्कार लिन्नँ’ भनेर बहिष्कार गरेका थिए । तर, पहाडीले पुरस्कार बहिष्कार गरे पनि प्रसाईंले भने सो पुरस्कार ग्रहण गरेका थिए । राज्यद्वारा दिइने सो पुरस्कार ठूलो महŒव र धनराशिको पुरस्कार पनि थिएन र साहित्य वृत्तमा अहिले त्यसको खासै चर्चा पनि हुँदैन ।
तर, पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधक सम्मान प्रकरणले साहित्य वृत्तमा व्यापक चर्चा–परिचर्चा बटुल्नुमा उक्त पुरस्कारको महŒव र गरिमा पछिल्ला वर्षहरूमा बढ्दै गएको कारणलाई पनि मान्नुपर्छ । किनभने, पद्मश्री पुरस्कार र सम्मानलाई अर्को प्रतिष्ठित पुरस्कार मदन पुरस्कार र सम्मानकै तहमा राखेर हेर्न थालिएको छ । मदन पुरस्कारकै ढाँचामा स्रष्टाहरूलाई पुरस्कृत गर्ने र सम्मान गर्ने कार्य हुँदै आएको छ । किनभने, मदन पुरस्कारले वर्षको उत्कृष्ट कृतिलाई पुरस्कृत गर्दै आएको छ भने वाङ्मय–सेवीलाई सम्मान । पद्मश्रीको पनि यही ढाँचा रहेको छ । यी दुई पुरस्कारमा फरक के छ भने मदन पुरस्कार पाउन लेखकले पुरस्कार गुठीको कार्यालयमा आफ्नो पुस्तक आफैंले बुझाएर एक किसिमले निवेदन दिनुपर्छ भने पद्मश्रीले भने आफैंले पुस्तकको छनोट गरी पुरस्कृत गर्दै आएको छ ।
गरिमामय पुरस्कार वा सम्मान प्राप्त गर्न स्रष्टाहरू लालायित हुनु स्वाभाविकै हो । अहिलेसम्म पद्मश्री पुरस्कार र सम्मान पाउनेहरूको सूचस्ी हेर्दा निष्पक्ष रूपले मूल्यांकन गरिएको भन्न हिच्किचाउनुपर्दैन । तर, हामीकहाँ पुरस्कार वा सम्मानको प्रसंग उप्किनेबित्तिकै एउटा सन्देहग्रन्थी सल्बलाइहाल्छ– पुरस्कार कस्तो व्यक्ति वा संस्थाबाट दिइन थालिएको हो ? किनभने, नेपाली भाषा–साहित्य–कला–संस्कृतिको क्षेत्रमा स्थापित पुरस्कार÷सम्मानहरूले यति धेरै बदनामी कमाइसकेको छ कि कुनै पुरस्कार स्थापना गर्ने व्यक्ति बलात्कारीका रूपमा र कुनै बैंक घोटाला प्रकरणमा मुछिए र कुनै चाहिँ पूर्ववर्ती व्यवस्थाका बेला जनदमनमा क्रियाशील भएको भेट्टाइए । तर, अनेक अनैतिक कार्यमा मुछिएका र बेइमानीको बिल्ला भिरेकाहरूले स्थापना गरेको पुरस्कार लिन विगतमा सबै प्रकारका स्रष्टाहरू लामबद्ध भएका बिर्सन मिल्दैन । के प्रजातान्त्रिक, के प्रगतिशील– दुवै धार समातेका स्रष्टाहरूले बदनामी कमाएका व्यक्तिहरूका नाममा स्थापित पुरस्कार र सम्मान ग्रहण गर्न छाडेनन्, कुनै लाजसरम मानेनन् ।
यी सबै दृश्य÷परिदृश्यबीच नेपाली पुरस्कार र सम्मानहरू अडिएको बेला पद्मश्री पुरस्कार र सम्मान स्थापना हुनु स्वाभिमानी, इमानदार र चाकडी–चाप्लुसीको माध्यमद्वारा पुरस्कार जिप्ट्याउने चलनलाई नपछ्याउने स्रष्टाहरूका निम्ति खुसीको विषय थियो । व्यापारी एवं साहित्य–साधक जीवा लामिछानेले आफ्नै मातापिताका नाममा प्रतिष्ठान खोलेर यो पुरस्कार र सम्मान दिन चाहेका थिए र विगत वर्षहरूमा बिनाविवाद नै यो पुरस्कार र सम्मान दिइँदै आएको थियो ।
कतिपय पुरस्कार÷सम्मानहरू स्रष्टालाई दास बनाउन, चाकडीबाज बनाउन र उनीहरूका लेखकीय धारलाई भुत्ते बनाउने उद्देश्यले दिइने गरिन्छ । खासगरी, सत्ताद्वारा स्थापित पुरस्कार÷सम्मानहरूको ध्येय यही वरिपरि घुम्नेमा कुनै सन्देह देखिँदैन । तर, केही पुरस्कार÷सम्मान भने स्रष्टालाई अझ सिर्जनशील तुल्याउन, उत्साहित बनाउन र उनीहरूका लेखनको क्षितिजलाई झनै फराकिलो पार्ने हेतुसँग जोडिएको हुन्छ । कम्तीमा पद्मश्रीले अहिलेसम्म दोस्रो तहको भूमिका खेल्दै आएकोमा शंका गर्नुपर्ने आधार देखिँदैन । विडम्बना नै मान्नुपर्छ, पुरस्कृत÷सम्मानित स्रष्टाबीच चर्किएको विवादकै कारण यो वर्ष पुरस्कार र सम्मान दुवै स्थगित हुन पुग्यो । जसका कारण दुई स्रष्टाले घाटा बेहोर्नुप¥यो । साथै, यो वर्षको पद्मश्री पुरस्कारको ‘पुर्पुरो’ मा स्थगन हुनु लेखिएको रहेछ ।
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply