राजेश हमालहरू किन आएनन् ?
विवश वस्ति
‘दयाहाङ राई त आन्दोलनमा आएछन् नि ।’
‘हो, आएछन् ।’
‘तर, राजेश हमाल, करिश्मा मानन्धरहरू त यो आन्दोलनमा देखिएनन् नि ?’
नेपाली कला जगत्का उम्दा अभिनयकर्मी दयाहाङ राई केही दिनपूर्व नागरिक आन्दोलनको अग्रभागमा देखा परे । पछिल्लो समय, नेपाली चलचित्र क्षेत्रमा जमेका कलाकार हुन्, राई । प्रधानमन्त्री केपी शर्मा ओलीले हठात् रूपमा संसद् विघटन गरेर असंवैधानिक र अलोकतान्त्रिक कदम उठाएपछि राजनीतिक शक्तिहरूका साथै नागरिक समाज पनि आन्दोलित छ, केही समययता । यो मौसम असंवैधानिक कदमविरुद्धको आन्दोलनमा देशको प्रमुख सहरदेखि कुनाकाप्चासम्म उठेको छ । विभिन्न तह, तप्का र वर्गका मानिसहरू आन्दोलनको मोर्चामा डटेका छन् र सबैको उपस्थितिले आ–आफ्नै महŒव राखेको छ । तर, काठमाडौंको सडकमा उत्रिएका राई र उनीजस्ता कलाकर्मीहरूको आन्दोलनमा उत्साहपूर्ण सहभागिता भने आफैंमा अर्थपूर्ण देखियो ।
यो आन्दोलनमा दयाहाङलाई सडक नाप्न किन सरोकार प¥यो ? यस्तो प्रश्न उठेसँगै अर्को प्रश्न पनि उठ्न पुग्छ, ‘महानायक’ भनेर कहलाइएका राजेश हमाल र राजनीतिप्रति चासो राख्ने करिश्मा मानन्धरजस्ता कलाकर्मीहरू चाहिँ आन्दोलनमा किन देखा परेनन् ? स्पष्टै छ, कुनै कलाकर्मी आन्दोलनको मैदानमा देखा पर्नुको सीधा अर्थ के हो भने कलाकर्मीहरूमा राजनीति र सामाजिक परिवर्तनप्रति पलाएको चेतको उपज । तर, कुनै कलाकर्मीहरू मौन बस्नुको अर्थ हो– यथास्थितिप्रति चुपचाप समर्थन । किञ्चित रूपमा कलाकर्मीहरूमा यस्तो प्रवृत्ति अहिले मात्र देखा परेको भने होइन, विगतका ठूलाठूला आन्दोलनहरूमा पनि दुई कित्तामा उभिने प्रवृत्तिका कलाकर्मीहरू थिए । त्यसकै पुनरावृत्ति मात्र यसपटकको आन्दोलनमा प्रकटीकरण भएको हो ।
नेपाली कला क्षेत्रमा राजनीतिप्रति पूर्ण निरपेक्षता जाहेर गर्ने एउटा खराब प्रवृत्ति व्याप्त छ । कुनै राजनीतिक वा सामाजिक आन्दोलनले गति पक्रिँदा त्यसलाई खुलेर समर्थन नगर्ने वा प्रत्यक्षतः सहभागिता नजाउने प्रवृत्ति विगतदेखि नै हाबी रहँदै आयो । त्यस्तो प्रवृत्ति २०४६ सालको जनआन्दोलनमा देखियो, २०६२÷६२ सालको जनआन्दोलनमा पनि देखियो । आफूलाई राजनीति वा अरू कुनै आन्दोलनबाट टाढा राख्दै भन्ने पनि गरिन्थ्यो÷गरिन्छ अझै, ‘कलाकारहरूले त आफ्नो कला प्रदर्शन गर्ने हो, राजनीतिमा लाग्नुको कुनै अर्थ छैन, राजनीतिबाट टाढै बस्नुपर्छ ।’ यसरी राजनीतिबाट टाढै बस्ने अभिव्यक्ति दिइरहे पनि तिनै कलाकर्मीहरूले नै भित्रभित्रै भयानक ‘राजनीति’ गरिरहेका हुन्छन् । अर्थात्, परिवर्तनप्रति उदासीन रहेर यथास्थितिलाई पोषण गर्ने ‘राजनीति’ उनीहरूले गरिरहेका हुन्छन् ।
कुनै पनि आन्दोलनमा सहभागिता जनाउनुको अर्थ राष्ट्र वा समाजलाई हानी पु¥याउने कुनै खराब प्रवृत्तिप्रति विरोध जनाउनु हो । साथै, कुनै परिवर्तनको पक्षमा आफूलाई दृढतापूर्वक उभ्याउनु पनि हो । अहिलेसम्म नेपाली धर्तीमा जेजति, ठूलासाना आन्दोलनको बिजुली चम्किए, ती सबै समाजमा उज्यालो छर्ने र नयाँ–नौला परिवर्तनको दिशातिर मानव जाति र समाजलाई डो¥याउने असल कर्मद्वारा प्रेरित भएर नै चम्किएकामा कुनै द्विविधा छैन । हुन पनि, त्यस्तो परिवर्तनको लगाम सदैव नयाँ सोच, चिन्तन, जोस र उत्साह भएका वर्ग, समुदायले खिच्दै आएका छन् । पछिल्लो चरणमा समाजमा देखा परेको उछालको पृष्ठभूमिमा पनि यिनै पक्षहरूले अहं भूमिका खेलेका छन् ।
यो आन्दोलनमा दयाहाङले सहभागिता जनाउनु तर राजेश हमाल नदेखिनुमा निश्चित रूपमै कलाकर्मीहरू कुन समाज र वर्गबाट उठेर आएका हुन्, उनीहरूका वर्ग चरित्र र रुझान कस्तो छ, परिवर्तनप्रति कस्तो लगाव छ भन्ने स्पष्टै झल्काउँछ । हमाल नेपाली चलचित्र जगत्मा कुनै समय निकै चम्किए तर उनलाई आफू बाँचेको÷हुर्किएको सामाजिक÷पारिवारिक परिवेशले ‘आन्दोलनहरू’ मा सहभागिता जनाउन कुनै अपिल गरेन । तर, दयाहाङ यस्तो सामाजिक पृष्ठभूमिबाट कला क्षेत्रमा पदार्पण गरे, उनलाई कुनै खराब प्रवृत्तिविरुद्ध सडक नाप्न कसैले रोक्न सकेनन् । यद्यपि, राजनीतिप्रति सचेतना नभएर राजेश हमालहरू आन्दोलनमा नआएका हुन् भन्नचाहिँ कदापि मिल्दैन ।
राजनीतिक वा सामाजिक आन्दोलनले परिवर्तनको मार्गरेखा कोर्दछ, पक्कै पनि । तर, कला–साहित्य–संस्कृतिको क्षेत्रमा भिजेका सर्जकहरू यस्ता आधार हुन्, जसले त्यस्ता आन्दोलनलाई परिपक्व तुल्याउन र सफलताको शिखरमा उकाल्न धेरै हदसम्म सघाउ पु¥याउँछ । हामीकहाँ २०३६ सालको आन्दोलनदेखि नै सर्जकहरूले आन्दोलनलाई सघाउन यथेष्ठ भूमिका खेलेकामा सन्देह छैन । २०४६ सालको जनआन्दोलनमा त स्रष्टा÷सर्जकहरू अग्रपंक्तिमै थिए । झन् २०६२÷०६३ को आन्दोलनमा त सर्जकहरूले उभार नै ल्याएका थिए । निःसन्देह, कुनै खराब प्रवृत्तिविरुद्ध उभिने र परिवर्तनको झन्डालाई अझ उँचो तुल्याउन आन्दोलित रहने एउटा पंक्ति हामीकहाँ अझै सक्रिय छ, जसको नेतृत्व दयाहाङहरूले नै गरिरहेका हुन्छन् । तर, राजेश हमालहरू पनि छन्, हामीकहाँ । जसले आन्दोलनलाई किनारमा बसेर नियाल्न मात्रै उचित ठान्छन्, आन्दोलनमा सहभागितालाई सदैव ‘वाहियात’ ठानिरहेका हुन्छन् ।
यस्तो परिवेशमा प्रश्न उठ्नु स्वाभाविकै हो, ‘दयाहाङहरू त आए, तर राजेश हमालहरू किन आएनन् ?’ उत्तर पनि प्रष्टै छ, ‘राजेश हमालहरू आन्दोलनमा कहिल्यै आउँदैनन्, मात्र रमिते भएर बस्छन् ।’
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- पर्यटक लोभ्याउँदै अर्मलाकोट गाउँ
- साल फुलेर राजमार्ग सुगन्धित
- यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि
- बंगलादेशको कला प्रर्दशनीमा चापागाँउका सुरेम उत्कृष्ट
- फिक्कलमा पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु
- विश्व संस्कृत दिवसको अवसरमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
- भड्किलोपनको सिकार
- नेपालका प्रथम ज्ञात कवि अनुपरम
- कसले लिने तत्परता ?
- बिक्री नै हो उत्कृष्टताको मापन ?
- सीमित वृत्तभन्दा बाहिर
Leave a Reply