कोरानाको अर्को खतरनाक भेरिएन्ट भेटियो, भारतमा अलर्ट जारी
१० साउन काठमाण्डौ । कोरोना भाइरसको फेरि अर्को खतरनाक नयाँ ‘भेरिएन्ट’ देखापरेपछि वैज्ञानिक चिन्तामा परेका छन्।
पछिल्लो हप्ता अमेरिकामा कोरोनाको डेल्टा–३ भेरिएन्ट भेटिएको वैज्ञानिकले बताएका छन्।
यो नयाँ भेरिएन्ट डेल्टाको तुलनामा अत्यधिक फैलिने क्षमताको मात्र नभएर खोप लगाएका मानिसलाई पनि पुनः संक्रमण सक्ने खालको भएको वैज्ञानिकको भनाइ छ।
यो भेरिएन्ट छिमेकी मुलुक भारतमा देखापरिसकेको त छैन तर जिन सिक्वेन्सिङ गरिरहेको इन्साकग कमिटीले अलर्ट जारी गरेको भारतीय सञ्चारमाध्यले जनाएका छन्। त्यहाँका नागरिकलाई उच्च सतर्कता अपनाउन भनिएको छ।
नयाँ दिल्लीस्थित आईजीआईबीका वैज्ञानिक डा। विनोद स्कारियाले भनेका छन्, ‘भाइरस उत्परिर्वतन म्युटेसन भएपछि एवाई–३ भेरिएन्ट फेला परेको छ, जसलाई डेल्टा–३ पनि भनिन्छ। यस विषयमा भारतमा व्यापक निगरानी थालिएको छ।’
यसअघि कोरोनाका धेरैथरी भेरिएन्ट फेला परिसकेका छन्। यो पछिल्लो भेरिएन्ट भएको वैज्ञानिकले बताएका छन्।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
Leave a Reply