खोप खरिदका लागि सरकार र एडीबीबीच १९ अर्ब ५८ करोड रुपैयाँ बराबरको ऋण सम्झौता
२७ साउन, काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक एडीबी बीच १९ अर्ब ५८ करोड रुपैयाँ बराबरको ऋण सम्झौता भएको छ । कोरोना विरुद्धको खोप खरिदका लागि सरकार र एडीबीबीच सहुलियतपूर्ण ऋण सम्झौता भएको हो ।
बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारको तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र एडीबीका तर्फबाट कन्ट्री डाइरेक्टर आनो कुस्वाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
उक्त ऋण सहायताले १ करोड ५९ लाख डोज कोरोना विरुद्धको खोप खरिद गरी सरकारको राष्ट्रिय खोप योजनालाई सहयोग पुग्ने र यसबाट ६८ लाख नागरिक लाभान्वित हुने जनाइएको छ ।
कार्यक्रममा अर्थसचिव मरासिनीले नेपाललाई सुरक्षित र प्रभावकारी खोपको उपलब्धताको सुनिश्चितताको लागि एसियाली विकास बैंकको यो सहायता महत्वपूर्ण हुने बताए । खोप अभियानले नागरिक जीवनको सुरक्षा गरी अर्थतन्त्रको पुनरुत्थानमा मद्दत पुर्याउने विश्वास पनि उनले व्यक्त गरे ।
एडीबीका कन्ट्री डाइरेक्टर कुस्वाले यो सम्झौता कोभिड–१९ को चक्र तोडेर नागरिक जीवनको रक्षा गरी आर्थिक एवं सामाजिक पुनरुत्थानतर्फ अघि बढ्न सहयोगीसिद्ध हुने विश्वास व्यक्त गरे । कोरोना भाइरस संक्रमणबाट सार्वजनिक स्वास्थ्य र राष्ट्रिय अर्थतन्त्रमा परेको असर व्यवस्थापन गर्न नेपाल सरकारलाई बैंकले पुर्याइरहेको सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने उनले आश्वासन दिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply