१८ आश्विन २०७८, सोमबार ०२:१९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
काठमाण्डौ महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्यको प्यानल विजयी
१८ असोज, काठमाडौं । नेपाली कांग्रेस काठमाण्डौ महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन् ।
कांग्रेस काठमाडौं महानगरपालिकाको हिजो भएको निर्वाचन मत गणनाअनुसार शाक्यले ७८६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितले ३२९ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत नरेन्द्रकुमार केसीले जानकारी दिए ।
नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य समेत रहेका शाक्य २०७४ सालमा सम्पन्न काठमाडौं महानगरपालिकाको स्थानीय निर्वाचनमा वडा नं २५ बाट निर्वाचित वडाध्यक्ष समेत हुन् । यस्तै दुई उपसभापतिमा सुशीला ढकाल र शान्तकुमार महर्जन, दुई सचिवमा सुशन वैद्य र पुरुषोत्तम खकुरेल, दुई सहसचिवमा विमला लामिछाने र अमृत मानन्धर निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत केसीले बताए ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
Leave a Reply