१६ मंसिर २०७८, बिहीबार १३:५६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
भारतमा पनि कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि

भारतमा पनि कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ।
भारतको स्वास्थ्य मन्त्रालयले बिहीबार दिउँसो पत्रकार सम्मेलन गरी भारतीय राज्य कर्नाटकमा दुईजनामा ओमिक्रोन भेरियन्ट भेटिएको जानकारी दिएको हो।
४६ र ६६ वर्षका दुई पुरुषमा संक्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसअघि आजै भारत आएका चारजना विदेशी यात्रुमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो। दक्षिण अफ्रिकामा गत नोभेम्बर २४ मा ओमिक्रोन पहिलोपटक देखिएको थियो।
त्यसयता विश्वका बिभिन्न मुलुकमा पनि ओमिक्रोन देखिएपछि विशेष सतर्कता अपनाउन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सबै मुलुकलाई बिशेष आग्रह गरिसकेको छ।
बुधबार अमेरिकामा ओमिक्रोनको पहिलो संक्रमण भेटिएको थियो। त्यसअघि जापान लगायत मुलुकमा पनि ओमिक्रोन संक्रमण देखिएको थियो।
सम्बन्धित समाचार
-
निहारिकाको मुद्दामा राष्ट्रपतिको चासो, कानून मन्त्री र महान्यायाधिवक्ता बोलाएर गरिन् ध्यानाकर्षण
-
महाकाली नदीमा बगेर २ किशोरी बेपत्ता
-
भदौ ५ देखि ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप
-
देउवाले निरन्तर पेलेको भन्दै शेखर पक्षले बोलायो बैठक
-
गर्भवती श्रीमतीको घाँटी थिचेर हत्या
-
एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन, तीनै तहका बैठक आह्वान
-
सत्ता गठबन्धनले तीन आधारमा सिट बाँडफाँट गर्ने, शीर्ष नेतालाई जिताउने रणनीति बनाइने
-
प्रचण्डसँग बाबुराम र नारायणकाजीको संयुक्त भेट
-
बालाजुको जुत्ता काराखानामा लागेको आगो नियन्त्रणमा, करोडौँको क्षति
-
काठमाडौं बालाजुकाे औद्योगिक क्षेत्रमा आगलागी
-
नेकपा (एमाले) निर्वाचन आयोगमा दर्ता
-
चुनावमा गठबन्धन गर्नु अराजनीतिक : पोखरेल
Leave a Reply