१ पुष २०७८, बिहीबार ०३:३०
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
जोन्सन एन्ड जोन्सनको सात लाख १९ हजार खोप आज नेपाल आउँदै

१ पुस, काठमाडौं । एक मात्रा (डोज) लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोपको सात लाख १९ हजार ६५० डोज खोप आज नेपाल आउँदै छ । २१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन खोपमध्ये पहिलो खेप आज आउन लागेको हो ।
स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले आज बिहान ७ः४५ बजे पहिलो खेप खोप आउने जानकारी दिएका छन् । त्यसैगरी बाँकी भोलि १४ लाख ५७ हजार डोज खोप पर्सी आउने जानकारी दिए । खोप युनिसेफमार्फत आउन लागेको हो ।
यसअघि अमेरिकाले कोभ्याक्समार्फत करिब १६ लाख डोज जोन्सन खोप नेपाललाई उपलब्ध गराएको थियो । जोन्सन एन्ड जोन्सनको खोप एक डोज मात्र लगाए पुग्छ । अन्य खोप भने दुई डोज लगाउनु पर्छ ।
सम्बन्धित समाचार
-
निहारिकाको मुद्दामा राष्ट्रपतिको चासो, कानून मन्त्री र महान्यायाधिवक्ता बोलाएर गरिन् ध्यानाकर्षण
-
महाकाली नदीमा बगेर २ किशोरी बेपत्ता
-
भदौ ५ देखि ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप
-
देउवाले निरन्तर पेलेको भन्दै शेखर पक्षले बोलायो बैठक
-
गर्भवती श्रीमतीको घाँटी थिचेर हत्या
-
एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन, तीनै तहका बैठक आह्वान
-
सत्ता गठबन्धनले तीन आधारमा सिट बाँडफाँट गर्ने, शीर्ष नेतालाई जिताउने रणनीति बनाइने
-
प्रचण्डसँग बाबुराम र नारायणकाजीको संयुक्त भेट
-
विद्युत् प्राधिकरणको एक वर्षको खुद नाफा १६ अर्ब ९ करोड, चुहावट पनि घट्यो
-
बालाजुको जुत्ता काराखानामा लागेको आगो नियन्त्रणमा, करोडौँको क्षति
-
काठमाडौं बालाजुकाे औद्योगिक क्षेत्रमा आगलागी
-
नेकपा (एमाले) निर्वाचन आयोगमा दर्ता
Leave a Reply