२१ पुष २०७८, बुधबार १४:३६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
ओलीलाई भेट्न बालकोट पुगे रामचन्द्र पौडेल
२१ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । बुधबार ओलीलाई भेट्न पौडेल उनको निवास बालकोट पुगेका थिए ।
पौडेल निकट स्रोतका अनुसार नेता पौडेलले ओलीलाई संसदमा एमालेले गरिरहेको अवरोध हटाउन आग्रह गरेका थिए । दुई नेताबीच समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो ।
नेकपा एमालेले गत भदौ २३ गतेदेखि नै लगातार संसद अवरोध गर्दै आएको छ । तत्कालिन नेकपा एमालेका १४ सांसदलाई निष्कासनको कारबाही गरेकामा सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको भन्दै एमालेले संसदमा बिरोध र नाराबाजी गर्दै आएको छ ।
एमालेको अवरोधका कारण संसदमा महत्वपूर्ण र जनसरोकारको विषयमा छलफल हुन नसकेको भन्दै सत्तारुढ दलका सांसदहरुले असन्तुष्टि जनाएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply